Wednesday, October 12, 2016

युवाहरूको हातमा छ नेपालको समृद्धि

नयाँ नेपाल निर्माणसम्बन्धी नयाँ–नयाँ धारणाहरू छलफलमा आइरहेको वर्तमान परिप्रेक्ष्यमा संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिले सरकारका तर्फबाट संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पढ्न पाउँदा म अत्यन्त हर्षित भएको थिएँ। त्यसबखत मभित्र एउटा प्रश्न उब्जिरहेको थियो, ‘त्यस्तो एकमात्र सूत्र के हुनसक्ला जसले नेपालभरिका युवाहरूलाई प्रेरणाको बाटोतर्फ डोर्याउँदै आर्थिक समृद्धि तथा शान्ति सिर्जना गरी देशलाई एकसूत्रमा बाँध्न पनि सकोस् !’
मैले धेरै देशको इतिहास र विकासका कथाहरू पढेको छु। यसबाट नेपालको सन्दर्भमा म के निष्कर्षमा पुगेको छु भने ‘निर्वाचित सरकारमार्फत ल्याइने कम्तीमा पनि दश वर्ष अवधिको दृष्टिकोणले मात्र यो मुलुकलाई शान्ति र विकासमा केन्द्रित गर्न सक्छ।’ यो किनभने म आफैँले देखेको छु, कसरी स्पष्ट दृष्टिकोणले भारतीय युवाहरूलाई आफ्नो कर्तव्यप्रति प्रोत्साहित गरिरहेको छ। यस सन्दर्भमा विश्वविद्यालयहरूले सान्दर्भिक तथा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।

स्थापनाका हिसाबले विश्वविद्यालयहरू जति नै पुराना भएपनि वास्तवमा तिनीहरू सदैव नयाँ नै रहिरहन्छन्। किनकि विश्वविद्यालयहरू हरेक क्षण युवा विद्यार्थीका भावना तथा जोशहरूसँग सामीप्यमा रहेर आफूलाई अद्यावधिक तुल्याइरहेका हुन्छन्। युवा विद्यार्थीहरूको ज्ञानको प्राप्ति, ज्ञानको पूर्ति तथा अध्ययन अनुसन्धानसँग दैनन्दिन खेलिरहने हुँदा विश्वविद्यालयले राष्ट्रिय विकासको वेगलाई तीब्रता प्रदान गरिरहेका हुन्छन्।

मूल्य प्रणालीसहितको शिक्षा
हामीलाई थाहा छ– हरेक व्यक्तिको हृदयभित्रको सत्चरित्र तथा सदाचारबाट मात्र विश्वमा शान्तिको बीउ रोपिन सक्छ। सदाचारी नागरिकहरूले नै समाजलाई विकासतर्फ डोर्याउन सक्छन्। त्यसकारण हरेक कर्णधार बालबालिकाको हृदयमा सदाचार तथा सत्चरित्र विकास गर्नका लागि शिक्षामै मूल्य प्रणाली अन्तरनिहित हुनुपर्छ। शिक्षाको मुख्य उद्देश्य नै सत्चरित्रयुक्त नागरिक तयार पार्ने हुनुपर्छ।

उमेरका हिसाबले, सिक्नका लागि सबैभन्दा उत्तम उमेर समूह पाँचदेखि सत्र वर्षसम्मको हो। यस सन्दर्भमा म एउटा ग्रीक विद्वान्ले भनेको कुरा स्मरण गराउन चाहन्छु। उनले भनेका थिए, ‘मलाई मात्र सात वर्षका लागि कुनै एउटा बालक वा बालिका दिनुस् र सात वर्षपछि उसलाई ईश्वर वा दानवको हातमा सुम्पिदिनुस्। तिनीहरू कसैले पनि त्यो बालक वा बालिकालाई परिवर्तन गर्न सक्ने छैनन्।‘ एउटा कुशल शिक्षकको शक्ति तथा प्रभाव कतिसम्म हुनसक्छ र उसले ती कलिला बालबालिकाहरूलाई कतिसम्म रुपान्तरण गर्ने सामथ्र्य राख्छ भन्ने कुराको पुष्ट्याइँ हो यो। यसर्थ बालबालिकाहरूलाई शिक्षक तथा अभिभावकहरूले नैतिक नेतृत्वका बारेमा सिकाउनु जरुरी हुन्छ। यसका लागि मानवीय चेतनाको अद्वितीय तथा सर्वव्यापी गहिरो अन्तरदृष्टि हुनु आवश्यक छ। वास्तविक शिक्षा भनेको प्रबुद्ध भावनाहरू तथा बुद्धत्व शक्तिको प्राप्ति हो। त्यही शक्तिले नै व्यक्तिलाई दैनिक घटनाक्रम ठम्याउन तथा जीवन–जगत र ब्रह्माण्डसँग जोडिएर आउने स्थायी सत्य बुझन मद्दत गर्छ।

समाजिक रुपान्तरणका  लागि आर्थिक विकास
प्रबुद्ध नागरिक निर्माण गर्न मूल्यसहितको शिक्षा र धर्मबाट रुपान्तरित आध्यात्मिकता मात्र पर्याप्त हुँदैन। राष्ट्रको आर्थिक विकासलाई आर्थिक वृद्धिले, आर्थिक वृद्धिलाई प्रतिस्पर्धाले, प्रतिस्पर्धालाई ज्ञानशक्तिले र ज्ञानशक्तिलाई प्रविधि तथा अनुसन्धानले बल दिइरहनुपर्दछ। उता राज्यले पनि आर्थिक विकासको प्रक्रियामा सबै नागरिकहरूलाई साधन तथा स्रोतहरूको समतामूलक वितरणको सुनिश्चितता गर्नुपर्दछ। उसले भेदभावरहित ढङ्गबाट ग्रामीण तथा शहरी इलाकामा बस्ने सबै नागरिकको जीवनस्तर उकास्नका लागि प्रयत्न गरिरहनुपर्दछ। यी सबै कुराहरू व्यापक जनसहभागिताबाट मात्र सम्भव हुन्छ।

राज्यले सबै नागरिकले गुणस्तरीय जीवनयापनका लागि आवश्यक पोषणयुक्त खाना, राम्रो आवास, सफा वातावरण, उचित शिक्षा र स्वास्थ्य अनि उत्पादनशील अवसरहरू प्राप्त गर्न सक्ने कुरा सुनिश्चित गर्न सक्नुपर्छ। यी कुरालाई हाम्रो गौरवशाली सभ्यताको सम्पदाबाट सिर्जित मूल्यप्रणालीसँग पनि समायोजन गर्नु जरुरी हुन्छ। यसो गर्न सके मात्र तीन करोड नेपालीको अनुहारमा मुस्कान छर्न र देशलाई समग्र रूपमा विकासतर्फ डो¥याउन सकिनेछ।

एक्काइसौैं शताब्दीको विश्वविद्यालय दृष्टिकोण
दश वर्षको अवधिमा मैलै भारतका करिब १५० र विश्वका ५० भन्दा बढी विद्यालयमा अध्ययन गर्ने करिब तीस लाख विद्यार्थीलाई भेटेर अन्तरक्रिया गरेको छु। त्यो अनुभवका आधारमा मैले बनाएको एक्काइसौं शताब्दीको विश्वविद्यालयको खाका यस्तो छः
 विश्वविद्यालयहरूले विश्वव्यापी दृष्टिकोणयुक्त र मातृभूमि वा आफूले चाहेको ठाउँलाई सेवा गर्न समर्थवान् पुस्ता तयार गर्नुपर्छ।
विज्ञान–प्रविधि र सार्वजनिक नीति– आपसी फाइदाका लागि पनि अन्तरसम्बन्धित विषयहरू हुन्। विश्वविद्यालय शिक्षामा यो अन्तरसम्बन्धलाई राम्ररी संयोजन गरिनुपर्छ।
कुशल शिक्षक विश्वको कुनै पनि कुनामा हुनसक्छन्। विश्वविद्यालयहरूले नयाँ नयाँ अनुसन्धान र खोजमूलक विषय वस्तुमार्फत् त्यस्ता शिक्षकहरूलाई आफूतिर आकर्षित गर्नसक्नु पर्दछ।
विश्वविद्यालयहरूबीच द्रुतगतिमा प्राविधिक सञ्जालको विकास गर्नु जरुरी छ। जसका लागि व्ययभार कम हुने नमुना कक्षाहरू प्रयोगमा ल्याउन सकिन्छ।
बदलिँदो समयसँग नागरिकहरूलाई अद्यावधिक राख्न मितब्ययी ढङ्गले निरन्तर शिक्षा दिइरहनु आवश्यक छ।

अहिलेको आवश्यकता भनेको असल शिक्षा प्रणाली हो। यसले मात्र विद्यार्थीहरूलाई देशको आर्थिक विकासमा योगदान दिन मद्दत गर्छ। कृषि, कारखाना तथा सेवा जस्ता महत्वपूर्ण विषयहरूमा अनुसन्धान प्रविधि तथा क्षमता प्रदर्शनले देशलाई आर्थिक विकास र समृद्धितर्पm डो¥याउँछ। के हामी विद्यार्थीमा क्षमता विकासको बीउ रोप्न सक्दैनौं ?
सिकाइको प्रवाह सँगसँगै नयाँ खोज र आविष्कारहरू हुँदै जाने हुन्। त्यसैले विद्यालय–विश्वविद्यालयहरूले विद्यार्थीमा खोज तथा अनुसन्धान, सृजनशीलता, नवीनता, उच्च प्रविधिको प्रयोग, उद्यमशीलता र नैतिक नेतृत्व जस्ता गुणहरू विकसित गर्नु जरुरी हुन्छ।

विश्वविद्यालयहरूले सम्बोधन गर्नुपर्ने प्रमुख चार कुराः
१) शिक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा दिगो विकास र नागरिकहरूका आवश्यकतालाई सम्बोधन गर्नुपर्छ।
२) शिक्षाले विविध सांस्कृतिक आवश्यकताहरू पूरा गर्न सक्नुपर्छ।
३) यसले अनुसन्धान तथा खोजका निम्ति विद्यार्थीको दिमाग तिखार्नुपर्छ।
४) प्रतिभाशाली विद्यार्थीका लागि प्रतिभा प्रस्फुटनमा योगदान दिन सक्नुपर्छ, जसले गर्दा उनीहरू आपूmले चाहेको विषय पढेर त्यसैको माध्यमद्वारा देश र  समाजको सेवा गर्न सक्षम होउन्।

अनुसन्धान तथा जिज्ञासा
एक्काइसौं शताब्दी भनेको मानव समुदायले आविष्कार गरेका सबै प्रकारका ज्ञान र सूचनाहरूको ब्यवस्थापन गर्ने शताब्दी हो, जसमा हामीले केही मूल्यहरू थप्नु जरुरी हुन्छ। हामीले विद्यार्थीहरूलाई त्यस्तो सीप दिन सक्नुपर्छ जसले उनीहरुलाई आफ्नो जीवनभर सिकिरहने ज्ञान मिलिरहोस्। आज हामीसँग प्रविधिको माध्यमबाट प्राप्त साँच्चिकै ठूलो क्षमता छ, जसले यथार्थमै  जीवनभर सिकिरहने जाँगर दिन्छ। युवाहरूमाझ यो क्षमता विकास गर्न सकियो भने यसले दीगो आर्थिक विकासलाई समेत प्रोत्साहित गर्छ।

उच्चप्रविधि प्रयोग गर्ने क्षमता
हाम्रा क्याम्पसहरुका हरेक विद्यार्थीले आफ्नो सिकाइको प्रवाहलाई बढाउनका लागि नयाँ–नयाँ प्रविधिहरूको प्रयोगबारे सिक्नु जरुरी छ। क्याम्पसहरूले पनि आपूmलाई प्रयोगशालाको साधनहरू, कम्प्युटरका नयाँ प्रविधिहरू तथा इन्टरनेट सुविधाहरूबाट पर्याप्त मात्रामा सुसज्जित बनाउनुपर्छ। ताकि विद्यार्थीहरूले ती सुविधाहरूमार्पmत आफ्नो सिकाइ क्षमतालाई अझ्ै विस्तार र विकास गर्न सकुन्। प्रविधिको उन्नयन र क्रान्तिको वर्तमान युगमा शिक्षकहरूको भूमिका कमजोर हुन्छ भनेर सोच्न पनि सकिँदैन। बास्तवमा अब शिक्षकहरूको भूमिका महत्वपूर्ण मात्र होइन, विश्वको शिक्षाप्रणाली अझ बढी शिक्षक–आधारित हुनेछ। शिक्षकको यो भूमिकाबाट संसारका कुना कुनासम्म ज्ञानको प्रचारप्रसारमा सहयोग पुग्नेछ।

अहिले विभिन्न क्षेत्रमा नयाँ नयाँ विषयवस्तु उत्पादन गर्नसक्ने पुस्ताको आवश्यकता छ र शैक्षिक क्षेत्रमा त्यसका लागि धेरै अवसर छ, जसलाई  काठमाडौं विश्वविद्यालय लगायत नेपालका अन्य संस्थाहरूमा पनि प्रयोग गर्न सकिन्छ। व्यक्तिगत रूपमा म सामग्री उत्पादन गर्ने सन्दर्भमा मल्टिमेडिया मोडको धेरै महत्व छ भन्ने विश्वास गर्छु।

उद्यमशीलता
विश्वविद्यालय प्रवेशसँगसँगै विद्यार्थीहरुलाई उद्यमशीलताप्रति अभिरुचि जगाउने वातावरण सृजना गरिनुपर्छ। हामीले हाम्रा विद्यार्थीहरूलाई ठूलो लक्ष्य हासिल गर्नका लागि निश्चित खतरा मोल्न सिकाउनै पर्छ। तर यो चाहिँ असल उद्यमको मूल्य मान्यता भित्रै रहेर सम्पन्न गर्नुपर्छ।

नैतिक नेतृत्व
नैतिक नेतृत्वमा दुई वटा महत्वपूर्ण पक्षहरू रहन्छन्। पहिलो, यसले मान्छेको बृहत्तर हितको लागि सुन्दर र शक्तिशाली सपना बुन्ने क्षमताको विकास गर्न जोड दिने। दोस्रो, नैतिक नेतृत्वसँग आफूले सही काम गर्ने र त्यसको आधारमा अरूलाई पनि त्यस्तै काम गर्न प्रेरित गराउने क्षमता हुन्छ। जिज्ञासा, प्रविधि, उद्यमशीलता, खोज र नैतिक नेतृत्व शैक्षिक परिपाटीबाट आउने पाँच क्षमता हुन्। यदि विद्यार्थीबीच यी पाँच वटा क्षमताको विकास गर्न सक्यौं भने मात्र हामी त्यस्तो ‘स्वतन्त्र–सिकारू’ मानिस बनाउन समर्थ हुनेछौं जो, स्वनिर्देशित, स्वनियन्त्रित र जीवनपर्यन्त सिक्ने हुनेछन्। ती विद्यार्थीहरूसँग मात्र राज्यलाई सम्मान गर्ने र प्रश्न गर्ने क्षमता हुनेछ। तिनीहरूले मात्र सो सङ्गठित ज्ञानको सञ्जालमा रहेर काम गर्न सक्नेछन् र नेपाललाई एउटा समृद्ध देशको रूपमा परिवर्तन गर्न सक्नेछन्। शिक्षाको सबैभन्दा महत्वपूर्ण पक्ष विद्यार्थीहरूलाई म यो गर्न सक्छु भन्ने कुराको आत्मविश्वास जगाउनु हो। परिणामतः विद्यार्थीहरूमाझ् हामी गर्न सक्छौं भन्ने भावना जागृति हुनेछ र अन्त्यमा नेपालले प्रगति गर्नेछ भन्ने राष्ट्रिय भावनाको विकास हुनेछ।

अनुसन्धान, शिक्षण र फेरि अनुसन्धान
असल शिक्षण अनुसन्धानबाट निःसृत हुन्छ। शिक्षकहरु अनुसन्धानलाई प्रिय मान्छन् र तिनीहरुको अनुभवले खारिएको अनुसन्धान कुनै पनि सँस्थाको उन्नयनकोलागि निक्कै महत्वपूर्ण हुन्छ। कुनै पनि प्राज्ञिक संस्थानहरू उसले हासिल गरेको अनुसन्धान क्षमताबाट मापन गर्न सकिन्छ। यसले विशेषज्ञता पुनः उत्पादनको चक्र तय गर्छ। अनुसन्धानका यस्ता अनुभवहरुले गुणात्मक शिक्षण तर्फ डोह¥याउँछ र त्यसले युवा विद्यार्थीहरुलाई थप अध्ययन अनुसन्धान गर्न मद्दत गर्छ। विज्ञान, गणित, इन्जिनियरिङ औषधि विज्ञान तथा शिक्षा जस्ता क्षेत्रमा क्षमताको थप विकास गर्न काठमाडौं विश्वविद्यालयले अन्तरसम्बन्धित विषयहरु तथा अन्तरसम्बन्धित अनुसन्धानमा प्रविष्ट गर्नु जरुरी छ। यसक्रममा म काठमाडौं विश्वविद्यालयलाई तीनवटा नयाँ विभागहरु स्थापना गर्न सुझाव दिन्छु। पर्वतीय अनुसन्धान, प्रविधिको अभिसारिता र पर्यटन ब्यवस्थापन तीन विभागहरु खडा गर्नु आवश्यक छ, जसले नेपालको राष्ट्रिय विकासको ध्येय हासिल गर्ने कामलाई थप मद्दत गर्नेछ।

अनुसन्धानले शिक्षालाई झन धनी बनाउँछ
मैले भारतमा, नानो प्रविधि, नेतृत्वको उत्पत्ति र ज्ञानमा आधारित समाजका बारेमा पढाईरहेको छु। ती शैक्षिक संस्थानहरू अनुसन्धान क्षमताले परिपूर्ण छन्। म व्यक्तिगत रूपमा के मा विश्वस्त छु भने अनुसन्धान उत्कृष्ट शिक्षणको लागि एक महत्वपूर्ण पक्ष हो। एक वर्षयता मैले विभिन्न देशका १९ वटा विश्वविद्यालयहरूमा पुगेर विद्यार्थी तथा अनुसन्धानकर्ताहरूसँग अन्तरक्रिया गरिसकेको छु। म गएका हरेक विश्वविद्यालयहरूमा अनुसन्धानलाई प्राथमिकताका साथ जोड दिएईको छ। उदाहरणका लागि वाटरलू विश्वविद्यालयका विद्यार्थीहरूले विकास सौर्य ऊर्जाबाट चल्ने कारहरू  विकसित गरेको देखेँ जुन कारहरू विश्वका विभिन्न देशहरूमा गुडिरहेका छन््। प्रसिद्ध ब्ल्याक बेरी कार पनि वाटरलू विश्वविद्यालयको अनुसन्धानकै उपज हो। कार्नेजी मेलन विश्वविद्यालयले रोबोटिक कारको आविष्कार ग¥यो, जुन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आइसकेको छ।

१० बुँदे बाचा
धर्तीमाताले प्राकृतिक र मानवसिर्जित धेरै द्वन्द्वहरू झ्ेलिरहेकी छन्। त्यसकारण म तपाईंहरूका लागि केही आधारभूत कुरामा शपथ गराउन चाहन्छु। तपाईंहरू युवा हुनुहुन्छ र नै तपाईंहरूको काँधमा समाजमा रहेका सबै प्रकारका द्वन्द्वलाई साम्य पार्दै विश्वव्यापी मेलमिलापका लागि काम गर्नुपर्ने गहन जिम्मेवारी छ। त्यसैले म तपाईंहरूलाई मसँग भएको दशबुँदे बाचा गराउन गइरहेको छु।

१) मलाई थाहा छ सानो तिनो लक्ष्य लिनु अपराध हो। मसँग एक महान् लक्ष्य हुनेछ जसको प्राप्तिका लागि म कडा परिश्रम गर्नेछु।
२) म हृदयदेखि नै इमान्दार रहनेछु जसले चरित्रमा सुन्दरता ल्याउनेछ र  । त्यसले घरपरिवारमा मेलमिलाप ल्याउनेछ र अन्ततोगत्वा राष्ट्र तथा विश्वलाई शान्तितर्फ डो¥याउन मद्दत पुग्नेछ।
३) म स्वाभिमानका साथ काम गर्छु र स्वाभिमानीपूर्वक नै सफल हुन्छु।
४) म परिवार, समाज, राष्ट्र र विश्वकै एक असल सदस्य रहनेछु।
५) म जहिले पनि अरूहरूको राम्रो जीवन तथा रक्षाका लागि प्रयास गरिरहनेछु। म जहाँ भए पनि ‘म अरूलाई के दिन सक्छु’ भन्ने कुरामा घोत्लिरहनेछु।
६) म मानव जीवनको रक्षा र स्वाभिमानका लागि समर्पित रहिरहनेछु।
७) मेरा महत्वपूर्ण दिनहरू व्यर्थमा नबितुन् भनेर म जहिले पनि सचेत रहिरहनेछु।
८) म सदैव हरित ऊर्जा तथा हराभरा पृथ्वीका खातिर आफूलाई समर्पण गरिरहनेछु।
९) नेपालको एक जिम्मेवार युवा भएको नाताले मैले साहसका साथ मेरो जीवनका सफलता हात पार्न र अरूको सफलतामाथि पनि गर्व गरिरहनेछु।
१०) मेरो राष्ट्रिय झ्ण्डा मेरो मुटुमा फर्फराइरहनेछ अनि मेरो प्यारो मातृभूमि नेपाललाई मैले गौरवान्वित बनाउनेछु।

(भारतका पूर्व राष्ट्रपति कलामले गत २०६५ साल मङ्सीरको ३ गते काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह  र बालबालिकाहरुको दुई छुट्टाछुट्टै कार्यक्रममा अङ्ग्रजीमा गरेको अभिभाषणको महत्वपूर्ण अंश।)
भावानुवादः पुष्प पौडेल
साभारः शिक्षक मासिक पुस २०६५

Friday, October 7, 2016

Stone project (Stone mission)

आफ्नो माटो आफैलाई प्यारो
"Change Society by Volunteering"
सम्पूर्ण नेपाली जनतालाई राष्ट्रविकासको अभियानमा ल्याउने एक मात्र साझा कार्यक्रम

"Stone Project"


All Nepali People be a one by Stone Project in the Nation
Bishnu prasad poudel
१. अवधारण
   
     देशको विकास गाउँको विकास विना सम्भव छैन् । देशकै ठूलो शक्ति भनेकै जनता हुन् । जनताको सहभागिता विना गरिएको कुनै पनि विकासका कार्यक्रमहरुले पूर्ण रुपमा गति लिन सक्दैन् ।
स्टोन प्रोजेक्ट एक यस्तो प्रोजेक्ट हो जुन प्रोजेक्टले देशका सम्पूर्ण नेपाली जनताहरुलाई राष्ट्रियता तथा देश विकाशको अभियानमा एउटै सूत्रमा बाँध्दछ । यो प्रोजेक्टको मूल नारानै आफ्नो माटो आफैलाई प्यारो हो भने विधि Change Society by Volunteering हो । यो प्रोजेक्टले देशविकासका लागि हरेक नेपालीलाई फिल्डमा उतार्छ भने विदेशी दलाल, जोगि, भ्रस्ट र असक्षम नेताहरुलाई पाखा लगाउने कार्य पनि गर्दछ । अर्थशास्त्रको भाषामा भन्ने हो भने पनि राष्ट्रको सम्पूर्ण, स्रोत, साधन, जनशक्ति र समग्र पूँजीको विकासनै स्टोन प्रोजेक्ट हो । प्रकृतिको नियम यो छ कि यस भौतिकजगतमा प्रत्येक वस्तुको मूल रुप सूक्ष्म हुन्छ । थोपा थोपा मिलेर समुन्द्र बन्दछ, कण कण मिलेर पृथ्वी बन्दछ । सुक्ष्म सेल सेल मिलेर सम्पूर्ण शरिर बन्दछ । एक साधारण बिजवाट ठूला ठूला वृक्ष बन्दछ भने एक वृक्षवाट हजारौं वियाँ बन्दछन । विशाल भवन पनि एक एक ढुङ्गा÷इट्टाहरुको योगवाट बन्दछ । नयाँ नेपालको विकास पनि एक एक स्टोन÷रुपियाँ जम्मा गदै गर्न सकिन्छ । अधिकाँश राष्ट्र प्रमुख समाहलेका दलका नेताहरुको राष्ट्र प्रतिको कुनै पनि सहि सोच र नीतिनै नहुदाँ राष्ट्र आज गरिव र असफल राष्ट्र भएको छ । राष्ट्रियता जस्तो सम्वेदनशिल विषयमा कहिल्यै एक नहुनु, सत्ताका लागि विदेशीको इशारा वमोजिम जे पनि गर्न तयार हुनु, मै खाउ मै लाउ मेरै मान्छे मात्र ठिक भन्ने भावनाको विकास गर्नु , सधै सत्ताको लुछाचुडिमा लाग्नु यिनीहरुको दिन चर्या हुने गरेको छ । जनतालाई गोरु वनाएकाछन् । राष्ट्रको ठूलो जनशक्तिलाई विदेशीमुलुकमा काम गर्ने वाध्य पारेका छन । राष्ट्रको नदिनालाहरु विदेशीलाई रातारात वेचेकाछन । कुनै पनि विकासको योजना कुनै पार्टिले ल्याएमा अर्काले त्यसलाई विरोेध गर्नै पर्ने, विरोध गरेर ठूलो हुने संस्कृतिको विकास गर्नु राष्ट्रको लागि राम्रो होइन । त्यसैले हामीले  भ्रष्ट, असक्षम र विदेशीको इशारावाट चल्ने नेताहरुलाई नङ्गाउन, वास्तविक नेतृत्व तथा विशेष प्रतिभा भएका नेपालीहरुकोे खोजी गरी नयाँ नेपाल वनाउन पनि गाँउ÷गाँउ, टोल÷टोल, गाविस÷नगरपालिकामा स्टोन प्रोजेक्ट÷ महोत्सव ÷क्रान्ति गरेर देखाउनु परेको छ ।
नयाँ सोच र नयाँ कार्यक्रमको आवश्यकता विना देशको क्रान्तिकारी परिवर्तन हुन नसक्ने आफूले ठहर गर्दै देशभरिका जनतालाई आफ्नो माटो आफैलाई प्यारो भन्ने नारा वुझाउन, र नेताहरुलाई खवरदारी गरी राखौं भन्ने पनि यो कार्यक्रमको मनसाय रहेको छ । देशको यही परिस्थितीको कारण देशलाई कसरी छिटो विकास गरि माथि उठाउन सकिन्छ भनेर अध्ययन गदै जाँदा स्टोन प्रोजेक्टको अवधारणा तयार भएको हो । यो कार्यक्रम सम्पूर्ण नेपाली जनतालाई राष्ट्रविकासको अभियानमा ल्याउने र राष्ट्र वलियो वनाउने साझा कार्यक्रम वन्ने छ भन्ने मैले लिएको छु ।  यही प्रोजेक्टले पक्कै पनि सरकारमा जाने र नयाँ नेताहरुको आँखा खुलाउदछ, भने पुराना भ्रष्ट, असक्षम र भिखारीनेताहरुलाई जनताको कठघरामा ल्याउँदछ । यदि राष्ट्रले यो प्रोजेक्टलाई सहि रुपमा प्रयोगमा उतारे पक्कै पनि ठूलो टेवा पुग्ने छ । यहाँ त जो चोर उसकै ठूलो स्वर, जस्तो आफू उस्तै च्यापू, जो असक्षम उहि पटक पटक सांसद, मन्त्री,  प्रधानमन्त्री । अव नेताहरुले वुभ्नु पर्छ छल छामको चलखेलवाट मानिसलाई एकदुइचोटी मूर्ख वनाउन सकिन्छ, सधै होइन । नेतृत्व ठिक भए एक व्यक्ति पनि काफि हुन्छ । नेतृत्व वेठिक भए दर्जनौ पटक प्रधानमन्त्री र हजारौ पटक हजारौं आए पनि राष्ट्र असफल हुन्छ । त्यसैले अव पटक पटक क्तयलभ एचयवभअतरप्चबलतष् वाट सफल भएका व्यक्तिहरु मात्र राष्ट्रिय नेता हुन पाउने व्यवस्था गर्न पनि यो प्रोजेक्टले कार्य गर्नै पर्ने भएको छ । यो प्रोजेक्ट देशै भरी समाजमा रहेका समाजसेवी तथा वुद्धिजिवीहरुले जुनसुकै टोल÷टोल, गाँउ÷गाँउ, क्षेत्र÷क्षेत्र, गाविस÷गाविस, नगरपालिका÷ नगरपालिका, जिल्ला÷जिल्लामा गर्न सक्नेछन । जव सम्म देशमा राजनैतिक स्थिरता आउदैन तव सम्म देश विकास असम्भव देखिन्छ । देशमा राजनैतिक स्थिरता वनाउनेनै जनताले हो नेताले आफ्नो स्वार्थ सिद्ध गर्न कहिल्यै राजनैतिक स्थिरता आउन दिदैनन्  किन की उनिहरुको सत्तामा चढने भ¥याङ्गनै राजनैतिक अस्थिरता हो । जनतालाई अनेक वहाना वनाई आफ्नो स्वार्थको लागि उपयोग गर्न मात्र खोज्दछन र स्वार्थ पूर्ति गरेपछि जनतालाई विर्सन्छन ।

२. कार्यक्रमको विवरणः क्तयलभ एचयवभअतरक्तयलभ प्चबलतष्
कार्यक्रम क्षेत्र ः टोल÷टोल, गाँउ÷गाँउ, गाविस÷गाविस, नगरपालिका÷नगरपालिका, जिल्ला ÷ जिल्लामा, क्षेत्र÷क्षेत्रमा स्टोन कमिटि निर्माण गरि सहकारी माध्यमद्वारा गाउँको विकासमा टेवा..
कार्यक्रम मिति ः २०६५÷....÷.... देखि .............................. सम्म
३. कार्यक्रमको उद्देश्य
सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय भावना र राष्ट्रिय विकासको अभियानमा अघि वढाउने ।
असक्षम, भ्रष्ट, जोगी, सामन्ती र नेताको चाकरी गरेर वन्ने नेतालाई पूर्ण रुपमा उन्मूलन गराउने ।
विभिन्न विदेशी गिरोहहरुलाई वेलैमा देशवाट निकाला गराउन र राजदूतहरुलाई आफ्नो मर्यादामा ल्याउन ।
विदेशीको हेपाहा र सिमाअतिक्रमण नितीको भण्डाफोर गर्न र जनतालाई सजग गराउन ।
नेपालीहरुको आफ्नो पुरानो गौरवलाई विश्व सामू पुनः चिनाउन ।
राष्ट्रको सम्पूर्ण स्रोत साधन र श्रमको  विकास गर्ने नेतृत्वलाई अवसर प्रदान गर्न ।
देशलाई छिटो भन्दा छिटो विकासको गति तिर लैजान ।
देशमा प्रसस्त उत्पादन र रोजगारीको स्रोतहरु वढाउन ।
विदेशीको भर नपरि आफै सक्षम हुन र राष्ट्रिय प्राकृतिक स्रोतहरुको संरक्षण गर्न ।
अव कसैलाई पनि हतियार वोक्न र विद्रोहमा उत्रन विविश नपार्न ।
पटक पटक क्तयलभ एचयवभअत वाट सफल भएका व्यक्तिहरु मात्र राष्ट्रिय नेता हुन पाउने वा यही प्रोजेकटले नेतृत्वहरु उत्पादन गर्न ।

४. कार्यक्रम तालिका
टोेल÷टोल, गाँउ÷गाँउ, क्षेत्र÷क्षेत्र, गाविस÷गाविस, नगरपालिका÷नगरपालिकामा स्टोन प्रोजेक्टको वारेमा छलफल, वहस चलाउ ।
प्रत्येक वडामा स्टोन प्रोजेक्ट कमिटी÷आर्थिक क्रान्ति सहकारी संस्थाको निर्माण गरौं ।
प्रत्येक वर्ष स्टोन महोत्सव÷स्टोन क्रान्ति गरौं (१ दिन देखी ३६५ दिनसम्म) गर्न सकिने
महोत्सववाट संकलित ढुङ्गा,ं गिटी तथा सहयोग राशी टोल, गाँउ, क्षेत्र, गाविस, नगरपालिकामा प्रयोग गरौं साथै आफ्नै क्षेत्रको विकासमा लगानी गर्ने सर्वप्रथम  लगानी कर्ता वा शेयर लगानी गाँउवाटै खोजौं  र विस्तारै अन्य क्षेत्रमा बढाउदै लैजाउ ।
प्राथमिकताको आधारमा विकासको कार्य विभाजन गरौं  ।
५. कार्यक्रमको प्रचार प्रसार
केन्द्रमा ः  सहयोगी संस्थाहरु
टोल÷टोल, गाँउ÷गाँउ, क्षेत्र÷क्षेत्रमा आ–आफ्नै सक्रिय समूहहरुले गर्ने सक्ने ।
क) कार्यान्वयन पूर्वका कार्यक्रमहरु
  प्रचार प्रसार
१. विभिन्न तुल, व्यानर तथा वालपेन्टीङद्वारा प्रचारप्रसार
२. पत्राकार सम्मेलन तथा इमेल÷इन्टरनेटवाट प्रचारप्रसार
३. विभिन्न पत्रपत्रिका तथा इलेक्ट्रोनिक मिडियावाट प्रचारप्रसार, वहस, छलफल
६. कार्यक्रम अभियान
क) स्कूल÷कलेज (११–२५) वर्ष  (१ हप्ते कार्यक्रम)
स्कूल÷कलेजको वार्षिक उत्सवमा सरसफाई, खेलमैदान निमार्ण तथा विभिन्न प्रतियोगिता आयोजना, साना ठूला वगैचा निर्माण, गणितिय, स्वास्थ, भूगोल तथा विज्ञानका तथ्यहरुलाई झल्काउने वस्तुहरुको निमार्ण र प्रदर्शनी स्थल ।, स्कूलका विद्यार्थीहरु विभिन्न क्षेत्रमा समय समयमा स्वयमसेवकको रुपमा कार्य गर्न जाने ।
ख) समाजमा (१६–६०) वर्षका सहभागी (१ दिन देखि ३० दिन सम्म गर्न सकिने )
हरेक व्यक्तिले थोरैमा १ वर्षमा ३६५ के. जी ढुगां प्रदान (दैनिक १ के.जी ढुङ्गा) वा
हरेक व्यक्तिले थोरैमा १ वर्षमा ३६५ के.जी. गिटी फोर्ने  वा
हरेक व्यक्तिले थोरैमा १ वर्षमा रु. ३६५ प्रदान गर्ने । सो भन्दा माथि सहयोग गर्न वा शेयर लगानी गर्न चाहनेलाई समाजले सम्मान, प्रमाणपत्र प्रदान गर्ने प्रथाको विकास गर्ने । सहयोगको लागि सदा स्वागत गर्ने ।
६० वर्ष भन्दा माथिका नेपाली जनताहरुको अनुभवलाई पनि समाजले प्रयोगमा ल्याउने र वहाँहरुको सहयोगको हातलाई सदा स्वागत गर्ने ।
टोलटोलमा स्टोन कमिटि निमार्ण गर्न र आवश्यक तालिम प्रदान गर्न राष्ट्रिय  ÷अन्तर्राष्ट्रिय स्वयमसेवकहरुको अधिकतम उपयोग गर्ने ।
 
 ग) सरकारी अपेक्षा
राज्यले स्यमसेवक निती ल्याउनुपर्ने । राम्रो कार्यगर्ने समूह तथा व्यक्तिलाई पुरस्कार तथा सम्मान कार्यक्रम र सहयोगको लागि हात फैलाउने र प्रोत्साहन गर्ने नितिको आवश्यकता ल्याउनु पर्ने ।
भू.पू. कर्मचारी, प्रहरी, सेना आदिलाई सरकारी अवकासपछि १ वर्ष अनिवार्य रुपमा प्रत्यक्ष सामाजिक विकासमा प्रयोग । नत्र पेन्सन रोक्का कार्यक्रम ।
राज्यको सम्पूर्ण अङ्गहरु यथासम्भव प्रयोगमा ल्याउनु पर्ने ।

७. निर्माण कार्यको थालनी (प्रत्येक वर्ष) (सरकार, जनता ५०,५०)कार्यशुरु
मुख्य सडक, सहायक सडक, गोरेटो र घोडेटोवाटोहरुलाई  प्राथमिकता राखी कार्य गर्ने ।
कुलो, नहर, खोला नाला नदी तथा पुलहरुमा तटवन्धन,पहिरो जाने ठाँउमा ड¥याम निर्माण ।
अस्पताल, स्कूल÷कलेज, पार्क, खेलमैदान र हरितसडक निर्माण ।
खानेपानी तथा ढल निर्माण, सिचाई तथा जलविद्युतमा सहकारीकरण ।
रेल ट्रयाक तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय हवाईमैदान, रङ्गशाला र नदिलाई तटवन्धन गर्न ढुंगा प्रदान कार्य
पहाड फोर्ने, नदि थुन्ने,तटवन्धन गर्ने स्पोर्ट तथा पार्क वनाउने महोत्सवहरु संचालन गर्ने, साथमा नेपाल आर्मी, प्रहरी, शसस्त्र प्रहरी, जनमुक्ति सेना तथा जनसमुदायहरुको सहभागितामा कार्य गर्ने ।
नयाँ नयाँ आयोजनाहरुको लागि थप कार्यक्रम संचालन जस्तैः ग्रामिण पर्यटन, खेल पर्यटन, जडिवुटि, कृषिवन,पशुपालन, सहकारीकरण, कृषि उत्पादनका कार्यक्रमहरु,समूहमा आधारित विभिन्न कार्यक्रमहरु
८. कार्यक्रमको निरन्तरता
यस प्रकारको कार्यवाट प्रत्येक वर्ष गाँउ÷गाँउमा नयाँ नयाँ विकासहरु थपिदै जान्छ र नयाँ नयाँ रोजगारका अवसरहरु खुल्दै जान्छन । मानिस आफै चेतनशिल र सामाजिक प्राणी भएको नाताले पनि यस प्रकारका कार्यलाई निरन्तरता दिनु हामी सवैको आफ्नो कर्तव्य ठान्नु पर्दछ । आ–आफ्नो क्षेत्रको कार्यक्रमको निरन्तरता आ–आफ्नो क्षेत्रका समाजसेवी र वुद्धिजिविहरुकै हो । म आफ्नो क्षेत्रवाट निरन्तर लाग्ने र सवैलाई निरन्तर लाग्न प्रोत्साहन गर्न चाहन्छु । राज्यले पनि सफल समूह तथा नेतृत्वहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरी प्रोत्साहन गरोस भन्ने चाहन्छु ।
९. कार्यक्रमको जिम्मेवारी
यस प्रकारका कार्यक्रमको जिम्मेवारी सम्पूर्ण नेपाली जनताहरुको आफ्नै हो । यो एउटा साझा कार्यक्रम वनाउने र हरक्षेत्रका व्यक्तित्वहरुलाई सहभागि गराएमा कार्यक्रम प्रभावकारी  हुनेछ । हाम्रो दुई हातको दस औलाले जति कार्य गर्न सक्छ त्यस्तै जति धेरै समूहलाई प्रयोगमा ल्याउन सकिन्छ त्यति धेरै कार्य गर्न सकिन्छ । आ–आफ्नो क्षेत्रवाट सवैले जिम्मेवारी, अनुशासन पालान र सामाजिक स्वार्थबमोजिम कार्य गरेमा यस कार्यक्रमको सार्थक ठहर्छ । तवमात्र शान्त नेपाल, संवृद्धि नेपाल र सभ्य नेपालको निमार्ण हुन्छ । यो एउटा नयाँ÷पुराना नेताहरुलाई खवरदारी गर्ने कार्यक्रम पनि वनोस र तपाईको क्षेत्र पनि छिटो भन्दा छिटो विकासको प्रगतितिर लम्कोस यही शुभ–कामना
विष्णु प्रसाद पौडेल ।

संपन्न समाजको रहस्य भनेको आफ्नै टोल टोलका मानिसहरुको सकारात्मक सोचको नतिजा हो । सकारात्मक मानिसहरुनै महान् मानिस हुन् । दिमाग एक जंगल हो । जंगलमा विष पनि हुन्छ भने संजिवनि बुटी अथवा अमृत पनि त्यस्तै समाजमा पनि ... ।

Bishnu prasad poudel

' नेपालको पानी जनताको लगानी ' कार्यक्रमको घोषणा

ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  ' नेपालको पानी जनताको लगानी ' कार्यक्रमको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन नै गरेर  उनले उर्जा क्षेत्रमा जनमुखी  कार्यक्रम सार्वजनिक गर्दै २ वर्षभित्र लोडसेडिंग अन्त्य गर्नेसमेत उद्घोष गरेका छन् ।

मन्त्री प्रभाकरले  दुईवर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा १ हजार ४ सय ५० मेगावाट बिजुली थप्ने दावी गरे । अहिले निर्माणाधीन आयोजनालाई द्रुतगतिमा निर्माण गरेर २ वर्षमा जसरी पनि लोडसेडिङ अन्त्य गर्ने उनले दाबी गरेका छन्  ।


आफ्ना  ३७ बुँदे प्रतिवद्धतापत्र मार्फत उनले यसअघि विधुत प्राधिकरणले लालपुर्जा भएकाहरुलाई मात्रै दिने गरेको मिटर बक्स अब सुकुम्बासीलाइ समेत दिने   बताएका छन्  साथै  गरिवी र कमजोर आर्थिक अवस्थाका कारण विद्युत मिटर खरिद गर्न नसकी वत्ति वाल्न नसक्ने अति विपन्न परिवारका लागि वार्षिक रुपमा निश्चित संख्यामा मिटर र सर्भिस तार विशेष सहुलियत दरमा उपलब्ध गराउने व्यवस्थासमेत सरकारले गर्ने उनको योजना रहेको छ ।

 नेपाली सेना लगायत सुरक्षा निकायका सवै अंगका सदस्यहरु समेतको शेयर रहने गरी एक नमूना जलविद्युत परियोजना संचालन गर्ने  ,  विद्युत प्राधिकरणलाई नाफामा लैजाने, फोहोरबाट बिजुली निकाल्ने, शहरी क्षेत्रमा भुमिगत विद्युत लाईन संचालन गर्ने, स्मार्ट मिटर, स्मार्ट ग्रिड निर्माण गर्ने, ग्रामिण क्षेत्रको विद्युतिकरणका लागी छुट्टै योजना बनाउने, चुहावट नियन्त्रणका लागी छुट्टै कार्यक्रम बनाउने , औद्योगिक विकास गर्ने उद्देश्य सहित ५००० भन्दा माथि रोजगारी सृजना गर्न खोलिने उद्योगहरुलाई निश्चित दर रेटमा २४ सै घण्टा उर्जा आपूर्ति गर्ने सम्झौता गर्ने लगायतका घोषणा उनले गरेका छन् ।

आफ्नो ३७ बुँदे  कार्ययोजना देश र जनताको आवश्यकता भएको भन्दै उर्जामंत्री प्रभाकरले अब जनताको लगानीबाट बिजुली बाल्नेमात्र नभई सम्बृदीसमेत हासिल हुने बिश्वास व्यक्त गरेका छन् ।

 शुक्रबार 'नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तर्गत उर्जामंत्रीले उर्जा क्षेत्रको विकासको लागि उद्घोष गरेका ३७ बुदे  अल्पकालिन र दीर्घकालिन कार्ययोजनाहरु यस्ता छन्  :

१. हाल एकातर्फ जनता लोड सेडिङको मारमा छन् भने अर्को तर्फ सिमित समयको लागि उपलब्ध हुने विद्युत सेवा पनि सरल, सहज,भरपर्दो र गुणस्तरीयवनाउन सकिएको छैन । विद्युत चुहावटर बक्यौता रकम बढ्दोे छ । ट्रान्स्फर्मर जलेर, पोल ढलेर वा तार चुडेर विद्युत आपूर्ति वन्द भएको लामो समयसम्म पनि आपूर्ति सुचारु नहुनेगरेको, मिटर जडानको लागि निवेदन दिएको महिनौ वित्दा पनि मिटर जडान हुन नसकेकोे, लोड सेडि∙को तालिकाभन्दा फरक समय र अवधिसम्म लोड सेडि∙ हुने गरेको, विद्युत चुहावट नियन्त्रण र नो लाईट सेवा प्रभावकारी नभएको, भन्ने जनगुनासो व्यापक आएको देखिन्छ । यस्तो अवस्थाको तत्काल अन्त्य गरी जनतालाई अनुभूति हुने गरी विद्युत आपूर्ति सेवामा सुधार ल्याउने ।

२. नेपाल विद्युत प्राधिकरणलाई घाटाबाट नाफाको अवस्थामा पुर्याई देशको विद्युत क्षेत्रको एउटा सक्षम र सवल संस्थाको रुपमा स्थापना गर्न निम्न कार्यक्रम लागू गर्ने :
क) नेपाल विद्युत प्राधिकरणको वित्तिय एवं संगठनात्मक पुनसंरचना गर्ने 
ख) आय बृद्धि गर्ने र खर्च कम गर्ने गतिविधि संचालन गर्ने ।
ग) विद्युत चुहावट नियन्त्रण र बक्यौता उठाउने कार्यक्रमलाई अभियानको रुपमा निरन्तर संचालन गर्ने,
घ) नेपाल विद्युत प्राधिकरणको जनशक्तिको सही व्यवस्थापनको लागि उपयुक्त व्यक्ति उपयुक्त स्थान (Right Man Right Place) को अवधारणा अनुसार जिम्मेवारी दिने । हरेक विभागीय, क्षेत्रीय र शाखा प्रमुखहरु तथा आयोजना प्रमुखहरुसंग कार्य संपादन संझौता गर्ने । राम्रो कार्य सम्पादन गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्ड दिने व्यवस्थालाई कडाईका साथ लागू गर्नेे छ । कामलाई प्रभावकारी रुपले संचालन गर्न आवश्यक जनशक्ति परिचालन गर्ने ।
ङ) नेपाल विद्युत प्राधिकरणबाट निर्माण गरिने जलविद्युत आयोजनाहरुसहायक कम्पनीहरु मार्फत विकास गर्ने ।
च) प्राधिकरणभित्रको साधनश्रोतको अधिकतम सदुपयोग गर्ने ।

३ . राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्वन्धी अवधारणा पत्र र कार्ययोजना, २०७२ को प्रभावकारी कार्यन्वयन मार्फत वर्तमान लोड सेडि∙को अवस्थालाई कम गर्दै दुई वर्षभित्र पूर्ण रुपले अन्त्य गर्ने । यसका लागि नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनी मार्फत जलविद्युत आयोजनाबाट ८५० मेगावाट, नीजि प्रवद्र्धकहरुबाट करिव ४०० मेगावाट तथा सार्य, जैविक लगाएतका श्रोत र क्याप्टिभ उत्पादनबाट २०० मेगावाट गरी जम्मा १४५० मेगावाट आन्तरिक उत्पादन मार्फत राष्ट्रिय ग्रीडमा थप गर्ने । यस अवधिसम्ममा करिव ६०० मेगावाट आयात गरि विद्युत आपूर्ति गर्ने ।साथै संचालनमा रहेका जलविद्युत केन्द्रहरुलाई अधिकतम क्षमतामा संचालन गर्ने तथा भूकम्पले क्षति प्ुर्याएका आयोजनाहरुको मर्मत सम्भार गरी संचालनमा ल्याउने । चुहावट नियन्त्रण एवं उर्जा दक्षता (ईनर्जी ईफिसियन्सी) कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने ।

४. दीर्घकालिन रुपमा नेपाललाई विद्युत उर्जामा आत्म निर्भर वनाई यातायात तथा औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक विद्युत आपूर्ति गर्दै बढी विद्युत मात्र निर्यात गर्न जलाशययुक्त, पिकिङ रन अफ द रिभर, पम्प स्टोरेज र रन अफ द रिभर जलविद्युत आयोजनाहरुको उपयुक्त समिश्रण हुने गरी आयोजनाहरु विकास गर्ने । यसका लागि २०८२ सालभित्र १० हजार मेगावाट क्षमताका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने र करिव ३० हजार मेगावाट क्षमताकाआयोजनाहरुको अध्ययन सम्पन्न हुने गरी काम अगाडि बढाउने । कर्णाली चिसापानी (१०८०० मेगावाट) आयोजनालाई सार्क स्तरीयपरियोजनाको रुपमा विकास गर्ने ।
आयोजना विकास गर्दा जलाशय र पिकङि रन अफ द रिभर प्रकारका आयोजनाहरुलाई विशेष प्राथमिकता दिने । बूढी गण्डकी, नलसिङगाड, उत्तरगंगा, दूधकोशी, तमोर, सुनकोशी ३, तामाकोशी ३, खिम्ति ठोसे, लाङटाङ, नौमुरे, पश्चिम सेती जस्ता ठूला जलाशययुक्त जलविद्युत आयोजनाहरु र अप्पर अरुण, अरुण ४, लोअर अरुण जस्ता पिकिङ रन अफ द रिभर जलविद्युत आयोजनाहरु अगाडी बढाउने । नीजि क्षेत्रबाट विकास गरिने पिकिङ रन अफ द रिभर आयोजनाहरुलाई प्राथमिकता दिई विकास गर्न प्रोत्साहन गर्ने।

५. नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत नेपालभित्रको आन्तरिक वित्तिय श्रोतलाई जलविद्युत क्षेत्रको विकासको लागि अधिकतम उपयोग गर्ने । सरकार मातहतका वित्तिय संस्थाहरु, नीजि वित्तिय संस्थाहरु, कल्याणकारी कोषहरु, रेमिट्यान्स् राष्ट्र सेवक कर्मचारी, शिक्षक, संचारकर्मी, मजदूर एवं सर्वसाधारण जनता व्यक्ति तथा सामुदायको प्रत्यक्ष लगानी तथा सहभागिताबाट साना, मध्यम र ठूला जलविद्युत आयोजनाहरु विकास गर्ने कार्यक्रम ल्याउने । नेपाल भित्रिने रेमिट्यान्स् तथा मोवाईल कलमा लाग्ने खर्चको निश्चित प्रतिशत रकमजलविद्युतको शेयरमा लगानी गर्ने व्यवस्था गर्न आवश्यक संयन्त्रको विकास गर्ने । यस्तो वित्तिय संरचनामा पूर्वका अप्पर अरुण, दूधकोशी र तमोर, मध्यका सुनकोशी ३ र लाङटाङ तथा पश्चिमका नलसिङगाड, उत्तरगंगा, नौमुरे र तिला १ जस्ता आयोजनाहरु अगाडि बढाउने।
बूढीगण्डकी र तामाकोशी ३ लगाएतका आयोजनाहरु सरकारले बैदेशिक लगानीको समेत व्यवस्थापन गरी अगाडि बढाउने ।
पश्चिम सेति आयोजनालाई सार्वजनिक निजि साझेदारी (Public Private Partnership) अवधारणा अनुरुप विकास गर्ने ।

६. नेपाली सेना लगायत सुरक्षा निकायका सवै अंगका सदस्यहरु समेतको शेयर रहने गरी एक नमूना जलविद्युत परियोजना संचालन गर्ने ।

७. गरिवसंग–सरकार कार्यक्रमः सिमान्तकृत, सहिद तथा वेपत्ता परिवार, घाईते अपांगता भएका तथा अति विपन्न जनताको अािर्थक अवस्था सुधार्न सरकार वा सरकारी स्वामित्वका संस्थाको वहुमत शेयर रहेको जलविद्युत आयोजनाहरुमा उनीहरुको लागि सहुलियत दरका निश्चित प्रतिशत शेयर कायम हुने व्यवस्था गर्ने । यस्तो शेयर उपलव्ध गराउंदा सहुलियत दिएको रकम सरकारले गरिवी निवारण कोष, यूवा स्वरोजगार कोष, महिला तथा वालवालिका, कृषि विकास तथा स्थानीय विकासमा पिछडिएका र सिमान्तकृत समुदायको विकासका लागि भनेर छुट्याईने गरिएको नियमित वार्षिक वजेट रकमबाट संवन्धित कम्पनीलाई स्वचालित ढंगले पूर्ति हुने व्यवस्था मिलाउन आवश्यक संस्थागत परिपाटी वसाल्ने । आयोजना निर्माणमा श्रम सहभागिता मार्फत पनि शेयर सुनिश्चित गर्ने व्यवस्था मामदण्ड बनाई लागू गर्ने । ।
साथै गरिवी र कमजोर आर्थिक अवस्थाका कारण विद्युत मिटर खरिद गर्न नसकी वत्ति वाल्न नसक्ने अति विपन्न परिवारका लागि वार्षिक रुपमा निश्चित संख्यामा मिटर र सर्भिस तार विशेष सहुलियत दरमा उपलब्ध गराउने ।

८. बेरोजगरीको समस्या समेतलाई ध्यान दिंदै युवा व्यवसायी विकास गर्न तथा राष्ट्र निर्माणका लागि जलविद्युत विकासमा युवाहरुको भूमिका अभिबृद्धि गर्न दश हजारभन्दा बढी युवाहरुको सामुहिक शेयर लगानी गर्ने गरी निश्चित आकर्षक योजनाहरु अगाडी बढाउने । युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखी लिने ऋण जलविद्युत आयोजनामा शेयर लगानी गर्न पाउने व्यवस्था गर्ने ।

९.उर्जा स्वरोजगार तथा आयआर्जन कार्यक्रम अन्तर्गत मधेश तराई तथा हिमाल पहाडमा बसोवास गर्ने अति विपन्न परिवार, दलित र कर्णाली लगाएत पिछडिएका क्षेत्रका जनताका लागि प्रति परिवार एक लाख रुपैयांसम्मको सामुहिक जमानीमा सहुलियत ऋणको व्यवस्था मापदण्ड निर्धारण गरी जलविद्युत आयोजनामा शेयर लगानी गर्ने व्यवस्था गर्ने । जलविद्युत आयोजनामा यस्ता विपन्न परिवारका सदस्यलाई रोजगारीको प्राथमिक्ता दिई व्याज तिर्न सक्ने वातावरण वनाउने ।

१०.मधेश तराईका जनतालाई रोजगरी समेत सृजना गर्ने गरी वायोमास उर्जा उत्पादनको कार्यक्रम अगाडि बढाउने । साथै ठूला शहरहरुबाट निक्लने फोहोरलाई प्रयोग गरी विद्युत उत्पादन गर्न विशेष पहल गर्ने ।

११. जलविद्युतलाई कृषि, सिंचाई, उद्योग, शिक्षा, विज्ञान प्रविधि, स्वास्थ्य र पर्यटनसंग सम्वन्धित संस्थाहरु जोडिने गरी कार्यक्रम ल्याउने । स्थानीय निकायहरु(जस्तै गाउपालिका, नगरपालिका आदि), विद्यालयहरु, स्वास्थ्य चौकीहरुलाई आत्म निर्भर वनाउन जलविद्युत आयोजनामा शेयर लगानी गर्न पाउने व्यवस्था गर्ने ।

१२. ठूला जलविद्युत आयोजनाहरु, रणनीतिक महत्वका उच्च भोल्टेजका प्रसारण लाईनतथा वितरण लाईन आयोजनाहरुको निर्माणमा आवश्यक पर्ने वैदेशिक सहुलियत ऋण तथा लगानीको लागि उपयुक्त वातावरण निर्माण गरी द्रुत गतिमा जलविद्युत तथा प्रसारण लाईनको विकास गर्ने ।

१३. नेपाली मुद्राको विनिमय जोखिम कम गर्न नेपाल सरकारले एउटा उपयुक्त मेकानिज्म जस्तै हेजिङ फण्ड (Hedging Fund) खडा गरी विदेशी मुद्रामा गरिने विद्युत खरिद विक्री संझौतामा विनिमय जाखिम कम गर्न प्रयोगमा ल्याईनेछ । यो फण्डलाई अन्य पूर्वाधार क्षेत्रमा पनि लागू गर्ने ।

१४. नेपाल सरकार, सरकार मातहतका विभिन्न वित्तिय तथा व्यवसायिक संस्थाहरु र सर्वसाधारणको समेत लगानीमा विद्युत उत्पादन कम्पनी खोल्ने । साथै विद्युत व्यापार कम्पनी र ईन्जिनियरिङ कम्पनी खोल्ने । ग्रीड कम्पनीलाई शेयर संरचना व्यवस्थित गरी तत्काल संचालनमा ल्याउने ।
१५. हाल प्रसारण लाईनको कारणले उत्पादित विद्युत पनि लोड सेन्टर सम्म पुग्न नसकिरहेको अवस्थालाई क्रमिक रुपमा अन्त्य गर्न निर्माणाधीन प्रसारण लाईनहरुको द्रुत गतिमा निर्मांण सम्पन्न गरी संचालनमा ल्याउने । दीर्घकालिन रुपमा रणनीतिक महत्वका पूर्व पश्चिम ४००/७६५ के.भी. प्रसारण लाईन र नदी वेसिन अनुसार उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्र्रसारण लाईनको निर्माणका लागि कार्य थालनी गर्ने । साथै मध्य पहाडी राजमार्गको निश्चित खण्डमा पनि उच्च भोल्टेजको प्रसारण लाईन निर्माण प्रकृया अगाडि बढाउने ।
१६.अन्तरदेशीय थप प्रसारण लाईनहरु निर्माण गर्न छिमेकी देशहरुसंग विशेष पहल गर्ने । यस सम्वन्धमा नेपाल भारतवीच दुहवी–पूर्णिया, बर्दघाट-बुटवल–गोरखपुर र अत्तरिया–बरेलि उच्च भोल्टेजका प्रसारण लाईन तथा नेपाल चीन वीच केरुङ– रसुवागडी–भरतपुर उच्च भोल्टेजका प्रसारण लाईन निर्माण गर्न प्रकृया अगाडि बढाउने ।
१७. हाल विद्युत आपूर्ति हुने अवस्थामा पनि चाहे जति विद्युत ग्राहकसम्म पुग्न सक्ने वितरण प्रणाली हामीसंग छैन । वितरण प्रणाली विस्तार एवं सुधार गर्न नसकेमा निकट भविष्यमा यसले अर्को ठुलो संकट ल्याउने निश्चित देखिन्छ । एकातर्फ उत्पादित विद्युत खेर जाने र अर्कोतिर जनता लोडसेडिङको मारमा पर्ने अवस्था आउने देखिन्छ । तसर्थ वितरण सवस्टेसन एवं वितरण ट्रान्स्फरमरहरु र तार/केवलको क्षमता अभिबृद्धि गर्ने कार्य तत्काल शुरु गरी अगाडी बढ्नु पर्ने देखिन्छ । तसर्थ दीर्घकालिन माग समेतलाई मध्यनजर गरी वितरण प्रणाली गुरु योजना तयार गरी लागू गर्ने ।
१८. शहरी क्षेत्रको सैन्दर्य र सुरक्षाको हिसावले वितरण प्रणालीलाई भूमिगत वनाउने कार्य थालनी गर्ने ।उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत आपर्ति गर्न तथा विद्युत चुहावट नियन्त्रण गर्न स्मार्ट मिटर (Smart Meter) तथा स्मार्ट ग्रीड (Smart Grid) को अवधारणा अनुरुप काठमाडौ उपत्यकाभित्र एक नमूना आयोजना/कार्यक्रम (Pilot Project/Program) शुरु गरिनेछ । क्रमिक रुपले यो कार्यक्रमलाई देशभर लागू गर्ने ।
१९. सडक वत्तिका कारणले चुहावट बढ्ने र विद्युत अनावश्यक रुपमा खेर जाने अवस्थालाई नियन्त्रण गर्न शहरका मुख्य सडकहरु, मन्दिरहरु तथा ऐतिहासिक ठाउंहरुमा सौर्य वत्ति जडान गर्ने । यसले गर्दा चुहावट तथा वक्यौता कम हुने र उच्च मागको समयमा केही हदसम्म विद्युत माग कम हुने देखिन्छ । साथै शहरको सुन्दरतालाई समेत बढाउने र रातको समयमा हुने अपराधिक घट्ना कम हुनेछ । यसका लागि महानगरपालिकासंग आवश्यक समन्वय गरी अगाडि बढउने ।
२०. ग्रामीण विद्युतीकरणको लागि छुट्टै संस्थागत व्यवस्था मार्फत विद्युतिकरण कार्र्यलाई तिब्रता दिई देशभर केन्द्रीय ग्रीडको लाइन आगामी पांच वर्षभित्र विस्तार गर्ने । साथै ग्रामीण क्षेत्रमा संचालनमा रहेका साना तथा लघु जलविद्युत केन्द्रहरुलाई बैवल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंग सहकार्य गरी प्राविधिक रुपले सम्भव भएसम्म केन्द्रीय ग्रीडसंग जोड्ने व्यवस्था गर्ने।
२१. विद्युत चुहावट नियन्त्रणका लागि कार्ययोजना वनाई सात दिनभित्र राष्ट्रिय अभियान संचालन गर्ने । यसको लागि मन्त्रालय अन्तर्गत एक उच्च स्तरीय चुहावट नियन्त्रण तथा सुझाव समिति गठन भै काम अगाडि बढेको छ । ।
२२. अस्थायी वासस्थान बनाई वस्ने घरपरिवार (सुकुम्वासी, मुक्त कमैया, हलिया लगाएत) लाई पनि मिटर जडान गरि दिन सक्ने व्यवस्था गर्ने ।
२३. नेपालको आगामी २० वर्षको विद्युत माग प्रक्षेपण गरी लागू गर्ने । यस कार्यको लागि जल तथा उर्जा आयोगलाई जिम्मेवार वनाउने ।
२४. स्वदेशी नीजि लगानीकर्ताहरुको विद्युत खरिद विक्री (Power Purchase Agreement) संझौतामा भएका प्रावधानका कारणले लगानीमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने । साथैविद्युत खरिद विक्री संझौता छिटो छरितो हुने व्यवस्था गर्ने ।
२५. वैज्ञानिकं ढंगले विद्युत महशुल दर कायम गरी प्रत्येक वर्ष थपघट हुन सक्ने स्वचालित महशुल दर कायम गर्न पहल गर्ने । विद्युत प्रसारण गरे वापत प्रयोग कर्ताले तिर्नु पर्ने शुल्क (Wheeling Charge) निर्धारण गर्ने ।
२६. रन अफ द रिभर (Run-of-River), पिकिङ रन अफ द रिभर (Peaking Run-of-River), र जलाशययुक्त (Reservoir) आयोजनाहरुबाट उत्पादित विद्युतको खरिद दरमौसम र समय अनुसार फरक फरक कायम गर्ने । साथै सौर्य लगायतका अन्य वैकल्पिक उर्जाको विद्युत खरिद मुल्य पनि निर्धारण गर्ने ।
२७.लाइसेन्स् वितरण प्रकृयालाई सरल र सहज वनाई लगानी गर्न सक्ने प्रवद्र्धकहरुलाई प्रोत्साहन गर्ने तथाम्याद नाघेका वा तोकिए अनुसारको प्रगति नदेखिएका लाईसेन्स् खारेज गर्ने ।
२८. विद्युत आयोजनामा गरिने वातावरणीय अध्ययनको प्रकृयालाई छोट्याई वातावरणीय प्रभाव मुल्यांकन सम्पन्न भएका आयोजनाको हकमा वन कटानी तथा सरकारी जग्गा प्राप्ती गर्ने प्रकृयालाई सरलिकृत गर्ने ।
२९. जलविद्युत आयोजना निर्माण स्थल आसपासमा उपलव्ध स्थानीय निर्माण सामाग्रीहरुको लागि स्थानीय निकायले नियमानुसारको कर लिई सिधा आयोजनासंग संझौता गर्ने व्यवस्था गर्ने ।
३०. नेपालको जलस्रोतको वहुआयामिक उपयोगितालाई समेत मध्यनजर गरी नदी वेसिनहरुको गुरु योजना अपडेट (Update) गर्नको लागि जल तथा उर्जा आयोगलाई जिम्मेवार वनाउने ।
३१. उर्जा मन्त्रालय र जल तथा उर्जा आयोगको संगठनात्मक पूनर्संरचना गरी वैज्ञानिक ढंगले जिम्मेवारीको बांडफांड गर्ने ।
३२.नेपाल भारत वीच भएको विद्युत व्यापार संझौता र सार्क देशहरु वीच भएको विद्युत व्यापार सम्वन्धि फ्रेमवर्क एग्रिमेन्टको कार्यन्वयनका लागि आवश्यक कदम चाल्ने । साथै चीनसंग पनि उर्जा सहयोग आदान प्रदान सम्वन्धी उपयुक्त संयन्त्र स्थापना गर्ने ।
३३. प्रसारण प्रणालीमा खुला पहुंच (Open Access to Transmission) र विद्युतको थोक प्रतिस्पर्धात्मक वजार (Wholesale Market)स्थापना गर्न विशेष पहल गर्ने ।
३४. जलाशययुक्त आयोजनाहरु वनाउंदा उक्त आयोजनाले तल्लो तटीय फाईदा लिन सक्ने नीतिगत व्यवस्था तयार गर्ने र उक्त फाईदा बांडफांडको आधार वनाई आयोजना अध्ययन तथा कार्यन्वयन गर्दा लागू गर्ने । साथै जलश्रोतको अन्तरदेशीय उपयोगको हकमा छिमेकी देशहरुसंग आवश्यक द्वीपक्षीय एवं वहुपक्षीय छलफल अगाडि बढाउन पहल गर्ने ।
३५. विद्युत क्षेत्रलाई प्रभावकारी नियमन गर्न नियमन आयोग सम्वन्धी विधेयक र उर्जा संंकट निवारण विद्येयक व्यवस्थापिका संसदसमक्ष दुई महिनाभित्र पेश गर्ने । जलविद्युतको विकासलाई केन्द्रविन्दुमा राखी राष्ट्रिय उर्जा सुरक्षा नीति तर्जुमा गर्ने । सवै सरोकारवालासंग परामर्श गरी एकिकृत राष्ट्रिय जलश्रोत नीति तयार गर्ने ।
३६. निर्माणधीन आयोजनाहरुको कार्यप्रगति एवं गुणस्तर जांच गर्न र समस्याको पहिचान गरी व्यवस्थापनलाई रिपोर्ट गर्न विशेषज्ञहरु सहितको एक अनुगमन, निरिक्षण एवं समस्या पहिचान कमिटी गठन गरी आयोजना स्थलहरुमा खटाउने ।
३७ .उर्जा उत्पादनलाई प्रभावकारी वनाई औद्योगिक विकास गर्ने उद्देश्य सहित ५००० भन्दा माथि रोजगारी सृजना गर्न खोलिने उद्योगहरुलाई निश्चित दर रेटमा २४ सै घण्टा उर्जा आपूर्ति गर्ने सम्झौता गर्ने 

नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहकारीको भूमिका

पृष्ठभूमि
इतिहासका पानाहरू पल्टाउँदा समाजका विभिन्न क्षेत्र र पक्षमा देखिएका समस्याहरूमध्ये प्रायः ठूलोबाट होइन, सानैबाट झाङ्गिएर क्रमशः विशाल भएका देखिन्छन् । चाहे राष्ट्रिय समस्या वा सामाजिक/सामूहिक तथा पारिवारिक समस्या नै किन नहोऊन्- तिनको जड प्रायः सानोबाट सुरु भई क्रमशः विशाल रूप लिँदै ध्वंस-विध्वंसको स्थितिसम्म पुग्ने गरेका देखिन्छन् । यसरी समस्याले सानोबाट पदार्पण गरेर ठूलो रूप लिँदै धेरै किसिमका गम्भीर क्षतिहरू व्यहोर्नु परेको छ । इतिहासका यस्ता थुप्रै घटनाक्रमहरू नेपाली जनतामाझ ताजै छन् ।
सामान्यतः सहकारी शव्दले सहकार्य (सह+कार्य ) भन्ने कुरालाई सम्बोधन गर्दछ । अर्को शब्दमा भन्नुपर्दा मिलेर काम गर्नु नै सहकारी हो भन्ने बुझिन्छ । यसमा खास गरेर समान उद्देश्य, पेशा, व्यवसाय र वर्गका मानिसहरू सँगसँगै मिलरे आफ्नो आर्थिक तथा सामाजिक विकास गर्ने गर्दछन् । सहकारीका वारेमा समाजशास्त्री एवं अर्थशास्त्रीहरूको मतलाई समेटेर अन्तर्राष्ट्रिय सहकारी महासंघले बेलायतको मेनचेष्टरमा सन् १९९५ को सेप्टेम्वर महिनामा भएको महासभाबाट यसरी चिनाएको छ- ‘सहकारी त्यस्ता व्यक्तिहरूको स्वायत्त संगठन हो जो स्वेच्छिक रूपमा एकजुट भई आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकांक्षाहरूको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रूपमा नियन्त्रित व्यवसाय मार्फत गर्न चाहन्छन् ।’ नेपालको परिप्रेक्ष्यमा हेर्दा परम्परागत रूपमा गुठी, धर्मभकारी, पर्मजस्ता कार्यहरूबाट सहकारी भावना जन्मेको पाइन्छ । एकले अर्कालाई सहयोग गर्दा काम गर्न, गराउन सहज हुने र सामाजिक सद्भाव पनि कायम हुने भएको यसे दिनानुदिन लोकप्रियता कमाउँदै गएको देखिन्छ ।
मूलतः वि.सं. २०१० सालमा सहकारी विभागको स्थापना भएपछि नेपालमा सहकारीको विकासको आधिकारिक सुरूआत भएको हो । वि.सं. २०१३ साल चैत्र २० गते चितवन जिल्लाको राप्ती दूनमा बाढी पीडित जनताहरूलाई राहत पुर्याउने उद्देश्यले ऋण सहकारी संस्थाको स्थापना हुनु नै सहकारी क्षेत्रको पहिलो सोपान थियो । वि.सं. २०१६ सालमा पहिलो पटक सहकारी संस्था ऐन लागू भएपछि सहकारी क्षेत्रले कानुनी मान्यता प्राप्त गरेको होे । यसकै क्रमिक विकासस्वरूप वि. सं. २०४१ सालमा साझा संस्था ऐन लागू भयो । विकासकै क्रममा सरकारद्वारा विभिन्न स्थानमा कृषि सहकारी संस्थाहरूको स्थापना भई कृषि सामग्रीहरू सुपथ मूल्यमा उपलव्ध गराई कृषकहरूलाई सेवा पुर्याउने कार्य हुन थाले पछि सहकारीले व्यापकता पाएको हो ।
सुरूआतका दिनहरूमा सहकारी संस्थाहरू नियन्त्रित र निर्देशित रूपमा सञ्चालित भएको पाइन्छ । त्यसैले यस क्षेत्रले भनेजस्तो सफलता पाउन सकेन । प्रजातन्त्रको पुर्नवाहली सँगै अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसात् गरी सहकारी ऐन २०४८ लागू भयो । त्यस ऐनमा “देशका कृषक, कालीगढ, कम पुँजीवाल र निम्न आयवर्ग, श्रमिक भूमिहिन तथा वेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासका लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी संघ संस्थाहरूको गठन र संचालन गर्न सक्ने छन्” भनी उल्लेख गरिएको पाइएबाट पनि नेपालमा सहकारीको आवश्यकतालाई सरकारी निकायले उच्च मूल्याङ्कन गरेको बुझिन्छ । सोही सहकारी ऐनको मर्मअनुसार बनेको सहकारी नियमावली २०४९ लागू भएपछि भने सहकारी संघ-संस्थाहरूले निर्वाध कार्य सञ्चालन गर्न सकेको भेटिन्छ ।
नेपालमा सहकारिताको विकास धेरै पछि भए पनि यसलाई मानव सभ्यताको विकाससँगै विकसित भएको मान्ने आधारहरू धेरै छन् । सर्वप्रथम सहकारीको जन्म सन् १८४४ मा वेलायतको रोचडेल भन्ने शहरमा २८ जना कपडा बुन्ने मजदूरहरूबाट भएको मानिन्छ । उनीहरूले ‘रोचडेल समतामूलक अग्रणी संस्था’ नामक उपभोक्ता सहकारी भण्डार खोलेर यसको सुरूआत गरेको प्रमाण पाइन्छ । त्यहाँ तिनीहरू एक आपसमा मिलेर सहकारी भावना अनुरूप काम गर्दथे । यस संस्थाले आफ्ना सदस्यहरूलाई निकै सहयोग पुर्याएको पाएर प्रभावित भई अरू संस्थाहरू पनि विस्तारै स्थापना हुँदै गए । यसरी पछि विस्तारै संसारभर सहकारीको विकास र विस्तार हुन पुगेको देखिन्छ । सन् १८६६ मा डेनमार्कमा उपभोक्ता भण्डार सञ्चालन गरेर सहकारीको सुरूआत भयो । त्यहाँ पछि गएर दुग्ध सहकारीको सङ्गठनको समेत विकास भयो । सन् १८६९ मा भने कृषि सहकारी संस्थाको विकास गरी सहकारी अभियानलाई द्रुतत्तर गतिमा अगाडि बढाएको देखिन्छ । दुग्ध सहकारीको क्षेत्रमा डेनमार्कले अग्रणी भूमिका खेल्दै आएको छ । सामूहिक खेतीको परिकल्पनाबाट सन् १९१० मा इजरायलमा इजरायली सहकारी आन्दोलन भयो । अझै पनि इजरायली सहकारी अभियानलाई विश्वको नमूना सहकारीको रूपमा लिने गरिन्छ । १९ आंै शताब्दीको मध्यतिर जर्मनीमा ऋण सहकारी संस्थाको स्थापना भई ऋण सहकारीको क्षेत्रमा जर्मनी अग्रस्थानमा रहेको बुझिन्छ । छिमेकी मुलुक भारतमा भने सन् १९०४ मा ऋण सहकारी, चीनमा सन् १९१२ मा कृषि सहकारी र जापानमा सन् १८७९ मा उपभोक्ता सहकारी खोलेर सहकारीको आधिकारिक रूपमा प्रारम्भ भएको हो ।
आर्थिक रूपान्तरणमा सहकारी
प्रत्यक्ष-परोक्षरूपमा नेपालको आर्थिक विकासमा सहकारीको देन प्रारम्भकालदेखि नै छ । जब मानिस व्यवस्थित साथ बसोबास गर्न थाले, त्यस बेलादेखि नै सहकार्यको भावना जन्मेको पाइन्छ । ‘एकले थुकी सुकी सयले थुकी नदी’ भन्ने आहान पनि सहकारीबाटै जन्मेको हो । सहकारी ऐन २०४८ ले सहकारिताका सर्वमान्य सिद्धान्तअनुसार प्रजातान्त्रिक मूल्य र मान्यतालाई अङ्गालेको छ । यसले समानता, सामाजिक न्याय र आर्थिक विकासको साधनको रूपमा सबै वर्ग र त्यसमा पनि खास गरी कृषक, कालीगढ र विपन्न वर्गका व्यक्तिहरूले आफ्नै इच्छाअनुसार सहकारी संस्था गठन गर्न सक्ने र नचाहिंदो किसिमको कुनै पनि बाहिरी हस्तक्षेपविना सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । यसबाट पनि आर्थिक हैसियत बनाउन समूहमा मिलेर काम गर्न सरकारी तवरबाट नै राहत र प्रोत्साहन दिएको देखिन्छ ।
अहिलेसम्म नेपालमा राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लि., नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि., नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि., विभिन्न जिल्लास्थित सहकारी संघहरू (बचत, उपभोक्ता, दुग्ध आदि), बहुउद्देश्यीय सहकारी संस्था, बचत तथा ऋण सहकारी संस्था, दुग्ध उत्पादक सहकारी संस्था, उपभोक्ता सहकारी संस्थाजस्ता विविध प्रकृतिका सहकारी संस्था क्रियाशील छन् । यी सबै संघसस्थाहरू सहकारी सदस्यहरूका लागि सर्वसुलभरूपमा सेवा प्रदान गर्ने तथा वस्तु उत्पादन गरी उपलव्ध गराउने काममा सक्रिय रहनुले पनि आर्थिक रूपान्तरणमा ठोस काम भइरहेको अनुभूत हुन्छ ।
नेपालको समस्या भनेको शिक्षित, अर्धशिक्षित र अशिक्षित बेरोजगारी जनसङ्ख्या अत्यधिक हुनु, देशमा उत्पादित वस्तु तथा सेवाको उपभोगकर्ताको कमी रहनु, श्रमिकहरूले उचित पारिश्रमिक नपाउनु, आर्थिक आम्दानी हुने क्षेत्रमा समेत पुँजी लगानी गर्ने सामर्थ्य भएका ठूला लगानी कर्ताको कमी रहनु मुख्य कोटिमा पर्दछन् । यस किसिमका समस्याहरू हटाई आर्थिकरूपले सक्षम बनाउने काममा समेत सहकारीको योगदान गर्वशाली छ ।
बेरोजगार जनशक्ति नै सहकारी क्षेत्रमा रहन्छन्, आफू स्वयम्ले प्रदान गर्ने सेवा वा उत्पादन गरेका वस्तुहरूको असली उपभोक्ता स्वयम् हुन्छन् । फेरि, एक्लै नभएर सहकार्य गरी संयुक्त पुँजी लगानी गरिने हुनाले कुनै एक/दुई जनालाई आर्थिक भार पर्दैन । यस प्रकार उस्तै साना पुँजी लगानीकर्ताहरू सहकारीका माध्यमबाट विस्तारै विस्तारै आर्थिक रूपान्तरणको दिशातर्फ केन्द्रित हुने गर्दछन् ।
सामाजिक रूपान्तरणमा सहकारी
सबै प्रकृतिका सहकारी संस्थामा कम्तीमा २५ जना सदस्य हुनु पर्ने व्यवस्थाबाट सामाजिक रूपान्तरणको आभाष पाइन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघद्वारा पारित सिद्धान्तको आधारमा नेपालका सहकारी संस्थाहरू गठन हुने गर्दछन् । यसको मूल्य मान्यता प्रजातान्त्रिक ढङ्गको छ । सहकारीका सदस्यहरूको हैसियत समान रहने हुँदा पनि सहकार्य गर्न सहज अनुभूत हुन्छ । त्यहाँ जात-भात, छुवाछुत, धनी-गरिव केहीको पनि भेदभाव हुन्न । सहकारी संघ/संस्थामा व्यक्ति वा संघ/संस्था अथवा निकाय कस-कसले सदस्यता पाउन सक्छन् र कस्तो परिस्थितिमा कस-कसलाई सदस्यता दिइँदैन, त्यसको वारेमा प्रष्ट रूपमा उल्लेख भएको हुनाले नीति बाहिर कसैले जान समेत सक्दैनन् । संस्थाका मालिक एकै नासे हुनाले पनि एकले अर्काको कदर गर्ने भावनाको विकास प्रबल रूपमा हुन्छ । प्रेमविना मानिसको जीवन अधुरो हुन्छ । अपुरोलाई पूर्णता दिन प्रेमको हात हुन्छ । प्रेमपूर्ण वातावरणमा सहकारी क्षेत्रमा काम गर्ने वातावरण हुन्छ । सहकारीले जिउने कला सिकाउँछ । प्रेम नै जगत्को सार हो । सहकारीले प्रेम सिकाउँछ, सद्भाव फैलाउँछ । आफैँ मालिक र प्रायः मालिक नै श्रमिक/कर्मचारी रहने भएकोले सहकारीले सामाजिक रूपान्तरणमा महत्वपूर्ण स्थान राख्दछ ।
निष्कर्ष
सरकारले सहकारीको विकासको लागि विभिन्न कार्य गर्दै आएको छ । सहकारी ऐन-नियमको तर्जमा गर्नका अतिरिक्त कृषि मन्त्रालयको नाम परिवर्तन गरी कृषि तथा सहकारी मन्त्रालय राखिनु र सहकारीको प्रवर्द्धनको लागि सहकारी विभाग र सहकारी विकास वोर्डको स्थापना तथा सञ्चालन गरिनुले पनि सरकारको उदारता देखिन्छ । सरकारका विभिन्न योजनाहरूमा सहकारीको प्रवर्द्धन कार्यक्रमहरू समावेश गरिएको छ । देशको कृषि क्षेत्रका साथै सहकारी क्षेत्रलाई सेवा पुर्याउने उद्देश्य लिएर कृषि नीति २०६१ पनि जारी भइसकेको छ । सरकार सहकारीमा आधारित उद्योग एवं व्यवसायलाई प्राथमिकता दिई बजार-सूचना प्रणालीको विकास, विस्तार र प्रवाह गर्ने कार्यमा क्रियाशील रहँदै आएको छ । निजी एवम् सहकारी क्षेत्रले स्थानीय निकायसँग साझेदारी गरी स्थानीय स्तरमा रहेको स-साना पुँजी र अन्य स्रोतको परिचालन तथा प्रवर्द्धनबाट दोहोरो लाभ लिन सक्ने अवस्था आउँछ । ‘गाउँगाउँमा सहकारी घरघरमा रोजगारी’ नाराका साथ सरकारले सहकारीको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याइरहेको पाइन्छ । सहकारी ऐन २०४८ लागू भएपछि कृषि क्षेत्रको मात्र होइन विभिन्न प्रकृतिका सहकारी संस्थाहरू गठन गर्ने होडबाजी नै चलेको पाइन्छ । कतिपय बचत तथा ऋण सहकारी संस्थाहरूले सहकारी ऐन र नियमको मर्म र भावना प्रतिकूल काम गर्नाले समग्र सहकारीतामा नै जनविश्वास धुमिल हुन पुग्यो । यस खाले विकृति निदानका लागि सहकारी ऐन २०४८ मा संशोधन गरी आफ्ना शेयर सदस्य वाहेक अरूसँग आर्थिक कारोवार गर्न नपाइने व्यवस्था भयो । त्यसपछि भने सर्वसाधरणको सेवा र पुँजीको सुरक्षा हुने र लाभांश प्राप्त हुने कुरामा मनग्यै सुधार हुँदै आएको छ । सहकारी सदस्यहरूले आफ्नो क्षेत्रमा आवश्यकता देखे अनुसार खोलिएका कलकारखाना, घरेलु उद्योग, वितीय संस्थाहरू क्रमशः सवल र सक्षम बन्दै गइरहेका देखिन्छन् ।
अभितकुमार चौधरी
शिक्षक,
श्री सुदनवती देवीलाल फूलमन्ती जनता माध्यमिक विद्यालय, सीतापुर-भुर्की-१, सप्तरी ।
मो.नं. ९८०४७१७८५८
बी.ए., बी.एड., एल.एल.बी, एम.एड.
स्थायी ठेगाना- सीतापुर-१, सप्तरी
(सप्तरीका पत्रपत्रिकामा धेरै तर राष्ट्रियस्तरकामा एकाध साहित्यिक, भाषिक तथा समसामयिक लेख/रचना प्रकाशित ! )

धादिङ जिल्ला स्वयंमा अनगिन्ती संभावना

कृष्णहरि बाँस्कोटा February 19, 2016 राजधानीसँग जोडिएको धादिङ जिल्ला स्वयंमा अनगिन्ती संभावनासहित तिव्र विकासको पर्खाईमा छ । काठमाण्डौं प्रवेश गर्ने मुलनाकासँग यही जिल्लालाई चिरेर आउँछ । पुर्व–पश्चिम राजमार्गबाट नारायणगढ–मुग्लिन–नागढुंगा हुँदै दैनिक करिब ५–७ हजार सवारी साधन यहीँबाट काठमाण्डौं प्रवेश गर्छन् । यस सन्दर्भमा पृथ्वी राजमार्गको अधिकांश भाग धादिङमा पर्छ । त्रिभुवन राजपथबाट काठमाण्डौंभित्र प्रवेश गर्दा पनि धादिङ हुँदै भित्रनु र बाहिरिनुपर्ने अवस्था छ । यसरी मुलुकको राजधानी सहर काठमाण्डौंको लाईफ लाईन सँग नङ मासुको सम्बन्ध राख्ने धादिङ जिल्लाको विकासका संभावना केलाउने प्रयास गरिएको छ । बुढीगण्डकी जलविद्युत् आयोजना धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने बुढिगण्डकी नदिबाट जलविद्युत् उत्पादन गर्ने विषयमा एउटा अन्तराष्ट्रिय स्तरको फे्रच कम्पनिले सम्भाव्यता अध्ययन गरिरहेको छ । उक्त कम्पनिले फिजिविलिटी स्टडी रिपोर्ट र विलिङ डकुमेन्ट समेत तयार गरिदिने छ । करिब २८–३० महिनामा सम्पुर्ण काम सम्पन्न गर्ने जिम्मेवारी पाएको यस परामर्शदाताले संभवतः जलाशययुक्त यस आयोजनाको प्ररम्भिक नितिअनुशार कमाई १२ सय मेगावाट सम्म विद्युत् उत्पादन गर्न सकिन्छ । कृष्णहरि बाँस्कोटा यसपछि पावरहाउसबाट निस्कने पानीलाई सिंचाई लगाएतको काममा उपयोग गर्न सकिने छ । जलाशयुक्त जलविद्युत् आयोजना निर्माण गर्न बाँधको उचाई अनुशार ढुवान क्षेत्रको लम्बाई घटी – बढी हुन सक्दछ । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो । यस आयोजनाबाट उत्पादित विद्युत् धादिङमा खपत पछि काठमाण्डौं, चितवन र कास्कि जस्ता विद्युत् बढि खपत गर्ने ठाउँमा पुग्नेछ । यी सबै स्थान पावरहाउस रहने स्थानबाट ७०–८० किमीको दुरिमा छन् । जसको कारण प्राविधिक चुहावट कमी हुनेछ । यो आयोजना नेपालकै सर्वाधिक ठुलो जलविद्युत् आयोजना हो । यसको जलाशयुक्त क्षेत्र फेवातालभन्दा करिब बीस दोब्बर ठुलो हुनेछ । जसमा नौका विहार गर्नेदेखी अनेकै पर्यटन प्रवद्र्धनको काम हुनेछ । जलाशयभन्दा माथिको भागमा नमुनाको बस्ति हुनेछ । काठमाण्डौं जोड्ने चौथो आकारको फाष्टट्याक बनेपछि काठमाण्डौं र पावर हाउसको दुृरी करिब एक घण्टाको मात्र हुनेछ । यस आयोजनामा नेपाल सरकारले बर्षेनि २५ देखि ४० अर्ब रुपियाँ फ्रिज नहुने गरि लगानि गर्ने हो भने ८–१० बर्षमा सरकारी लगानिमा नै तयार हुनेछ । यस आयोजनाको निर्माणसँगै पचहत्तरै जिल्लामध्ये सवार्धिक विद्युत् रोयल्टि पाउने जिल्लाको श्रेय धादिङको हुनेछ र यस जिल्लाको मुलुकलाई औद्योगिककरणमा रुपान्तरण गर्न मद्धत पु¥याउनुका साथै लोडसेडिङको अँध्यारोबाट जनतालाई उज्यालो दिने पवित्र कामको श्रेय हाँसिल गर्ने छ । त्रिशुली नदिमा ¥याफ्टिङ हव निर्माण विभिन्न सहासिक खेलमा नेपालको विश्वव्यापी प्रसिद्धि पाउँदै गएको छ । प्याराग्याइडिङ, रक क्ल्याइमिङ, बन्जी जम्पिङजस्ता साहसिक खेल नेपालमा विकास भएको छ । यी मध्ये पहिलो नम्बरमा ¥याफ्टिङ रहेको छ । यसमा पनि धादिङमा पर्ने त्रिशुली नदिको खण्डमा सञ्चालित ¥याफ्टिङ नेपालकै सर्वश्रेष्ठ मानिन्छ । यसर्थ त्रिशुली नदिको दायाँ–बायाँ दुबै किनारामा विश्वनिय, सुरक्षित र अत्याधिक आनन्द दिने ¥याफ्टिङसँगै रिसोर्ट र अन्य पर्यटन प्रवद्र्धनका कार्यक्रम संञ्चालन गर्ने काममा पछाडि पर्नु हुँदैन । यसरि ¥याफ्टिङ उद्योगसँग खुल्ने रिसोर्टमा स्थानिय भेषभुसा र संस्कृतिको प्रवद्र्धन गर्न जरुरी छ । यस अतिरिक्त ती रिसोर्ट स्थानिय उत्पादनबाटै चल्नु पर्छ । नदीको वरिपरीका बस्तिमा रहेका युवाहरुलाई गाईड तालिम दिनु पर्छ । यस नदिको ¥याफ्टिङसँग धादिङलाई पर्यटन उधोगमा विकास गर्दा यो जिल्ला काठमाण्डौ र पोखरा उपत्यका तथा चितवन र लुम्विनी सहरमा पुग्ने कुरामा ढुक्क हुन सकिन्छ । केवल यस क्षेत्रमा रहेका स्थानिय बासिन्दा र लगानिकर्तामा आत्मविश्वास र इच्छाशक्तिको मात्रै खाँचो पर्दछ । अन्तराष्ट्रियस्तरको खेलकुद मैदानको निर्माण नेपालले, क्रिकेट, तेकेन्दो, उसु, वक्सिङलगाएत खेलमा क्रमशः उत्सुकता हाँसिल गदै गएको छ । अन्य खेल फुटबल, भलिबल, टेबुलटेनिस, ब्याडमिन्टन,दौड लगायतमा पनि राम्रो गर्दैछ । काठमाण्डौं स्थित दशरथ रंगशाला निकै सानो भईसकेको छ । काठमाण्डौं भित्र रंगशाला बनाउन दुई कारणले असुविधाजनक छ । पहिलो उपयुक्त जमिन फेला पार्न गाह्रो छ । दोस्रो काठमाण्डौंको बढ्दो जनघनत्वको कारण यस्ता अन्तराष्ट्रियस्तरका खेल मैदान राजधानि बाहिर निर्माण हुनुपर्ने दबाब बढिरहेको छ । यहि प्रशंगमा राजधानि सहरबाट धेरै टाढा अन्तराष्ट्रिय खेल मैदान निर्माण गर्दा यातायाको असुबिधा पुग्ने पनि महसुस गरिएको छ । यस स्थितीमा धादिङका कयौं मैदान प्राकृतिक रुपमा ५० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्न योग्य छन् । साथै त्यसको वरिपरि होटल, सहर बजार निर्माण गर्न पुग्ने टार, फाँट र उपयुक्त जमिन उपलव्ध छ । यसको संभाव्यता अध्ययन गरि आम देशबासिको ध्यानाकर्षण गर्न धादिङ पछाडि पर्नु हुदैन । जुन स्थानमा यस्तो अन्तराष्ट्रिय रंगशाला निर्माण हुन्छ त्यहाँबाट काठमाण्डौं जोड्ने टनेल मार्ग सहितको द्रुतमार्ग निर्माण गर्दा काठमाण्डौंबाट आवत जावत गर्न सकिने हुन्छ । यस्तो रंगशालाको नर्माणले अन्तराष्ट्रिय जगत्मा नै स्थापित हुनेछ । अर्गानिक खेतिको केन्द्रविन्दु धदिङ जिल्ला सिजनअनुशारको हरियो तरकारी उत्पाद गर्ने भण्दारका रुपमा परिचित छ । यसैगरि यहाँको ग्यामरा उखु र रेशाबिहिन अदुवाले विशेष प्रसिद्धि पाएका छन् । क्रमशः यस जिल्लामा पोल्टि र डेरी फर्मले पनि व्यवसायिक रुप धारण गर्दै छन् । जिल्लाको भौगोलिक स्थिति, हावापानि, जमिनको स्थिति, पानिको उपलव्धता लगाएतले यस जिल्लालाई मुलुककै पहिलो र नमुना अर्गानिक खेति जिल्ला घोषणा गर्न जिल्लावासि लागि पर्नुपर्छ । रासायनिक मलको प्रयोबाट उत्पादन गरिएको वस्तु र प्रांगरिक मल प्रयोग गरि उत्पादन गरिएको वस्तुबिच मुल्यको फरक प्राप्त गर्न सकिन्छ । मानव अंगमा हानि नपु¥याउने उत्पाद गर्नु हामि सबैको कर्तव्य पनि हो । हरियो तरकिारीमा किरा लागेमा रासायनिक विषादी प्रयोग नगरि जौविक विषदी हाल्न सकिन्छ । यसर्थ पहिलो चरणमा, कृषि विकास मन्त्रालयले यस जिल्लाको पुरै भागमा आईपीएम पद्धति लागु गर्नु पर्दछ । यसबाट किसान उत्प्रेरित र जागरुक हुन मद्धत पुग्दछ । दोस्रो चरणमा, जिल्लामा नमुना र मुलुककै सबैभन्दा ठुलो प्रांगरिक मल कारखाना स्थापना गर्नुपर्दछ । यसरि खेतिमा प्रांगरिक पद्धति अवलम्बन भएपछि सोहिअनुशार चयन क्षेत्रमा मासु जन्य खसी, बोका, राँगा, बुंगुर लगाएत व्यावसायिक फर्म सञ्चालन गर्नुपर्छ । साना किसान बैंक लगाएतले यसको थालनि पनि गरिसकेका छन् । त्रिशुलि नदिको माथिल्लो भागमा ट्राउट माछा उत्पादन भईरहेकाले धादिङमा पनि सोहि नदिको चिसो पानिमा ट्राउट पालन गर्न सकिन्छ । कागति, सुन्तला, आँप, मेवा, अम्बा, ऐंसेलु, नास्पाति लगाएत फलफुलका लागि नमुना फर्मको रुपमा विकास गर्न सकिन्छ । राजधानिबाट सजिलै भ्रमण गर्न सकिने विकसित कन्ट्रि साइटका रुपमा धादिङलाई विकास गरि मुलुकको प्रतिष्ठा माथि उठाउनु पर्छ । यसमा सम्पुर्ण धादिङे किसान एकै ठाउँमा भेला भई अर्गानिक खेति गर्न सामुहिक घाषणा गर्नु पर्छ । पोलिटेक्निकल र सहकारी तालिम केन्द्र स्थापना नेपालमा व्यावसायिक खेतिको शिक्षाको कमीको कारण आत्मनिर्भर हुन र स्वरोजगारीमा पुग्नेको संख्या कम छ । जसका कारण बाह्य रोजगारिमा दौडिने प्रवृति हावि छ । सबै कुरा काठमाण्डौंमा गर्न संभव हुने पनि भएन । धादिङमा केही गर्दा काठमाण्डौंबाट टाढा हुने पनि भएन । यसलाई एक प्रकारले वैकल्पित राजधानिका रुपमा विकास गर्नु सबैका लागि श्रेयस्कर छ । यसर्थ सरकाले धादिङमा एउटा पोलिटेक्निक इन्स्टिच्युट खोल्ने घोषणा गरेको थियो । साउदि अरेबियाको एग्जिम बैंकले यस्तो केन्द्र खोल्न सघाउने प्रतिवद्र्धता जनाएको पनि हो । यस अतिरिक्त अन्य निकाय र देशबाट पनि सहयोग लिन सकिन्छ । यसर्थ नेपालमै एउटा नमुनाको मेगा प्रोजेक्ट स्वरुप सबै विधाको अध्ययन र तालिम दिने गरी आवासिय पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नुपर्छ । प्रत्यक बर्ष करिब एक लाख जनसक्ति उत्पादन गर्ने यसको क्षमता हुनुपर्छ । पहिलो चरणमा करिब २५ हजार विद्यार्थिलाई छात्राबासमै राख्ने योजना बनाउनु पर्छ । यसले एक प्रकारले नेपालमा प्राविधिक विषयको छुट्टै विश्वविधालय भएन भन्ने पुर्ति गर्नेछ र कालान्तरमा यसैलाई स्तरोन्नति गरी विश्वविद्यालयमा रुपान्तरित गर्नु पर्छ । विकासका यस्ता अनगिन्ति संभावना छन् । धादिङको विकासका लागि पहिलो चरणमा यही जन्मिएका र नेपालमै बसोबास गर्नेले पहल नगरे कसले गर्ला ? त्यसपछि आम देशबासिको सहयोग प्राप्त हुने नै छ । यसर्थ सकारात्मक सोच र विशेष महत्वकांक्षा साथ हामी सबै जिल्लाको विकासमा लागि पर्नुपर्छ भन्ने आह्वान गर्छु । वास्तबमा उदेश्य के लिनु उडि छुनु चन्द्र एक भने झै ईच्छा शक्ति सहित अगाडि बढेमा धादिङलाई मुलुकमै विकसित र नमुना जिल्ला बनाउन लामो समय कुर्नु पर्दैन । यसै सन्दर्भमा धादिङ नेपालभरिका किसानका लागि निकै पायक पर्ने जिल्ला भएकाले करिब १२–१५ हजार कृषिसँग सम्बन्धित सहकारीको तालिम केन्द्र, नमुना उत्पादन, मोडेल फार्मसहितको भव्य पुर्वाधार र नमुना स्वरुप कोल्डस्टोर निर्माण गर्ने प्रस्तावलाई सबैले मिलेर अगाडि बढाउनुपर्छ । यसबाट संकलित हरियो तरकारी, फलफुल,मासुलगायत भण्डारण धादिङमा हुनेछ । र बढि खपत काठमाण्डौं, पोखरा र नारायणघाटमा ढुवानि गर्न सहजता पुग्नेछ । सेवा उद्योगको स्थापना नेपालभरी खपतको मोटामोटी एक तृतीयांश काठमाण्डौंमै छ । कयौं वस्तुको खपत त ४० प्रतिशतसम्म छ । यसर्थ काठमाण्डौंको कचौरा आकारको भौगोलिक कारणले पनि यहाँ सेवा उद्योग राख्न हुँदैन । यसर्थ एलपि ग्यासका बोटलिङ प्लान्टहरु धादिङमा खोल्ने होड नै चलिरहेको छ । विविध सम्भावना १. धादिङ जिल्ला उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत देखि दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको नेपालकै एकमात्र जिल्ला हो । यसर्थ, काठमाण्डौंसँग जोडिएको यस जिल्लामा नयाँ पदमार्गको विकास गर्न सके विश्वभरिका पर्यटकले एकैपटक राजधानि सहर, ग्रामिण वस्ति र हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्यको रसपादन गर्न सक्ने थिए । २. कुल १९२५ वर्ग किमि क्षेत्रफलमा फैलिएको यस जिल्लामा १७११ मि. उचाईको पाविला हिम श्रृखलादेखि प्रसिद्ध गणेश हिमाल लगाएत थुप्रै पर्यटकिय गन्तव्य रहेकाले तिनको विकाश गर्न सके आन्तरिक पर्यटन उद्योगमै एउटा नयाँ सन्देश प्रवाह हुने थियो । ३. काठमाण्डौसँग ६८ जिल्ला जोड्ने राजमामर्ग यसै जिल्लामा रहेको छ । जिल्ला विविध खाद्य उत्पादनमा आत्मनिर्भर रहेकाले यहाँँ व्यापक रुपमा होटल व्यवसाय संञ्चालन गरि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । धादिङ भित्र विविध सांस्कृतिक र उत्पादन रहेकाले ठाउँठाउँमा कोसेलि घर स्थापना गरि जिल्लाको विशिष्ट उत्पादन नेपालभरि पु¥याउन सकिने प्रसस्त संम्भावना छ । ४. काठमाण्डौं–नागढुंगा–नौविसे सडकको वैकल्पिक राजमार्ग बन्नु पर्ने जरुरतालाई कसैले नकार्न सक्दैन । यसर्थ काठमाण्डौं–सितापाईला–धार्के वैकल्पिक सडक अविलम्ब निर्माण गरि काठमाण्डौं र धादिङ बिचको सम्पर्कलाई सहज तुल्याउनु पर्छ । ५. काठमाण्डौंको थानकोटमा रहेको नेपाल आयल निगमको डिपो आसपासबाट टायलघर आसपाससम्मको नेपालमै पहिलो र नमुना सुरुङमार्ग निर्माण गर्ने गरी प्ररम्भिक सर्भे भईरहेकाले तुरुन्त सर्वे गर्नुपर्छ । यसबाट हालको करिब ९ किमि सडकको सट्टा साँढे दुई किमिले पुग्नेछ । यसबाट नेपालमा सुरुङमार्ग हुने पहिलो जिल्लाको श्रेय पनि धादिङलाई प्राप्त हुनेछ । यसै क्रममा काठमाण्डौं उपत्यका भित्र रहेका उद्योगलाई पनि एक दुई बर्षको समय दिएर स्थानान्तरण गर्न सुसुचित गर्नुपर्छ । यसैगरि मासु जन्य राँगा, च्याङ्ग्रा, बोका, खसि, बुंगुरलगायत र पंक्षीतर्फ कुुखुरा लगाएत व्यवस्थित बधशाला र प्याकेजिङ उद्योग संञ्चालनमा ल्याउनु आवश्यक भईसकेको छ । लामो समयको प्रयास पछि काठमाण्डौंमा बधशाला खुल्न नसकेकाले यस्ता उद्योग धादिङमा राख्नु उपयुक्त हुनेछ । यस्ता कार्यका लागि निश्चित स्थान तोकि त्यहाँको वातावरणिय पक्षमा राज्यको लगानि हुन जरुरि छ । अर्को कुरा कृषि उत्पादन हुने र संकलन पनि गरिने हुँदा बजारमा माग नभएका बेला प्रोसेसिङ गर्ने उद्योग पनि स्थापना गर्न जरुरी छ यसमा गोलभेंडाको केचअप उद्योग, फर्सी, स्कुसलगाएतको जाम उद्योग, अदुवाको पाउडर बनाउने उद्योग, हरिया तरकारी प्रयोग गरि अचार बनाउने उद्योग लगाएत स्थापना गर्न सकिन्छ । यस्तो उद्यमशिलताले धादिङलाई क्रमशः औद्योगिकरणको बाटोमा डो¥याउने छ । यसै सन्दर्भमा एउटा हस्तकला ग्राम स्थापना गर्ने, ड्राईपोर्ट स्थापना र काठमाण्डौंमा उतपादन नहुने वस्तुको स्टोर गर्न भण्डारण संञ्चालनमा ल्याउन पहल गर्नु पर्छ । साभार: प्रेस चौतारी धादिङ

युवा नेतृत्व विकास, परिचालन र स्वंयसेवा ( युवा सम्मेलनमा प्रस्तुत कार्यपत्र )

योगेन्द्र शाही
युवा परिचालन, सहभागिता र नेतृत्व विकासको केन्द्रीय प्रश्नः
युवा नीति २०१० र परिमार्जित युवा नीति २०१५ले निर्देश गरे अीनुरुप युथ भिजन २०२५ ले नेपालका युवालाई सवल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै उनीहरुको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकास मार्फत् आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण भएको हुने भन्ने सोच तय गरेको छ । युवा परिचालन, सहभागिता र नेतृत्व विकासनेपालको युवा विकासको पाँच खम्बे रणनीतिको तेश्रो महत्वपूर्ण केन्द्रिय खम्बा हो । युथ भिजन २०२५ र युवा नीतिको कार्ययोजना कार्यन्वयमा पनि पाँच औले रणनीति तय गर्दा परिचालन, सहभागिता र नेतृत्व विकासलाईयुवाको कोर कार्यक्रमका रुपमा ध्यान दिनु पर्ने उल्लेख गरेको छ । युथ चिजनले तय गरेका २५ बुँदे प्राथमिकताका धेरै बुँदाहरुले परिचालन, सहभागिता र नेतृत्व विकासलाई नै जोड दिएको छ ।
माथि उल्लेखित पाँच खम्बालाई एउट युवा युवाको शरिरसँग तुलना गर्दा हामी यस्तो परिचित्र निर्माण गर्न सक्दछौं । गुणस्तरिय शिक्षा एउटा सक्षम युवाको लागि मस्तिष्क हो । स्वास्थ्य र सामाजिक सुरक्षा उसको मुटु, स्वास–प्रश्वासको निरन्तता र धाम पानीबाट सुरक्षा गर्ने उसको छाला र लत्ता कपडा हो । उद्यमशीलता र सीप विकास एक युवाका लागि उभिने, हिड्ने र जीविका लागि चलाइने हात खुट्टा हो । यो युवाको आफै बाँच्ने, अरुलाई बचाउने र देशलाई उसले दिने समृद्धिको आधार हो । मनोरञ्जन र खेलकुद युवाको एक सर्विसिङ सेन्टर हो जसले उसको दिमागलाई ताजगी राख्छ, उसको ब्यक्तित्व निर्माण गर्न मद्दत गर्दछ र उसका हात खुट्टा, मुटु र फोक्सोहरुलाई बलियो बनाई राख्छ ।यसबाट एक युवा नेतृत्व, परिचालन र स्वंयसेवाका लागि शारिरीक र मानसिक रुपमा योग्य भईराख्छ । त्यसैले युवा नेतृत्व विकास र परिचालन कुनै भिन्न कुरा होइन बरु युवा विकासका चार पिल्लर र निर्देशक सिद्धान्तहरुको अन्तरक्रियात्मक समुच्चय होे ।
युथ भिजनको सम्पूर्ण कार्यक्रमलाई चार “अ” र चार “स” निर्देशक सिद्धान्तले दिशा प्रदान गरेको छ । यि निर्देशक विचारले हाम्रा युवा अधिकारहरुको चाङ्माथि मात्र बस्न खोज्दैनन् समाजप्रति सधै आफ्नो दायित्वबोध गर्दछन् । वा, यो स्यंमसेवालाई संकृतिका रुपमा विकास गर्ने कुरा हो । उनीहरु के बुझ्दछन् भने युवा र देशको आम समृद्धी हासिल गर्न आर्थिक बृद्धिका लागि फड्को मार्न जति आवश्यक छ विकासलाई दिगो बनाउन शान्ति, स्थायित्व र वातावरण संरक्षण अनिवार्य शर्त हो । यसले हामीलाई दिगो विकासका लक्ष्यहरुसँग जोड्दछ । नयाँ पुस्ताले अनेकता र विविधतालाई पहिचान गरेर नै राष्ट्रिय एकताको बाटो तय गर्दछ अनि भावना र उद्वेग मात्र होइन तत्थ्यबाट सत्य खोजि गर्ने समाज विकासको विधिलाई स्थापित गर्ने सोच राख्दछ । युवा पुस्ताले समानता र न्यायको विगुल फुक्छ । उसले पछाडि परेका दलित, अल्पसंख्यक, जनजाति, मधेशी, महिला, अपांगता भएका र पछाडि परेका वर्ग र जातिलाई विशेष प्राथमिकतामा राखि संरक्षण र संवद्र्धन गर्दै समावेशी र समविकास गर्ने कुरालाईजोड दिन्छ । त्यसरी नै यसले युवा विकासको अन्तरदेशीय, पुस्ता, जातजाती, विभिन्न धर्म संस्कृतिका युवाको सहभागिता र सहकार्यको भावनालाई जोड दिन्छ ।
उपरोक्त मूल्य र मान्यताबाट निर्देशीत युवा सामाजिक आर्थिक रुपान्तरणका लागि फड्को मार्न (क्यअष्यभअयलयmष्अ तबपभ याा० सवल युवा नेतृत्व विकास र परिचालन गर्ने कुरा नै युथ भिजन २०२५ को चुरो कुरा हो ।युथ भिजनले सोचेको फड्को नेपालको धरातलिय यर्थातको सम्भावनाको प्रक्षेपण हो जसले हाम्रो भूअवस्थिति (भूराजनीति) सराप मात्र होइन वरदान पनि हुन सक्छ भन्ने ठान्दछ ।नेपालजहाँ तुलनात्मक र प्रतिष्पर्धी लाभका क्षेत्रहरुविकास हुने अपार सम्भावनाहरु छन् त्यहाँ आर्थिक बृद्धि र फड्को सँगै सामाजिकरणको प्रक्रिया परिपुरक रुपमा अघि बढाउदै आम समृद्धि हासिल हुने प्रयाप्त आधारहरु पनि छन् । समग्रमा,युथ भिजन २०२५ले ध्यान दिन खोजेको कुरा के हो भने आर्थिक स्वतन्त्रता र बृद्धिले कहि कतै सामाजिकरण र समानताको मेरुदण्ड नभाँचोस् भने अर्काेतर्फ जवर्जस्त र भद्धा तरिकाले लादिने सामाजिकरण प्रक्रियाले उत्पादक शक्ति र व्यक्तिगत स्तन्त्रताको हुर्मत लिने काम नगरोस् ।
हाम्रो युवा स्यंमसेवा, सहभागिता, परिचालन र नेतृत्व विकास यही केन्द्रीय सवालबाट निर्देशित भइरहनु पर्दछ ।
क) युवा नेतृत्व विकासः
नेतृत्व विकास कसरी गर्ने र युवा नेतृत्व विकासको माफदण्ड के हो ? के संसदमा या प्रशासनमा या स्थानिय निकायमा युवा नेतृत्वको बलियो उपस्थिति हुनु नै उपयुक्त माफदण्ड हो ?
संसद, स्थानिय निकाय र प्रशासनमा बढि भन्दा युवा संलग्न रहुनु निश्चय नै युवा विकासको राम्रो सुचक भए पनि यो सम्पूर्णता भने होइन । अहिले हाम्रो संसदमा ७ प्रतिशत युवाको सहभागिता छ । युवा नेतृत्वबाट केही मन्त्रि पनि बनेका छन् र कामले प्रतिस्पर्धामा उभ्याएको अवस्था पनि छ ।
२००७ देखि २०१५ सालसम्म नेपालका पार्टी र सरकारको नेतृत्वमा युवा सहभागिता हेर्दा वि.पि. कोइराला, कृष्ण प्रसाद भट्टराई, पुष्पलालाल र मनमोहन अधिकारी आदि राष्ट्रका नेता भइसकेका थिए रउनीहरु युवा समूहकै ओरीपोरी थिए । २०४६ मा नेपाली काग्रेसमा पुराना पुस्ताका नेताहरु नेतृत्वमा हावी थिए । त्यो बेला ५०–६० वर्षका अर्काे पुस्तालाई काग्रेसमा युवा भन्न थालियो । एमालेका पाका नेता मनमोहन अधिकारी र साहना प्रधान लगाएत केही पुराना पुस्ताका नेताहरुको अभिभावकत्व रहे पनि ४० वर्ष ओरीपोरीका प्रभावकारी युवा नेता मदन भण्डारी सहितको नयाँ पुस्ताले पार्टी र संसद हाकिरहेको अवस्था थियो । अझ नेपाल कम्युनिस्ट पार्टी देखि माले संस्थापना गर्ने नेताहरु २० देखि ३० वर्षका युवाहरु थिए । त्यो बेला त राजाहरु पनि युवा नै थिए । तर आन्दोलनमा योगदान गर्न सक्ने, केही क्षमता पनि राख्ने र २ देखि ३ दशक युवा आन्दोलनमा योगदान गरिसकेका युवा आज राजनीतिक पार्टीहरुको बरन्डा सम्म पनि पुग्न भ्याएका छैनन् । नेपालको ३० देखि ५० वर्ष अघिको हाम्रो राज्य र पार्टीहरुमा युवा नेतृत्व स्थापित भएको सन्र्दभमा एक्काईसौं शताब्दिको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका युवालाई पछाडि राखिनु निश्चय नै नेतृत्व विकासको लागि राम्रो कुरा होइन ।
यसमा केही परिस्थितिजन्य कुराहरु पनिहोलान् । जस्तै, माओवादी द्वन्द्वको छोटो अबधिमा माओवादी भित्रै एकखाले युवा नेतृत्व हुर्कियो । नेतृत्वमा जाने तिब्र चाहना माझ कामबाट नेतृत्व स्क्रिनीङ गर्ने विधिहरु नहुँदा सम्मेलन भन्दा ठूलो केन्द्रिय समिति बनाउनु पर्ने बाध्यता त्यसै आइपरेको होइन होला ! त्यस्तै अन्य राजनीतिक पार्टीमा पनि युवा विद्यार्थी आन्दोलनबाट स्थानिय निकाय या राष्ट्रिय संरचनाहरुमा काम गरी परिक्षण हुने मौका नै प्राप्त भएन । स्थानिय निकायमा त झन् ३० वर्षको युवाले स्थानिय निकाय नै देख्न नपाई५० वर्ष पुगिसक्यो । पहिलो स्थानिय चुनावमा १६ वर्ष नपुगि भोट हाल्न नपाएको एक युवा २०७३ मा आई पुग्दा ३६ वर्ष पुग्यो र उसले अझै स्थानिय निकायमा न त नेतृत्वका लागि अघि सर्न मौका पाएको छ न त स्थानिय चुनावमा भोट हाल्न अवसर नै ।
आवधिक चुनाव छिटछिटो भएका युवा तथा विद्यार्थीमा भने नेतृत्व तल तल आइपुगेको छ । लामो अबधिसम्म चुनाव नभएका राजनीतिक युवा विद्यार्थी सँगठनमा भने युवा नै नरहेका नेताहरु बसिरहनु पर्ने अवस्था पनि देखिन पुग्यो । एकातिर चुनावनै नभएर युवा विद्यार्थी आन्दोलनमा लेउ जम्न पुग्यो भने अर्काे पट्टिनेतृत्वका लागि चुनाव देखि चुनावसम्म, गुट र शक्ति परिक्षणको थलो, अत्यन्त खर्चालु चुनाव र अस्वस्थ्य परिपाटी स्थापना हँुदै गयो । सर्बसम्मत र श्रृखलावद्ध नेतृत्व विकासको कुरा अप्रजातान्त्रिक बुझिन थालियो । गुट र त्यसमा पनि नेताको नीजि गुटमा पर्न नसक्दाकुनै पनि ब्यक्ति छुट्टै सम्मेलनबाट चुनिने कुनै गुन्जाईस नै रहेन ।
एतिहासिक रुपमा युवा विद्यार्थी नेतृत्व विकास भएको अर्काे थलो स्ववियु हो । तर यसले पुरानो गरिमा कायम गर्न सकेन । स्ववियु करिव ९० को दशकसम्म विचार विमर्शको, बुझेका पढेका र न्यायको पक्षका उभिने युवा नेता जन्माउने थलोका रुपमा विकास भएको थियो । तर पछिल्लो अवधिमा यो विकृत हुदै गयो । देशको राजनीतिको बिम्ब स्वभाविकै रुपमा तल तल पर्यो र चरम राजनीतिकरणले स्ववियुलाई पनि गाँज्यो । अपवाद बाहेक स्ववियुहरु धेरै ठाउँमा कुसासन, गुन्डागर्दी, भष्ट्राचार र अनियमिताको प्रायवाची बन्न थाले । धेरैजसो स्ववियुहरु राजनीति र शैक्षिक अग्रदस्ता भन्दा शैक्षिक र राजनीतिक विकृतिका लागि आफै औजार बन्न पुगे । मूलतः मुहानमै फोहर भए पछि नदि धार फोहर हुनु स्वाभाविक थियो । त्यसैले युवा विद्यार्थी आन्दोलन पुर्णतया विग्रिसकेको निष्कर्ष निकाल्नु गलत हुनेछ, तर त्यो तिब्र दिशाभ्रम हुने प्रक्रियामा थियो ।यति हुँदाहुँदै पनि युवा विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तनको प्रक्रियामा भने आफ्नो भूमिका खेल्न चुकेन । नेपालको पहिलेका राजनीतिक परिवर्तनमा झै राजनीतिक यो युवा जमातले स्वाभाविकै रुपमा २०७२।७३ को क्रान्तिमा पनि निर्णायक भूमिका खेल्यो ।
युवा समुदाय नेतृत्व निर्माणको यही प्रकृयाबाट गुज्रिदै जाँदा युवा नेतृत्व निर्माणको प्रश्न अहिले आएर प्रतिनिधित्वको मात्र होइन कस्तो प्रतिनिधित्व भन्ने पनि हो । त्यो प्रतिनिधित्व हाम्रो मात्र होइन राम्रो पनि, स्मार्ट मात्र होइन देश र समाजप्रति इमान्दार पनि, गतिशित र साहसी मात्र होइन विवेकी पनि, समावेशी मात्र होइन त्यो समुदायको योग्य पनि, चुनावी मात्र होइन कामकाजी पनि हुनु पर्दछ । अझ राजनीतिक परिवर्तनबाट गुज्रिसकेको नेपाल जस्तो देशमा आर्थिक र सामाजिक रुपान्तरणको चरणमा गफ गर्ने धेरै नेता होइन देशलाई रुपान्तरण गर्न सक्ने मानिसको खाँचो हुन्छ । राजनीतिक परिवर्तनको प्रक्रिया अवश्यमेय महान हुन्छ तर सामाजिक आर्थिक रुपान्तरणको प्रक्रिया झन् पेचिलो र जटिल हुन्छ । माथि देखि कुशल, दक्ष र आर्थिक सामाजिक रुपान्तरण गर्न सक्ने नेतृत्व र यसलाई तलसम्म लैजाने श्रृखलावद्ध नेतृत्व पंक्ति भएन भने हामी अहिले भोगिरहेजस्तै राजनीतिको उल्टो चक्रपातमा रुमल्लिरहने छौं ।
अझ झनै एउटा वामपन्थि र क्रान्तिकारी पार्टीका लागि दुई देखि तिन शुन्ना सम्मका केन्द्रिय कमिटीहरु किन आवश्यक हुन्छन् ? के यो हाम्रो नेतृत्व निर्माण प्रक्रियाको संकट होइन? भनिन्छ नेपालमा करिव २ लाख मानिसहरु राजनीतिलाई पेशा बनाउनेहरु छन् । के यो हाम्रो अनुत्पादकताको पटाक्षेप होइन ? सायद हिसाव गर्दा संसारमै सबैभन्दा धेरै भूतपूर्ण मन्त्रि र प्रधानमन्त्रि हुने देशमा हामी पर्दछौ । छिटो छिटो सरकार परिवर्तन हुने देशमा यो के गौरव गर्ने विषय हो या राजनीतिक अस्थिरता र हाम्रो अविकासको घोतक हो ?
नयाँ पुस्ताको नेतृत्व विकास गर्दा उपरोक्त विषय पर्धेल्न जरुरी छ । गफ मात्र गरेर राजनीति गर्ने युवा भन्दाराम्रो टमाटर उत्पादन गर्ने किसान, नमुना स्वंयसेवी कार्य गरेर देखाउने एक युवा, एक सरकारी स्कुललाई नमुना बनाउन सक्ने एक शिक्षक, शिक्षणमा सुधार ल्याउने एक जेहन्दार विद्यार्थी वा एक युवा उद्यमीलाई नेतृत्वमा ल्याउने वातावरण बनाउनु पर्दछ । यसको अर्थहामीलाई दर्शनशास्त्री र विचारक चाहिदैनन् भन्ने पनि होइन । युवाबाटै जन्मिने थिंक ट्याङ्कहरु, विचारकहरु, योजनाविद्हरु दर्शनशास्त्रीहरु, विषय विज्ञहरुत्यस्तो होउन् किजसले त्यो क्षेत्रमा केही अनुपम काम गरुन् र देशलाई परिवर्तन गर्न योगदान गर्न सकुन् ।
युथ भिजनमा नेतृत्व विकासका लागि सोचिएका केही कुराहरुः
युथ भिजनमा नेतृत्व विकासका लागि विभिन्न विषयमा योगदान गर्न सक्ने ५०० युवालाई छनौट गरी राष्ट्रिय युवा विकास तथा तालिम केन्द्र मार्फत भविष्यको नेता निर्माण गर्ने सोच राखिएको छ । कार्यन्वयन कार्ययोजनामा पनि २०१६ मा यसका लागि छलफल परामर्श शुरु गरि कार्यविघि तयार गर्ने, २०१७ देखि प्रारम्भिक प्रक्रियाहरु थाल्ने कुरा गरिएको छ । यस कार्यक्रममा युवा नेतृत्व विकासका लागि अन्तराष्ट्रिय एक्सपोजर र तालिमहरुमा त्यस्ता युवालाई पठाउने, एनआरएन सम्बद्ध युवालाई पनि समावेश गर्ने, बिभिन्न क्षेत्रका क्षमतावान युवालाई देश निर्माणका लागि विभिन्न क्षेत्रमा नेतृत्वका लागि आमन्त्रण गर्ने, युथ प्रतिभा खोजि गर्ने (थयगतज तबभिलतक जगलतष्लन०,युवा प्रतिभा सम्मान गर्ने जस्ता कार्यक्रमहरु राखिएका छन् । मन्त्रालयले शुरुवात गरेको प्रतिभा सम्मान कार्यक्रमले एक हदसम्म युवामा सकारात्मक प्रभाव पनि पारेको छ ।
उपरोक्त कार्यक्रमहरु सफल पार्न बलियो संस्था निर्माण र पारदर्शी प्रक्रिया भएन भने यसले युवा विकासमा सकारात्मक भन्दा नकारात्मक भूमिका बढी खेल्न सक्दछ । राम्रो संस्था निर्माण अनि छनौट विधि न्यापपूर्ण र पारदर्शी माफदण्ड भएन भने युवा नेतृत्वका लागि छनौट हुनेहरु आफ्ना र सोर्सफोर्सका मानिसहरु भरिभराउ हुनेछन् । नियुक्तिहरुमा सत्तासिन पार्टी र मन्त्रिको हाली मुहाली हुनेछ । ति संस्थाहरु युवा बाहुवल, सत्ता र नेताको पावर र कुत झार्ने थलोको रुपमा जव विकास गरिनेछन् विभिन्न क्षेत्रबाट सम्भावना भएका युवाहरु भन्दा अरु कसैले उनीहरुको ठाउँ ओगटीसकेको हुनेछ । यस्तो अवस्थाको चित्रण गर्दै यो पंत्तिकारलाई एक युवा नेताको भनाईलाई सम्झना गराउदछःयदि देशका लागि र युवाका लागि नकारात्मक भूमिका खेल्ने संस्था बन्नु भन्दा त्यो विद्यठन हुनु हीतकर हुन्छ । त्यसैले यस्तो बेला कस्तो संस्था निर्माण हुने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हुन्छ ।
विभिन्न क्षेत्रका युवालाई नेतृत्वका लागि तालिम दिने एउटा राम्रो संस्था बन्न नसक्ने होइन । त्यसका लागि हामीकहाँ किन राम्रा सार्वजनीक संस्थाहरु बन्न सकेनन् भन्ने कुराको चुरोमा पुग्नु पर्दछ । जनताको विश्वास कम्तिमा पनि रहिरहेको लोकसेवा आयोग, त्रिविका केही कलेज र संस्थानहरु, निजी नै भए पनि केयु, केही असल डाक्ट्ररहरुले सुधार गर्न खोजेका अस्पतालहरुको अध्ययन गर्दा पनि राष्ट्रिय युवा तालिम केन्द्र कसरी र कस्तो बनाउने भन्ने कुराको सहजै उत्तर पाईने छ । एउटा राम्रो संस्थाले देशको भविष्यका लागि विभिन्न क्षेत्रका आवश्यक राम्रो नेतृत्व बनाउन ठूलो मद्दत गर्नेछ ।
के हो नेतृत्व र कसरी निर्माण हुन्छ नेतृत्व ?
कसैले भन्दछन् नेतृत्व क्षमता जन्मजात लिएर आउने कुरा हो ।सिङ्गापुरका राष्ट्र निर्मातालि क्वान यु यस्तो सोचाई राख्दछन् । हामी करस्मेटिक नेतृत्वलाई अस्विकार त गर्दैनौं किनकी कहिलेकही विशिष्ट क्षमता भएको नेताले समाज रुपान्तरणका लागि एकल भूमिका पनि खेलिदिन सक्छ । तर एककालखण्डमा पुगे पछि सिस्टम र नेतृत्व हस्तानतरणको विधि बनाउन चुक्दा, आवश्यक भन्दा बढी देवत्वकरण, शक्ति र सत्ताले त्यस्तो नेतृत्व क्षयिकरण भईदेश र रुपान्तरणको आन्दोलनले ठूलो घक्का खान पुगेका इतिहासहरु पनि छन् ।
वर्ग सघर्ष र आन्दोलनको भट्टीबाट नेता जन्मन्छ भन्ने ठान्ने माक्र्सवादी आन्दोलनमा पनिक्रान्तिपछि नेतृत्वको देवत्वकरण आवश्यकता भन्दा बढि हुन पुग्दा आन्दोनलाई क्षति हुन पुगेको देखिन्छ । लामो समयसम्म नेतृत्वमा बसिरहँदा सबै मानिसहरु लि क्वान यु, फिडेल क्यास्ट्रो जस्तै इमेज बनाएर रहिरहन गाह्रो पर्दछ । प्रसिद्ध माक्र्सवादी लेखिका मार्था हेनकरको विचार छ कि एक्काईसौ शताब्दिमा नेतृत्व सामुहिक प्रयास बाट जन्मिन्छ र त्यो मूलतः सामुहिक नेतृत्व नै हुनु पर्दछ । हरेक मानिसका विविद्य क्षमतालाई प्रयोग गरी, आन्दोलन र सामुहिक र राष्ट्रिय ध्येयलाई केन्द्रमा राखि सामुहिक नेतृत्व निर्माण प्रक्रियालाई अघि बढाउन सकिनेछ । अवश्यमेय त्यो टिमको नेतृत्व कुनै योग्यतम मध्यले नै गर्दछ र तर राष्ट्र निर्माणको कार्यभार सामुहिक नेतृत्वमा, आन्दोलन, संस्था र पद्धतिमा स्वचालित भइरहेको हुन्छ । भनाई अर्थ देश आफु चल्न कुनै मुख्य नेताको आदेश पर्खिदैन बरु नेताको भूमिका देश चल्ने मेसिनलाई अझ गतिशील, पद्धतिसँगत र विकसित बनाउन नेतृत्व दिने बन्न पुग्दछ । एउटा असल नेताले आफ्नो अनुपस्थितिमा पनि मज्जाले चल्नसक्ने देश र संस्था निर्माण गर्दछ ।
वास्तवमा युवा पुस्ताले गतिशील, विचारवान र सामुहिक नेतृत्व पद्धतिमै बढी विश्वास गर्नु पर्दछ । तर हामी कहाँ पनि कहिले काँही लिडरशीप उत्पादन गर्ने वा डिजाइन गर्ने पनि चलन छ । यो उपयुक्त होइन ।डिजाईन गरिएको नेतृत्वले संकट पर्दा आफ्नै खुट्टामा टेक्ने धैर्यता गुमाउँदछ । नेपाल जस्तो भूराजनीतिक दवाफ भएको देशमा त आन्दोलन, समाज र देश प्रति इमान्दार युवा पंक्तिको खाँचो झनै टट्कारो हुन्छ ।
विभिन्न चरणमा लिडरशीप विकास कसरी गर्ने भन्ने बारेमा बिभिन्न म्यानुअलहरु पनि विकास भएका छन् ।निर्माणको यो चरणमा आम युवालाई तालिम दिन विशेषतः व्यवस्थापकीय नेतृत्वका लागि यस्ता म्यानुअलहरु उपयुक्त नै छन् । टोकन युथ पार्लियामेन्ट, युवा पहल कदमीका कार्यक्रमहरु, स्मार्ट क्लवमा विचार आदान प्रदान आदि युवाको नेतृत्व विकास गर्न सघाउ पुर्याउने कार्यक्रमहरु हुन् ।तर समाज र अर्थतन्त्रलाई एउटा तहबाट अर्काे तहमा लैजान जुन फड्को र तिब्र गति आवश्यक हुन्छ त्यसका लागि भने नयाँ दृष्टिकोण सहितको नेतृत्व पंक्ति र त्यसलाई लागु गर्ने तत्परतार त्यही अनुरुपको व्यवस्थापन आवश्यक हुन्छ ।
नेतृत्व राजनीतिक कि सामाजिक भन्ने प्रश्न पनि उठ्ने गरेको छ । २१औ शताब्दीमा वाम आन्दोलनको भविष्यबारेमा लेख्ने चर्चित लेखिका हेनेकरका विचारमा अवको राजनीतिक आन्दोलन विशुद्ध राजनीतिक र आर्थिक मागमा मात्रै होइन सामाजिक मागमा पनि विस्तार हुनु पर्दछ । यदि नेपालका सन्र्दभमा आर्थिक सामाजिक रुपान्तरण नै अहिलेको कार्यभार हो भने युवा नेतृत्वको विकास आर्थिक पुर्नउत्पादन, सामाजिक रुपान्तरणको नेतृत्व गर्न सक्ने र गरेका युवाको काँधमा सुम्पिनु ढिलाइ गर्नु हुँदैन ।
नयाँ र पुरानो पुस्ताको कुराः
नेतृत्वमा निरपेक्ष पुरानो वा निरपेक्ष नयाँ पुस्ताको दावी अनुपयुक्त हुन्छ । नेपाली उखान नै छ कि कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भने झै पुरानो जेनेरेसनका अनुभवहरु निकै महत्वपूर्ण हुन्छन् । नयाँ जेनेरेसनमा नेतृत्व लिने तत्परता छ र अब्बलता देखाएको छ भने त्यो बेला नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्दछ । नयाँ र पुरानो पुस्ताको कुरा गर्दा जापानका भर्खरका मैजी युवालाई पुरानो पुस्ताले पुरै जिम्मा लगाएको त्यसले जापानलाई नयाँ विचारका साथ पुरै रुपान्तरण गरिदिएको थियो । यसका लागि सिंगो नयाँ पुस्ता एउटा प्रेरणाका साथ अघि आउनु पर्दछ । संसारमा भएका ठूलठूला क्रान्ति र परिवर्तनहरु युवा अवस्था देखि सघर्षमा हुर्किएको नेतृत्वले गरेको छ । रुसी, चिनिया, क्युवाली क्रान्ति, स्वतन्त्रता संग्रामहरुमा नेतृत्व गर्नेहरु युवाकाल देखि सघर्ष गरेको पंक्ति थियो । नेपालमा टुक्रा टुक्रा भएको वाम आन्दोलनमा एक बेला बुढा र खारिएका नेताहरुलेसायद नयाँ पुस्ता र युवाको कुरा नै नसुन्ने भएकाले होला का. मदन भण्डारीले “म पनि नेता भइ हाल्थेकी दारीजुँगा उम्र उम्र” भनेर लेखेको कविता नयाँ र पुराना पुस्तामाझको अविस्वासलाई उजागर गर्दछ । नेकपा माले कालको नयाँ पुस्ता राजनीतिमा परिवर्तनको वेग सहित आयो र आँधि हुरी नै मच्चायो । तर त्यहीे पुरानो पुस्ताको मनमोहन अधिकारी जस्ता पाका नेतालाई अविभावका रुपमा अघि सार्दा र जननेता मदन भण्डारी अगुवाईमा रहेको नयाँ पुस्ताको नेतृत्व समुहका े गतिर पुरानो पुस्ताको सुझबुझले राम्रो काम गर्यो । एमालेको नौ महिने सरकारमा त्यो सुझबुझ सबै भन्दा राम्ररी प्रतिबिम्बित भएको थियो । तर पछि एमाले भित्रको झैझगडा, विभाजन र गुटबन्दीले सिंगो सामाजिक राजनीतिक परिवर्तनको आन्दोलन, पार्टी निर्माण र नेतृत्व निर्माणको प्रश्न पनि दिशाभ्रम हुन पुग्यो । अरु राजनीतिक पार्टीहरुमा पनि नेकपा एमालेको झै आफ्ना विशिष्ट अनुभवहरु रहेका छन् ।
देशको नेतृत्व निर्माणको प्रश्नमानयाँ र पुरानाको संयोजन आवश्यक हुन्छ । यो नयाँ पुस्ताले आफुतिर तान्ने र पुरानोले घिउ घुमाई फिराई आफ्नै भागमा खन्याउने विषय पनि होइन ।वा, नेतृत्व निर्माणको प्रश्न म मेरा पालामा खान्छु तिमी तिम्रो पालामा खाउला भन्ने कुरा पनि होइन ।अझ हामीकहाँ त कस्तो डरलाग्दो पद्दति विकास गरिदैछ भने पुराना पुस्ताका नेताले आ–आफ्नो भाग माग्ने र गुटमा नजिक रहेको आफ्नो मान्छेलाई बाँड्ने चलन पनि विकास हुँदैछ । पुरानो पुस्ताको भूमिका त नयाँ पुस्ताको नेतृत्व निर्माणका लागि उसले गरेको र गर्नसक्ने काम, विचार र क्षमताको कसिमा छनौटको एउटा पारदर्शी विधि निर्माण गर्ने र त्यसलाई कार्यन्वयन गर्ने हो ।
एक मानिस कति लामो समयसम्म नेतृत्वमा बस्ने या पुरानो र नयाँ पुस्ताको नेतृत्वको कसरी हस्तान्तरण गर्ने भन्ने सन्र्दभमा केही अन्तराष्ट्रिय अनुभवहरु हेरौं । यसमा बलियो या कमजोर नेता भन्ने आयाम पनि जोडिएको छ ।अमेरिका र युरोपमा राज्य सञ्चालनको बलियो पद्दति विकास भइसकेको हुँदा छनौटमा क्षमताका आधारमा युवा या पाको महिला या पुरुष जो सुकै सहजै आउने परिस्थिति विकास भईसकेको छ । एकै समयमा बेलायतमा युवा र लोकप्रिय डेविड क्यामरुन आफ्नै दाइसँग प्रतिस्पर्धा गरी नेतृत्वमा आएका आएका थिए । बेलायतको लेबर पार्टीमा भने सिनियर नेता कोर्विन विचारको आधारमा उदाए । ठिक त्यही बेला जर्मनीमा एक सिनियर महिला युरोपकै नेतृत्वमा लोकप्रिय भएर छाउन पुगेकी थिइन् । युरोपका अन्य धेरै देशमा को नेता हो भन्ने कुरा बस्ने मानिसलाई थाहै हुदैन तर देश गज्जवले चलिरहेको अवस्था हुन्छ । अमेरिकामा युवा र अफ्रिकी अमेरिकी मूलका ओवामाले हिलारी क्लिन्टन जस्तो सिनियर र प्रभावशाली महिलालाई पार्टी भित्रै प्रतिस्पर्धामा हराए भने वाहिर जोन म्याकिन जस्तो सिनियर रिपब्लिकन लाई हराए । संसारमै बहुप्रतिक्षित त्यो चुनावमा जितेका बराक ओवामाको नेतृत्वमा क्लिन्टन र विदेन जस्ता अनुभवीहरुसमेत बसेर काम गरे । भारतमा सोनिया गान्धि र मोनमोहन सिंह जस्ता अनुभवी राजनेता पश्चात सिधै युवा राहुल गान्धि प्रतिस्पर्धामा आए । एकबेला लोकप्रिय काग्रेस सिनियर नेता सिला दिक्षित पछि युवा गोलबन्ध गर्दै युवा पुस्ताबाट केजरीवाल उदाए । दक्षिण अफ्रिकामा रंगभेदका लागि युवा अवस्थामा लड्दा आंतककारीको आरोप लागेका नेल्सन मण्डेला जीवनको उत्तरार्धमा अभिभावकीय भूमिका खेलेर विश्वकै एक असल राजनेताको छवि बनाए । ल्याटिन अमेरिकामा स्थापित भएको नेतृत्व हुगो चाभेज, इभो मोरेलस, लुला र दिल्मा रुसेफ युवा कालदेखि नै आन्दोलनबाट स्थापित भएका नेतृत्वहरु हुन् । भिन्न परिवेशमा भिन्न तरिकाले राजनीतिक नेतृत्व विकास भएका यि केही उदाहरणहरु हुन् ।
बलियो नेतृत्वको कुरा आउँदा रुसमा भ्याद्मीर पुटिनको कुरा आउँदछ । उनी दोहोरियर अनि लामो समयसम्म बसिरहदाँ पनि रुसमा उनको लोकप्रियता बढिरहनु रुसको पुनउत्थानका लागि बलियो नेतृत्वको खोजि हो ।रुसजस्तो विश्व महाशक्तिले एक अवधिमा भोगेको ह्युमिलेसन र पुटिनले रुसलाई पुन बाटोमा ल्याउन गरेको प्रयासका कारण नै उनी त्यहा प्रभावी बन्न सकिरहे । उनले अहिले सम्म त्यसलाई स्थापित गरिरहेका छन् । भारतमा नरेन्द्र मोदी आवागन पुस्ताको खोजि भन्दा नवउदारवादी विकास र बलियो हिन्दु राष्ट्रवादको खोजि हो । जापानमा सिन्जो आवेको आवगन अर्थतन्त्र विकास, सक्रिय अन्तराष्ट्रिय संलग्नता मार्फत राष्ट्रवादको पुनरावृति गर्नु हो । नेतृत्व विकासमा बलियो राष्ट्रवाद र अर्थतन्त्रको निर्माणको खोजि एउटा महत्वपूर्ण प्रवृति बनिरहेको छ । ब्रिक्जिट देखि अमेरिकी चुनाव हेर्दा यो कुरा झन् पुष्ठि हुन्छ ।
चीनको नेतृत्व विकासका आफ्नै सफल अनुभवहरु छन् ।चीनले नेतृत्व ग्रूमिङ गर्ने, नेतृत्व हस्तान्तरण गर्ने, नेतृत्वले सेवा गर्ने उमेर र अबधिका निश्चित विधिहरु अबलम्बन गरेको छ । यसले परम्परागत कम्युनिष्ट पार्टीहरुमा देखिएका सत्ता पलट र सघर्षका झगडाबाट बचाएर चिनिया कम्युनिष्ट पार्टी र देशलाइ बलियो पार्दै लगेको छ । श्रृखलाबद्ध र विधिमा आधारित नेतृत्व विकास गर्दा आन्तरिक प्रजातान्त्रिकरणको प्रक्रियालाई पनि बलियो पारेको छ भने पछिल्लो आउने नेतृत्व अझै प्रभावकारी र क्षमतावान् देखिएका छन् । अहिलेको विश्व राजनीतिमा सिजिपिङ उद्य शान्त तर दृठ अठोट भएको राजनेताको छविका देखा पर्नु चिनिया नेतृत्व निर्माण प्रकृयाकै सफलता हो । युवा लिगबाट आएका धेरै नेताहरु नै चीनका केन्द्रीय नेतृत्वमा पुगेका छन् । चीनले विकसित देशमा झै संस्था, संरचना र संगठनहरुमा पनि नेतृत्व विकास गर्ने आफ्नै ढाँचाहरु विकास गरेको छ । उसले अमेरिका झै देश भित्रका मात्र होइन अन्य देशका प्रभावशाली युवालाई सम्मान र सुविधा दिएर चीनमा काम गर्न आमन्त्रण गर्ने गरेको छ ।
विश्वमै अहिले विकास भएको एउट अर्काे प्रवृति महिला नेतृत्वको उदय हो । यो जर्मन, बेलायत, अमेरिका, ब्राजिल, भारत, नेपाल, कोरिया, जापान(सम्भावित) लगायत थुप्रै देशमा नेतृत्वकर्ता र प्रतिष्पर्धिका रुपमा अघि आएका छन् । महिला नेतृत्वले विश्व शान्तिका लागि सकारात्मक भूमिका खेल्न सक्ने मानिए पनि यो चुनौति रहित भने छैन । युवा महिला नेतृत्व विकासका लागि यो उत्प्रेरणाको विषय भने हो ।
यो विवेचनाको अर्थ के हो भने नेतृत्व निर्माण गर्ने सवाल परिस्थितिजन्य हुन्छ । यहाँ राजनीतिक नेतृत्वको मात्रै कुरा गरिएको भए पनिनेपाल जस्तो देशले हाम्रो अवस्था अनुसार र सामाजिक ध्येयलाई केन्द्रमा राखेर सुसंगत पद्धति र विधिमार्फत् नेतृत्व स्थापना गर्ने परिपाटीबाटै देशका लागि हरेक क्षेत्रमा आवश्यक बलियो र प्रभावकारी नेतृत्व स्थापना गर्न सकिन्छ ।
नेतृत्व विकासका लागि गर्नु पर्ने केही रणनीतिक महत्वका कार्यहरुः
ड्ड अहिलेको आवश्यकता समानता, समृद्धि र शान्तिको प्रत्याभूति दिन सबै माझ अनेकतामा एकताको खोज गर्ने नयाँ जर्वजस्त पुस्ता तयार गर्नु हो । युभ भिजनले सोचेको कुरा नेतृत्व निर्माण समावेशी होस्; हरेक वर्ग, जात, भेग, लिङ्ग, दलित, आदिवासी, अपाङ्गता भएका र अल्पसंख्यकहरुबाट हामीले युवा प्रतिभाहरु अघि बढाउन सकौं; समाजका बिभिन्न क्षेत्रहरुबाट प्रतिभाहरुको निश्पक्ष छनौट हुन सकोस् भन्नै नै हो । हामीले युभ भिजनमा प्रतिभा खोजी ९त्बभिलतक जगलतष्लन० गर्ने र तिनलाई उचित जिम्मेवारी दिने कार्यक्रमहरु अघि बढाउने सोच अघि सारेका थियौं । मन्त्रालयले केही कुराहरु शुरुवातपनि गरेको छ ।
ड्ड बिभिन्न क्षेत्रका सम्भावन भएका युवा समेटी युवा नेतृत्व तालिमका लागि एउटा राम्रो, निश्पक्ष र बलियो संस्था तयार गर्नु पर्दछ ।
ड्ड नेतृत्व र अवसरमा समावेशीता एकहद र एक समयसम्म आवश्यक हुन्छ । तर यसलाई जवसम्म पछाडी परेका वर्ग र समूहको शिक्षा, उद्यमशीलता र रोजगारमार्फत आम समूहलाई सशक्तिकरण गर्न सकिदैन सकारात्मक विभेदले मात्र नेतृत्व निर्माणमा अपेक्षित उपलब्धि हासिल हुन सक्दैन । यसले समुदायका सभ्रान्तहरुलाई मात्र बारम्बार स्थापना गरिरहने खतरा हुन्छ । त्यसैले नेतृत्व विकासका लागि युथ भिजनले तोकेको पहिलो र दोश्रो पिल्लरलाई युवा विकासका लागि दुरगामी महत्वका रुपमा जोड दिईरहनु पर्ने हुन्छ । यसले नेतृत्वलाई समुदायबाट स्थापित गर्ने आधार निर्माण गर्दछ । यसले सबै फुलको एउट गुच्छा मात्र होइन सबै फुलहरु फुल्ने फुलवारी नै निर्माण गर्न मद्दत हुनेछ ।
ड्ड हामी नयाँ पुस्ताका सामु कसरी सबै उपपहिचानहरु सम्मानित भएको एउटा बलियो नेपाली राष्ट्रियता निर्माण गर्ने ज्वलन्त प्रश्न हाम्रा अगाडी खडा भएको छ । युवा नेतृत्व र पुस्तालाई त्यस ढंगले ग्रुमिङ गर्नु अत्यावश्यक भइसकेको छ ।
२) युवा परिचालन र सहभागिता
यहाँ छलफल गर्न खोजिएको दोश्रो विषय युवा परिचालन तथा संलग्नता (थयगतज mयदष्ष्शिबतष्यल बलम भलनबनझभलत० हो । युवा परिचालन आफैमा त्यति सकारात्मक अर्थ दिदैन । बेरोजगारी र गरिवीले आहत युवाहरु अशिक्षा र जोशमा जातिय धृणा, द्धन्द्ध र मध्यपुर्वमा देखिएजस्तै आतंकवादका लागि पनि गलत ढंगले परिचालित भएका छन् । त्यसैले कस्तो र कुन ढाँचाको युवा परिचालन र कसरी युवा संलग्नता कायम गर्ने भन्ने विषय निकै महत्वको हुन आउँदछ । युवा परिचालनको उद्देश्य सामाजिक आर्थिक रुपान्तरणका लागि युवालाई भोलीको परिचालकका रुपमा विकास गर्नु हो न कि उसलाई कुनै अमुक स्वार्थका लागि प्रयोग गर्नु हो ।
युवा परिचालनतथा संलग्नताका केही दृष्टान्त हेरांैः
ड्ड युवा जहिल्यै पनि अन्याय, अत्याचार, तानाशाही र मनोमानीका विरुद्ध राजनीतिक र सामाजिक परिवर्तनको वाहक बन्दै आएका छन् र त्यो बन्नु पर्दछ । यस्ता प्रतिरोधका आन्दोलनहरु नचाहेरै कहिलेकाँही हिंसात्मक बन्न सक्दछन् । प्रतिरोध र प्रतिरक्षा गर्नुको अवस्थावाहेक युवालाई हामीले शान्तिपूर्ण, सौम्य र स्वजागृत परिवर्तनका आन्दोलनका लागि नै उत्प्ररित गर्नु पर्दछ ।
ड्ड तर राजनीतिक परिवर्तन पछि पनि र शान्तिपूर्ण मागहरु सम्बोधन गर्ने अवस्था रहँदारहदै पनि क्याम्पस जलाउने, बच्चाहरुको स्कूलमा वमहरु राख्नुका सट्टा सायद स्कूलहरुमा युवा र विद्यार्थी सँगठनहरुले रचनात्मक क्रियासिलता र सचेतनामुखी जागरणका कार्यक्रम ध्यान दिनु पर्ने हो । युवा र विद्यार्थी सँगठनहरु भनेको सधै टायर बालेर प्रदुषित् गर्ने र स्वार्थ बाझ्ना साथ बन्दगरिहाल्ने मात्र होइन थोत्रो टायरमा पनि फुल फुलाउने र स्वस्छ र सफा सडक र शैक्षिक संस्था बनाउन ध्यान दिने संगठन हुनुपर्दछ ।
ड्ड युवालाई क्याम्पसमा गुण्डागर्दी, चन्दा असुली, ठेक्का पट्टा असुली, ब्यालेट बक्स कब्जा भन्दा अध्ययन अनुसन्धान, असल शाषन प्रत्यााभुति गराउने र नमुना कार्यका लागि परिचालन गरिनु पर्दछ । हाम्रा संरचना र संस्थाहरु त्यही रुपमा निर्माण गर्नु पर्दछ ।
ड्ड राजनीतिक परिवर्तन पछि पनि युवालाई चुनाव देखि चुनावसम्म र चुनावका लागि सबै कुरा गर्ने परिपाटी बसाल्दै जाँदा नयाँ पुस्ताले कसरी प्रजातन्त्रलाई संस्थागत गर्ला र सामाजिक अनि आर्थिक रुपान्तरणको कार्यभार पुरा गर्न सक्ला !
ड्ड यो पंक्तिकारको विचारमा नयाँ पुस्ता स्मार्ट, बुझ्ने र विवेकी पनि छ । समाज विकासको नियम अनुसार पनि नयाँ पुस्ता प्रगतिशील हुन्छ र हुनै पर्दछ । यो कतिपय अव्यवस्थाका विरुद्ध निष्पक्ष बोल्न हिच्किचाउदैन र अघिल्लो पुस्ताको नालायकी प्रति आलोचक पनि छ । यसले हामी किन बनेनौ र हाम्रो देश किन बनेन भन्ने चिन्ता पनि राखेको देखिन्छ । खोज्दै जाने हो यस्ता नव युवाहरुले आइटी, उद्यमशीलता, विज्ञान, प्रवृधि, कला, संगित आदि क्षेत्रमा लोभलाग्दा कार्यहरु गरेका छन् । हामीले उनीहरुमा भविष्य देखेर परिचालन गर्न सक्नु पर्दछ ।
ड्ड नव–युवाको उज्यालो पाटो मात्र होइन अध्यारो पाटो पनि छ । गरिवीका कारण शिक्षा आर्जनमा भएको विभेद र वेरोजगारीको अवस्थाले कि त युवाहरु निराशातिर धकेलिएका छन् कि विदेशतर्फ लागेका छन् । हाम्रो राज्यले देशको करिव ४५ लाख युवा स्वदेशमै कृषि र उद्यममा होइन विदेशमा परिचालन गरेको छ । देशको करिव ४३ प्रतिशत युवाको सुनौलो जनसांख्खिक लाभ लिने बेला हाम्रो अर्थतन्त्र झन् झन् पराश्रित हुदै गएको छ । उनीहरुले परिचालित गरिदिएको रेमिटेन्सको सलायनले हाम्रो अर्थतन्त्र तग्रिएको छ । कहिल्यै योगदानको चर्चा नपाएका यी नेपाली युवाले पठाएको रेमिटेन्सलाईपुनउत्पादनको क्षेत्रमा परिचालनले मात्र ठूलो युवा शक्तिलाई स्वदेशमै रोक्न सकिन्थ्यो । युथ भिजनले पनि उनीहरुकै श्रोत र उनीहरुकै श्रमले देश निर्माण गर्न सकिने योजना र कार्यक्रम अघि सारेको छ ।
ड्ड युवा परिचालन भनेको श्रोत र सेवा परिचालनको कुरा पनि हो । युवा परिचालनका लागि राज्यले धेरै लगानी गर्न सक्दा राज्यले पनि ठूलो प्रतिफल प्राप्त गर्न सक्दछ । नेपालको सन्र्दभमा युवाको रोजगारी, उद्यमशीलता र सेवाका क्षेत्रहरु पहिचान गरी श्रोत परिचालन गर्न आवश्यक हुन्छ । युवा परिचालन गरी जुन फड्को मार्ने (तबपभ याा)े कुरा गरिएको छ उत्पादनका क्षेत्रमा ब्यापक लगानी विना यो सम्भव हुन सक्दैन । प्राकृतिक श्रोत साधनको उचित व्यवस्थापन गरी (जस्तै जडिबुटी, जलश्रोत, कृषि र वनमा) राज्यले युवाको सयुक्त लगानी गरी व्यापक युवालाई उद्यमशीलता र पुनउत्पादनका क्षेत्रमा परिचालन गर्न सकिन्छ । जस्तै यार्चा गुम्बाको व्यवस्थापन र अन्य जडिवुटिको प्रशोधन उद्योगमा युवालाई उत्प्रेरित गरी परिचालन गर्न सक्दा अर्थतन्त्रलाई ठूलो टेवा पुग्न गई युवा रोजगारी श्रृजना हुन जान्छ । नेपालको पर्यटन क्षेत्रमा राज्यले पूर्वाधार विकास गरी उचित वातावरण निर्माण गर्दा सबै भन्दा धेरै युवा परिचालन हुनसक्ने क्षेत्र हो यो । उद्यमशील युवालाई यसमा सहभागी गर्ने र उनीहरु नेतृत्व स्थापना गर्ने कार्य गर्नंै पर्दछ ।
ड्ड युवा सहभागिताका अन्य क्षेत्रहरु पनि छन्ः युवा सामाजिक सचेतक र परिचालक पनि हुन् । जातिय छुवाछुत जस्ता दलित विरुद्धको भेदभाव र हिंसा, छाउपडि, देउकी जस्ता सामाजिक कुरीति, लंैगिक हिंसा र विभेद, निरक्षरता उन्मुलन आदिमा युवाहरुले नियमित सामाजिक परिचालकको भूमिका खेल्न सक्दछन् । क्लव, स्कुल, परिवार र आफु बसेको समाजमार्फत समाज सुधारको कार्यमा उनीहरु संग्लग्न हुन सक्दछन् ।
ड्ड शिक्षा र तालिम स्वाभाविक युवा संलग्न हुन पर्ने क्षेत्रहरुहुन् । शिक्षा र तालिमले युवाका लागि रोजगारीको आधार निर्माण गर्दछ । विद्यार्थीको रुचिको क्षेत्र र उसको क्षमता हेरी अविभावक र शिक्षकहरुले उसलाई वृति विकासका लागि परामर्श दिन आवश्यक हुन्छ ।
ड्ड स्वास्थ्य र मनोरञ्जन क्लवहरु, मनोवैज्ञानिक परामर्श सेवा, खेलकुद आदिमा युवाको शारिरीक, मानसिक विकासका लागि संलग्नता अनिवार्य हुन्छ । युथ भिजनमा युवा स्वास्थ्य, खेलकुद र मनोरञ्जनलाई युवा विकासका दुइटा छुट्टै पिल्लरका रुपमा कार्यक्रम तय गरिएको छ ।
ड्ड युवा कुन क्षेत्रमा संग्लग्न गर्ने भन्ने सवालमा गुरु र अविभावकको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरुकोे भूमिका मुर्ति कुद्ने कालिगर जस्तै हो । एउटा जेहन्दार युवा खराव र कुनियत भएको गुरु वा परिचालक पाउदा अंगुरीमाला जस्तो हत्यारा हुन पुग्दछ भने त्यहि अंगुरीमाला बुद्धका शिक्षाले फेरि एक असल चेला बनि शान्ति अभियन्ता बन्न पुग्दछ । धर्म र अतिवादका नाममा देखिएका आइएस आई र अतिवादी विचारले कसरी युवालाई मानवता विरोधि अपराधीहरुको जमातमा परिणत गरिदिन सक्दछ भन्ने कुरा मध्यपूर्वको हिंसा र द्वन्द्वले प्रस्ट देखाएको छ । त्यसै हाम्रो सहभागिता र परिचालनको आधार नै हाम्रो युवालाई राम्रो शिक्षा प्रदान गर्नु हो ।
ड्ड सामाजिक सञ्जालहरु महत्वपुर्ण राजनीतिक र सामाजिक परिवर्तनका लागि युवाका साधन बन्न पुगेका छन् । यी ज्ञान आर्जन, युवा स्वास्थ्य, सुचना, सञ्चारका लागि अनिवार्य अवयव बन्न गएका छन् भने यसको दुरुपयोगले विभिन्न सामाजिक विकृति, आतंकवादको मनोविज्ञान निर्माणको साधन पनि बन्न पुगेका छन् । युवालाई सहि मार्गमा परिचालनका लागि यसको उचित प्रयोग गर्नु पर्दछ ।
ड्ड युवा परिचालन प्राकृतिक स्वास्थ्य, बृक्षारोपण र वातावरण संरक्षण, राष्ट्रिय भावको जगेर्ना, सामाजिक कार्य आदिमा परिचालन गर्नु पर्दछ ।
ग) युवा स्वंयमसेवाः
तेश्रो तर युवा विकासका लागि महत्वपूर्ण विषयका रुपमा यहाँ युवा स्वयमसेवालाई चर्चा गर्न खोजिएको छ । युवा स्वंयसेवालाई संकृतिका रुपमा ग्रहण गर्नु पर्ने युथ भिजनको सोच अनुरुप नै यसलाई परिचालन र युवा संलग्नता भन्दा विशिष्ट ढंगले छलफल र विकास गरेर अघि बढ्नु पर्दछ ।
स्वंयसेवाको पनि समाजशास्त्र, अर्थ राजनीति र भौगोलिक आयाम हुन्छ ।
स्वंयसेवाको पनि समाजशास्त्र, अर्थशास्त्र र राजनीति हुन्छ । र, यसको भौगोलिक आयाम पनि हुन्छ । नेपालजस्तो जातिय, सामाजिक र भौगोलिक विविद्यता भएको मूलुकमा युवा स्यंमसेवाले अझ विशिष्ट महत्व राख्दछ । यसलाई उपयुक्त ढंगले अघि बढाउन सकियो भने समाज रुपान्तरणमा र सामाजिक सम्मिलनको (क्यअष्ब ितचबलकायचmबतष्यल, अयजभकष्यल बलम बककष्mष्बितष्यल० को भूमिका अदा गर्न सक्दछ । हाम्रा शहरका युवाले गाउँलाई बुझेर मात्र उनीहरु देशलाई माया गर्ने बन्न सक्दछन् । हाम्रो समाजमा रहेको सामाजिक, जातिय, वर्गिय र क्षेत्रिय विभेद बुझेर मात्र नयाँ पुस्ताले सही अर्थमा समाज रुपान्तरणको कार्य गर्न सक्दछ ।
काठमाण्डौंको युवाले जवसम्म तराई र दुर्गमा पिछडिएका कर्णाली लगायत क्षेत्रका थारु, दलित, सिमान्तकृत र महिलाका समस्या बुझ्न सक्दैनन् उनीहरु समाज र देशलाई साँचो अर्थमा माया गर्न सक्दैनन् । यदि देशलाई माया गर्ने त्यस्तो केही राष्ट्रियता भयो भने पनि त्यो दिगो हुदैन र त्यो केवल हुनेखानेको नक्कली राष्ट्र प्रेम मात्र हुन्छ । गाउँ र शहरको विभेदलाई कसरी कम गर्ने, कसरी उत्पादन र मुल्य श्रृखलामा गाउँ र शहरलाई जोड्ने भन्ने प्रश्न हाम्रा अगाडी ज्वलन्त छ । गाउँको युवा अरव र मलेशिया हानिदै छ र शहरको युवा अमेरिका, युरोप जापान ताकिरहेको छ । गाउँ र शहर माझ देखापरेको यो अलगाव पुनसंयोजन गरी पुनउत्पादनको श्रृखलामा जोड्न पनि युवा स्वंयमसेवाको भाव विकास गर्न जरुरी छ । यसो भएमा हाम्रा युवा हाम्रै गाउँमा उद्यमशीलता र उत्पादनका सम्भावनाहरु देख्नेछन् । शहर, गाउँ र विदेशमा बस्ने युवाले हाम्रो स्थलीय अर्थतन्त्र विकासका अपार सम्भावनाको खोजि गर्न उत्प्रेरणा गर्ने छ ।सघर्ष गर्दै अघि बढ्ने र जीवन जीउने कला सिकेको र काम प्रति सम्मान गर्ने एक युवाले देशका निम्तिनै आत्मनिर्भर अर्थतन्त्रका जग खडा गरिदिन सक्दछ ।
यसको राजनीति भनेको देश र समाजलाई माया गर्ने र देशको राष्ट्रिय र सामाजिक ध्येय पुरा गर्ने दत्तचित भएको स्वजागृत युवा तयार गर्ने हो ।
राजनीतिमा स्वयंसेवा आवश्यकता भन्दा बढि भएको भन्ने पनि छ । कतिपय देशहरुले युवा स्वंयमसेवालाई राष्ट्रिय सुरक्षाको अभिन्न अङ्ग बनाएका पनि छन् । क्रान्तिकारी पार्टीहरु र विद्रोही समूहहरु र राज्यले पनि यस्ता युवा स्यंमसेवकहरु निर्माण गर्ने गरेको छ । कोरिया युद्दमा चिनले पठाएका लाखौ युवा, क्युवाले अफ्रिकाको स्वतन्त्रताका लागि पठाएको हजारौं स्वंयसेवकहरु यसमा पर्दछन् । उनीहरु सारमा प्यारा मिलिटरी युवा समूह नै थिए । दक्षिण अमेरिकी कतिपय देशहरुमा विद्रोही समूहका विरुद्ध राज्यले पनि भिजिलान्ते समूहहरु गठन गरेको देखिन्छ । हाम्रा लागि राष्ट्रिय सुरक्षा र हितको स्वयंसेवकीय मोडेल के हुन सक्ला ? सायद हाम्रो भू राजनीति, इतिहास र हिमाली सम्यताले सिकाएको कुरा के हो भने हामी आफ्नै खाले स्वंयसेवकीय ढाँचामा जानु पर्दछ । ठूला शक्तिशाली मुलुकहरु माझ दुई विश्व युद्धबाट अछुतो रही शान्तिपुर्ण सहअस्थित्वबाट आफ्नो गौरवशाली राष्ट्र निर्माण गरेको स्वीस मोडलबाट सायद नेपालले धेरै कुरा सिक्न सक्दछ ।
हाम्रो स्वयंमसेवकीय मोडेल अति राजनीति र विचारधाराको धुब्रिकरणबाट होइन सामाजिक स्वंयसेवाको जगमा राजनीति र राष्ट्रहीतलाई उभ्याउनु विवेकपूर्ण हुनेछ । हाम्रो देशमा अनुमान गरिने करिव २ लाख राजनीतिक कार्यकर्ताको कार्य के हो, उनीहरुको सामाजिक मिसन के हो र उनीहरुको उत्पादन सँग्लग्नता के हो भन्ने कुरा पुनः परिभाषित गर्नु जरुरी भै सकेको छ । यस्तो राजनीतिक स्यंमसेवाले राजनीतिक परिवर्तनको एककालखण्डमा कार्य गरे पनि निर्माणको कालमा सामाजिक ध्येयलाई नै विश्रृखलित पारिदिन सक्छ । सामाजिक ध्येय विनाको यस्तो स्वयंसेवाले राज्यका निकायहरुलाई नै माफियातन्त्रमा परिवर्तन गर्ने खतरा रहन्छ । राजनीतिक स्वंयसेवालाई निश्चित धेरामा राखि यसलाई सामाजिक स्वंयसेवा र उत्पादनको जगमा उभ्याउनु पर्दछ ।
युवा नीति र युथ भिजनमा कस्ता सोचहरु प्रतिबिम्बित भएको छ त ?
‘युवा नीति २०६६’ र ‘युवा नीति २०७२’ ले युवा स्यंयसेवालाई जोड दिनु पर्ने कुरा निर्देश गरे अनुरुप युथ भिजन २०२५ मा केही महत्वाकांशी कार्यक्रमहरुलाई अघि सारेको छ । सरकारले चाहदा र कार्यन्वयनमा दृढ निश्चय हुँदा ति कुनै रुपमा पनि असम्भव कार्यक्रमहरु भने होइनन् ।
युथ भिजनमा युवा स्यंमसेवा सम्बद्ध कार्यक्रमहरु युवा मन्त्रालयको मातहत ल्याउनु आवश्यक छ । जुन देश योजनाहरुनै एकापट्टि रणनीतिक महत्वका बन्दैनन् बनेमा विना माफदण्ड नेताको प्रभावमा योजना विनियोजन हुन्छतर समयमा कहिल्यै लागु हुँदैनन् युवा स्यंमसेवाको कार्यक्रम किन योजना आयोगले संञ्चालन गरिरहनु पर्दछ ? एकपट्टि काम नभएर युवा मन्त्रालय बसिरहेको छ । योजना आयोगको काम योजना बनाउने हो युवा स्वयंसेवक परिचालन गर्ने होइन । त्यहाँ सम्बन्धित मन्त्रालयले कार्यकर्ता भर्ना गर्न पाईन्छ भन्ने आधारमा युवा कार्यक्रम होल्ड गर्नुृ अनुपयुक्त छैन ।
युथ भिजनमा सन् २०२५ सम्म युवा मन्त्रालय र युवा काउन्सिलमार्फत न्युनतम निर्वाहखर्च दिई २५ सय नियमित स्वयम्सेवक परिचालन गर्ने योजना बनाएको थियो र शैक्षिक संस्थाहरुमा २ लाख सम्म अस्थाई स्यंमसेवक तयार गरि परिचालन गर्ने योजना तय गरेको छ । कम खर्चको ढाँचामा (यिध अयकत mयमभ०िकेन्द्रबाट खटाइएका युवा स्वयंसेवकहरुलाई नै परिचालन गरी स्वयंसेवाका लागि युवाको एक दिन, जन्म दिवसमा वृक्षारोपण, विकृति विसंगति विरुद्ध सामाजिक सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गरी दिगो विकासका लागि नयाँ पुस्तालाई तयार पार्दै लिन सकिन्थ्यो । यस्तो स्वयंसेवा दस्तालाई युथ सेभिङ्, ससना सहकारी र उद्यमशीलतामा परिचालन गर्न सकिन्थ्यो ।भूकम्प पछिको त्रासदीमा आम युवा स्यंमसेवाको यो कार्यक्रमको ठूलो महत्व राख्दछ । भुकम्पका बेला युवा मन्त्रालयले स्वयंसेवकहरु परिचालनका लागि संयोजनकारी भूमिका खेलेको थियो । यो आफैमा महत्वपुर्ण थियो । यसलाई संस्थागत गरी अघि बढाउन ढिलो भईसकेको छ ।
स्वयंसेवा संकृतिका रुपमा कसरी विकास गर्ने ?
स्वयंसेवालाई कसरी संस्कृतिका रुपमा विकास गर्ने भन्ने सवाल युथ भिजनको अर्काे महत्वपूर्ण सवाल हो । स्वयं सेवालाई आफैमा सहकार्यका रुपमा विकास गर्न सक्दा मात्र यो संकृतिका रुपमा विकास हुदै जान सक्दछ । स्वयंसेवा युवाको कार्यमात्र हो भन्ने बुझाई आफैमा गलत हो । यसमा सिनियर नागरिक, वालवालीका, महिला र अपांगता भएकाहरुलाई संलग्न बनाउन सक्दा यसलाई संकृतिका रुपमा विकास गर्न मद्दत हुन्छ । यसलाई विदेशमा छरिएर रहेका नेपाली समुदाय, युएन, अन्तराष्ट्रिय युवा तथा स्वंयसेवी संगठनहरु, विभिन्न आस्था र संकृतिका च्यारिटी संगठनहरुको दायरामा पनि सहकार्य विस्तार गर्न आवश्यक हुन्छ । यस सन्र्दभमा पनि यो विश्व सम्मेलनले एउटा महत्व बोक्न सक्दछ । स्वयंसेवालाई केन्द्रिय विन्दु बनाई युवा सहभागिता, परिचालन, सहकार्य गर्दा युवाको नेतृत्व विकास हुदै जान्छ भने नेतृत्व विकास र उनीहरुले नेतृत्वमा हुने कार्यक्रम, युवाको अरुसँगको सहकार्य र परिचालनले युवा वर्गमा स्वयंसेवाको संस्कृतिलाई गहिरोसँग विकास गरेर जान सकिन्छ । स्वयंसेवा र युवा सहभागितासँगै नेतृत्व तालिम र प्रशिक्षणलाई जोड दिइनु पर्दछ । स्वयंसेवालाई केन्द्रमा राख्दा सक्षम युवा नेतृत्व विकासका लागि मार्ग निर्माण गर्न सकिन्छ । (हेर्नुहोस्, तलको रेखाचित्र)।
किशोर किशोरी र बालबालिका समाजकै उत्प्रेरणा बन्न सक्दछन् ः
वालवालिका लागि स्वयंसेवा मूलतः नमुनाका लागि९कथmदयष्अिबििथ यच तयपभलष्कm० या काम प्रतिको सम्मान जागृत गर्न वा समाज बुझ्न सिकाइका लागि मात्र प्रयोग गरिन्छ । स्काउटले प्रयोग गरेको मोडल यस अर्थमा महत्वपूर्ण छ जसमा किशोर किशोरीहरुलाई स्वयंसेवा, जीवन जीउने कला, संकटमा प्रतिरोधात्मक क्षमताको विकास आदि कुराहरु समावेश गरिएका छन् ।
किशोर किशोरीले गर्ने कुरा टोकन भन्दा अनपेक्षित नमुना स्वयंसेवामा परिणत हुन सक्दछ । भूकम्पको त्रासदीका शुरुका दिनमा उद्धार गर्ने कुरामा अन्योलता थियो । यस्तो बेला तालिम प्राप्त नेपाल आर्मि र सुरक्षा निकाय उद्धारका लागि परिचालित भयो । त्यस पछि स्काउटले शुरुमै उद्धार कार्यका लागि आफुलाई प्रस्तुत गर्यो । पछि राजनीति युवा विद्यार्थी संघसंगठनहरु, युवा बिभिन्न सामाजिक सञ्जालहरु झन्स्वतस्फूर्त रुपमा युवा विद्यार्थीहरु पनि उद्धार र राहत वितरणमा लागे ।
किशोर किशोरी या वालवालीका ठूला उत्प्रेरक बन्न सक्दछन् भन्ने थुप्रै उदाहरणहरु छन् । नाजि बिरुद्धको युद्धमा जोयाको कथा होस् या समुन्द्री छालको डुवानबाट नेदरल्याण्ड बचाउन चिसोमा कठ्याग्रिएर औलाले प्वाल थुन्ने एक वालकको कथा होस् देश बचाउन उनीहरुको गरेको महान कार्यका लागि हिरोइक भएका छन् । हाम्रै सन्र्दभमा कुरा गर्दा पनि नमोबुद्धका राजकुमार आदि बुद्धको कथा होस् या शाक्यमुनी बुद्धको बाल्य र किशोराअवस्थाका गतिविधिको कुराहोस् हिमालयन क्षेत्रको मानवता र संकृतिका जगमा उठाउन सकिने शान्ति, सौहार्दता र प्रकृतिसँगको सहअस्थित्वमा आधारित स्वयंसेवाका गौरवपूर्ण उदाहरणहरु हुन् ।
सिनियर नागरिक आराम गरेर मात्रै बस्न चाहदैनन् ः
सिनियर नागरिकहरुलाई स्वास्थ्य उपचार, आराम र मरोञ्जन चाहिन्छ । संसारमा बढ्दै गरेको मध्यय वर्ग र सामाजिक सुरक्षा भएका थुप्रै सिनियर नागरिकहरु सिनियर सिटिजन क्लव र आराम कक्षमा रमाउनु भन्दा समाजसेवा या स्वयंसेवा गर्न तत्पर देखिन्छन् । जापान जस्तो बढ्दो सिनियर सिटिजन भएको देशमा त सडकमा काजग टिप्दै हिड्ने, जनावरलाई उपचार गर्दै, अपांगहरुको सेवा गर्ने सिनियर महिला र पुरुषहरु थुप्रै दखिन्छन् । नेपालमै पनि जागिरबाट रिटायर्ड भएका जापानी सिनियर सिटिजनका थुप्रै उत्पे्ररणात्मक कथाहरु छन् । हिमालयन क्षेत्रमा आएर नेपाली जनताको लागि स्वयंसेवा गर्नुको आनन्द सायद उनीहरु अन्त कतै पाउछन् होला । हाम्रा छिमेकी चिन र भारतको आर्थिक क्षमता जसरी बढ्दै गइरहको छ बेइजिङ् र शांघाईका पार्कमा ताइची गर्ने र भारत पार्कमा बसेर कपालभाति गर्दै हिड्ने सिनियर नागरिकहरुको स्वयंसेवा गर्ने गन्तब्य नेपालको हिमालय क्षेत्र हुन सक्दछ । पश्चिमबाट पुर्व आएर मदर टेरेसाले देखाएको काम अतुलनिय स्वयंसेवाको उदाहरण हो । हाम्रो युवा स्वयंसेवाको रणनीतिले यसलाई कहि न कहि जोड्न सक्नु पर्दछ । र, युथ भिजन २०२५ मा यि सहकार्यका मोडलहरु कहि न कहि संकेत गरिएको छ ।
जव स्वयंसेवा नमुना बन्छः
युवाले स्वयंसेवा गर्दा त्यो गर्नै पर्ने र स्वाभाविक कार्य भित्र पर्दछ । तर स्वयंमसेवा जव अपांगता भएका, सिनियर नागरिक, महिलाहरुले गर्दछन् सक्षम युवा जो सायद स्वयंमसेवाको दायारामा आएका छैनन् यसले उनीहरुलाई एउटा नैतिक झड्का दिनेछ । अपंगता भनिए पनि फरक क्षमता भएका उनीहरुको मोटिभेसनले देखाउन काम अब्बल हुन्छ । काठमाण्डौंको मोडल जस्ता अस्पताल र वेकरी क्याफेमा उनीहरु गर्ने रोजगारी र काम हामी सपाङ्ग भनिने भन्दा राम्रो गरेर देखाएका पनि छन् । र, त्यो दृढता पनि छ । दृष्टिविहिन भए पनि झमक घिमिरे र सृष्टि केसी जस्ता युवा महिलाले गरेको कार्य,विचार प्रवाह र उत्प्रेरणात्मक स्वयंसेवा नै हो । मानौ उनीहरुले प्रत्यक्ष कुनै स्वयंसेवा अभियानको नेतृत्व गर्दा त्यसको युवा र समाजमा कति गाढा प्रभाव होला र त्यसले स्वयंसेवी संकृति निर्मार्ण गर्न कति महत्वपूर्ण भूमिका खेल्न सक्ला !
हामीले विभिन्न समुदाय र संकृतिका मानिसहरुलाई समावेश गरेर गर्ने स्वंयसेवाले एक अर्कालाई बुझन् मद्दत हुनेछ । एक पण्डित घरको युवा वा अर्काे दलित घरको युवा सँगै बसेर गर्ने स्वयंसेवाले नीतिमा लेखिने सामाजिक विभेद र छुवाछुत विरुद्ध कयौ बढि सामाजिक रुपान्तरणको व्यावहारीक ढोका उघारिदिन्छ । एउटा सानो उदाहरणका रुपमा मधेश र र पहाडी समुदायमाझ देखिएको जातिय द्धन्द्धलाइ लिन सकिन्छ । पहिलो मधेश आन्दोलनले सामाजिक र राजनीतिक अधिकार भन्दा ब्यक्तिगत र सामाजिक धृणाको रुपलिने खतरा र संकेतहरु देखा परिरहेको बेला कोशी बाढीमा जब पहाडी युवा स्वयंसेवक, डाक्टर, नर्सहरु सेवामा दत्तचित्त भएर काम गर्दा मधेशका सामान्य जनताको मनमा हामीले आपसी झगडा भन्दा मिलेर काम गर्नु पर्छ र पहाडी मधेशी भनेर धृणाको राजनीति बेकार रहेछ भन्ने प्रतिक्रियाहरु सञ्चार माध्याममा आएका थिए । त्यस्तै अर्काे पहाडमा भूकम्प जाँदा मधेशका थुप्रै युवाले राहत सामाग्रीहरु भूकम्पले क्षतविक्षत भएको बस्तिमा पठाए । यसले अझ सामाजिक सम्मिलन भाव जागृत गर्यो । तर दोश्रो मधेश आन्दोलनमासुरक्षाकर्मी विरुद्ध नियोजित केही वर्वर घटनाहरु घटे पनि ब्यक्ति र सामाजिक तहमा मधेशी र पहाडि जनता माझ आक्रमण देखिएन । केही राजनीतिक बृतमा जर्वजस्त धारणा बनाउने प्रयास भएपनि जनताको तहमा भने सामाजिक धृणा र निषेधको अवस्था भने देखिएन । नेपाली समाज विभाज्य गर्ने केही प्रयासहरु भए पनि संकटमा गरिने युवा स्वयंसेवाले अविभाज्य र सम्मिलित समाज निर्माण गर्न एक अचुक सूत्रको काम गर्दछ ।
युवा परिचालन या रेमिटेन्स् ?
नेपालीको सौभ्याग्य हो या दुर्भाग्य विगत एक दशक यता करिव ४५ लाख युवाविदेशमा रोजगारी गरिरहेको छन् । सौभाग्य यस कारणले हो कि युथ बल्जबाट गुज्रिरहेको नेपालमा यसले सेफ्टी भल्व प्रदान गरेको छ र १० वर्षे लामो माओवादी द्वन्द्व समाधान भईसकेपछि पनि विभिन्न खाले द्वन्द्वलाई उठाउने प्रयासबाट देश बच्दै आएको छ । संक्रमणकाल लम्बिरहँदा पनि नेपाली जनताको समृद्धि हासिल गर्ने चाहनामा कुठाराघात भईरहेको र अझ भूकम्प र नाकावन्दिले अर्थतन्त्र र जनजीविका थिलथिलो भईरहेको बेला नेपाली युवाको पसिनाले कमाएको विप्प्रेषणले नेपालअफ्रिकी देश रुवान्डा वा सुडान जस्तो माहामारी र अनिकालग्रस्त भने भएन । यस्तो अवस्थामा पनि नेपालले हासिल गरेका मानवीय विकासका सकारात्मक सुचकांकहरुले नेपाली जनताको आत्म दृढतालाई ९ चभकष्ष्भिलअभ० उजागर गरेको छ ।
यसो भनिरहँदा यस्तो परिस्थिति नेपालीको दुर्भाग्य यसकारणले हो कि हामीले नेपालको पराश्रय अर्थतन्त्रकोइतिहासदेखिको परम्परालाई वर्तमानको जनसाङ्खिक लाभाङ्स र हाम्रै युवाको श्रम, विवेक र कौशलताबाट एउटा समृद्ध र गौरवशाली राष्ट्रका रुपमा देशलाई उभ्याउने सुनौलो अवसर गुमाउने खतरा बढीरहेको छ ।
यो अवस्थमा हामीले हाम्रो उत्पादक शक्तिको गतिशीलता बढाउने तिब्रतर राष्ट्रिय योजना विना भावनात्मक गित गाएर वा लासबक्समा आउने युवाकोे कथाले मात्र यो प्रक्रियालाई रोक्न सक्ने छैन । यो कुनै टालटुले उपाय भन्दा उत्पादक शक्ति गशिीलता बढाउने ब्यापक संरचनात्मक परिवर्तनबाट मात्र यो सम्भव हुनेछ ।
रेमिटेन्स अर्थतन्त्रले नेपालमा पुर्ण नकारात्मक भूमिका खेलेको छ भन्ने होइन । यसलाई नीतिगत निरन्तरता दिंदा यसले पराधिनताको बाटो खोलिदिन्छ । रेमिटेन्सको बलियो त्यान्त्रोलाई संक्रमणकाल पारगर्ने लगानीका रुपमा परिचालन गर्न सक्दा हाम्रो युवा विदेशमा होइन स्वदेशमा परिचालन हुन थाल्नेछन् । उनीहरु अर्काका लागि भन्दा आफ्नो उद्यमशीलता गर्न थाल्नेछन् जसले सृजना गर्ने लगानी र उद्यमशीलताले थप वाह्य र आन्तरिक लगानी परिचालन हुनेमा सन्देह छैन ।
नेपाली युवा डायस्पोरा परिचालन र सहकार्यः
अरव र मलेशीयामा अस्थाई काम गर्ने बाहेक पनि नेपालीहरुको डायस्पोरा बलियो बन्दै गएको छ । भारतमा वेटर र कुक हुँदै युरोप, जापान, अमेरिका पुगेको यो युवा पंक्तिलेश्रमको महत्व बुझेको छ । विद्यार्थीका रुपमा या कामकै खोजिमा लगानी गरी विदेश जाने काठमाण्डौं र नेपालका मध्यमवर्गकै युवाले काम र पैसाको महत्व बुझ्न पाएका छन् । भूकम्प पछि नेपालका धेरै ठाउँमा सरकार, दातृसंस्थाहरु नपुगिरकेको बेला ध्वस्त भएको बस्तिमा रेमिटेन्स पुगिसकेको थियो । आफ्नो परिवारमात्र होइन नेपाली युवाले दुःखका बेला छरछिमेकलाई पनि रेमिटेन्स पठाएका थिए ।
विदेशमा बसेका युवाले गरेको रेमिटेन्स स्वयंसेवाले नेपालीहरु संकटमा पनि दृढता प्रदशन गर्न सक्ने क्षमता प्रदान गरेको थियो । त्यो बेला अन्य सामान्य अवस्थामा आउने रेमिटेन्स भन्दा निकै बढि प्रतिशतले प्रवाहित भएको थियो । धेरै ध्वस्त भएका गाउँहरुमा एनआरएन र यससँग सम्बद्ध नेपालीहरुले महत्वपूर्ण उद्दार र राहतका कार्यहरु गरेका थिए । विदेश जहाँ बसेपनि दुईतीन वर्षको दशैमा नेपाल पुगिहाल्ने नेपालीहरुले लगानी र स्वयंसेवाको लागि निकै महत्वपूर्ण कार्य गर्न सक्दछन् । विकसीत देशमा बस्ने नेपालीहरु मध्ये गन्न लायक धनीहरु पनि बनिसकेका छन् र कयौ नेपालीले एक सामान्य कामदारबाट सेरिज रेस्टुरेन्ट र व्यवसायका मालिक बनिसकेको पनि छन् ।
प्रवासी नेपालीहरुका सन्ततिलाई भाषा र संकृतिले नेपालसँग जोडिराख्ने, उनीहरुलाई नेपालको पर्यटन प्रबधनमा परिचालन गर्ने, नेपालमै उद्यमशीलता, लगानी, सिप र स्वयंसेवा ल्याउन सरकारले विशेष जोड दिनु पर्ने युथ भिजन २०२५ र युवा नीतिमा पनि उल्लेख गरिएको छ । नेपाल भित्र र विदेशमै नेपाली समुदायमाझ उनीहरुले आफ्नो स्यंमसेवा विस्तार गर्न सक्दछन् । नेपालीहरु आफु बस्ने देशका नागरिक सँग सेतुको काम गर्न सक्दछन् । नेपाली बस्तुहरु विदेशमा प्रबर्धन गर्ने र पर्यटन प्रबर्धन गर्ने, उनीहरुलाई नेपालमा लगानी गर्न उत्साहित गर्ने कार्य नेपालको विकास र भविष्यका लागि निकै रणनीतिक महत्वको छ ।
युवा परिचालनका लागि हाम्रै सकारात्मक र नकारात्मक शिक्षाहरुः
द्वन्द्व, संक्रमणकाल र राजनीतिक अस्थिरता, भूकम्प र आर्थिक नाकावन्दीबाट गु्रजेको देशमा हामीले विकास सहश्राब्दी केही लक्ष्यहरु लोभलाग्दो तरिकाले हासिल गरेका छौं । यसको लक्ष्य हासिल गर्ने कारण के हो ?घाम जत्तिकै छर्लङ्ग कुरा के हो भने त्यो स्यंमसेवा नै हो ।
हामीले अति राजनीतिकरण गरी स्कूलमा र विश्वविद्यालयमा योग्यता नपुगेका, पढाउनै नजान्ने र पढाउनै नपर्ने कार्यकर्ता भर्ना गरेर अनि व्यवस्थापन समितीलाई भष्ट्राचारको अखाडा बनाई सार्वजनीक शिक्षाको हुर्मत लिई तहसनहस पारिएको छ । शिक्षाको गुणस्तरीयतको कुरा जे भए पनि अभिभावकहरुले वालवालीकाहरुलाई स्कूल पठाई हाम्रो भर्ना दरलाई ईज्जत धान्ने बनाइदिएका छन् । यसमा लैगिक विभेद पनि धेरै घटेर गएको छ । सायद शिक्षामा माथि उल्लेख गरिएको राजनीतिक स्वंयसेवाको करामत(!) नभएको भए र निश्पक्ष शिक्षकहरु छनौट गर्ने र शिक्षामा राजनीतिकरण नगरी साँचो स्वयंसेवा गरेको भए, समुदाय र अझ पढेलेखेका युवाको सहभागिताको मर्मलाई बुझि कार्यन्वयन गरेको भए हाम्रो सार्वजनीक शिक्षामा पनि लोभलाग्दा परिवर्तनहरु भइसकेका हुन्थे होला ।
शिक्षामा भन्दा कयौ कम लगानी भएको स्वास्थ्य क्षेत्रमा भने स्वयंसेवाकै कारण फरक परिणाम आयो । आमा समूहको भूमिका र युवा महिला स्वयंसेवीका नेपालको ग्रामिण क्षेत्रमा मातृ शिशु मृत्युदर, जन्मान्तर आदिमा उल्लेख्य सकारात्मक परिवर्तन ल्याईदियो । आमा समूह र महिनाको ५०० भत्तामा काम गर्ने युवा महिला स्यंमसेवीकाहरुले गरेको रात दिनको परिश्रमले हाम्रो सरकारलाई पनि अल्पविकसित देशहरु मध्ये स्वास्थ्य सूचकमा नेपालले गरेको प्रगतिवापत पुरस्कार समेत थाप्न सक्ने बनायो । स्वयंसेवी आमा समूहहरु प्रभावी भएका ठाउँमा जुवा, तास, जाँड, रक्सि बन्द गर्ने अभियान देखि लघु उद्यमशीलताका कार्यक्रमहरु बढि सफल र प्रभावकारी भएका छन् । मोहम्मद युसुनको वंगलादेशमा गरिएको लघु वित्त कार्यक्रको अनुभवले पनि के देखाउछ भने क्रृण तिर्ने देखी उद्यमशीलतमा लगाई समाज परिवर्तन गर्ने कुरामा महिलाहरु धेरै ईमान्दार देखिन्छन् ।
त्यस्तै हामीले सफलता हात पारेका केही सामुदायीक वन र सामुदायीक सिचाईका विकास मोडेलमा स्वयंसेवाको मोडललाई अलग गरिदिने हो भने यो उहिल्यै राजनीति संरक्षणमा माफिया र तस्करहरुको हातमा परिस्वाहा भईसकेको हुने थियो । अनुभवजन्य अध्ययनले के देखाएको छ भने नेपालमा सफल संरक्षण भएका वनमा महिलाहरुको सञ्चालनमा प्रभावी भएका छन् ।
सदियौ देखि विना कुनै सरकारी र बैदेशीक सहयोग विना सञ्चालनमा तराई, काठमाण्डौं देखि कर्णालीका दुर दराजमा पनि निरन्तर सञ्चालन भएका सामुदायीक सिंचाईहरु स्वंयसेवाको मोडलबाट अघि बढेका थिए । तर यसको नकारात्मक पक्षहरु पनि सँगसँगै हुर्किरहका छन् । सरकारी र वैदेशीक सहयोगमा अहिले सिंचाई सबैभन्दा बढि भष्ट्राचारको अखाडा बनेको छ । अझ सामुदायीक वनहरु सम्पन्न बन्न थाले पछि कुशाषनले फँडा फैलाउने खतरा बढेको छ भने आफ्नै वनमा आगो लाग्दा समेत कोही दातृ संस्था आउला कि भनि युवा स्वपरिचान नहुने डरलाग्दो प्रवृतिहरुपनि हुर्किरहेको छ ।
राजनीतिक युवा विद्यार्थी सँगठनहरुलाई चन्दा, भाषणवाजी र झैझगडाका रुपमा पछिल्लो समयमा बुझिदै आए पनि भूकम्पका बेला उनीहरुले गरेको परिचालन र स्वयंसेवा निकै महत्वपूर्ण रहेको छ । यसले हाम्रो राजनीति र हाम्रो युवा जगत कसरी सकारात्मक भूमिकामा ल्याउन सकिन्छ भन्ने देखाउँदछ । सामाजिक युवा संगठनहरु डलर खेतिका लागि मुद्धा तय गर्दछन र एडभोकेसी मात्र गर्दछन् भन्ने आरोप बेहोरिरहेको बेला आयोन लगायत सामाजिक युवा सञ्जालहरुले गरेको युवा परिचालन र स्वयंसेवी कार्य प्रंशसनीय छ ।
स्काउट जस्ता सरकारसँग आवद्द संस्थाहरुले भूकम्पका बेला खेलेको भूमिकाले पनि संस्था र संरचनामा राजनीतिकरण कम गरी नियम र मूल्य मान्यतामा चलाउदा कसरी देशका लागि अब्बल कार्य गर्न सक्दछन् भन्ने देखाउँदछ । राष्ट्रिय योजना आयोगसँग भएको तलवी स्यंयसेवा कति प्रभावकारी छ यसै भन्न सकिने अवस्था छैन । यसले कुनै एकिकृत परिणाम नदेखाएको हुँदा त्यो यदि हाजिरे जागिरी मात्र होे भने स्यंमसेवाको नाममा यो विडम्बना हुनेछ । यसलाई प्रभावकारी मोडलमा पुनसंयोजन गरी छनौटका निश्पक्ष आधारहरु तय गरी युवा मन्त्रालयको मातहत ल्याउनु पर्दछ । युवा स्वरोजगार भित्र पनि स्वयं सेवकको ठूलै संख्या नियुक्ति गर्ने गरिएको छ ।
तलव दिएर सरकारी अफिसमा स्वयंसेवा गर्ने मोडेल यो पंक्तिारलाई त्यति रुचिकर लागेको छैन । यसले स्वयंसेवा केही बेरोजगार युवालाई अफिसको कुर्सिमा बस्ने जागिरे मानसिकताले घर गर्ने कार्य मात्र हुनेछ । असल सरकारका लागि केही नमुना कार्य देखाउने कार्य बाहेक काम भन्दा बढि कर्मचारी भएको देशमा सरकारी अफिसमा युवा भोलिन्टिएरको आवश्यकता देख्नु फजुल कुरा हो । स्वयंसेवाका नाममा गरिने यो करार नियुक्ति मन्त्रिहरुले गर्ने करार नियुक्ति भन्दा खास अर्थमा भिन्न हुन सक्ने छैन । स्वयंसेवक लाई गाउँ र समुदायमा नै काम गर्न पठाउनु पर्दछ ।
युएन र अन्तराष्ट्रिय संगठनहरुको सहकार्यः
अन्तराष्टिय पिस मिसन, युवा आन्दोलनहरु, आस्था र शान्तिका अभियानहरुसँग हाम्रो स्वयंसेवालाई एकाकार गर्न आवश्यक छ । नेपालजस्तो शान्तिप्रिय देशले युएन जस्तो विश्व संगठनले अघि सारेको विकास एजेन्डाहरुलाई हाम्रो युवा स्वयंसेवाको कार्यसँग एकाकार पार्दै लिनु आवश्यक छ । राष्ट्रसंघको नेतृत्वमा अघि सारिएको दिगो विकास लक्ष्यहरु हाम्रो स्वयंसेवाका महत्वपुर्ण एभेन्युहरु हुन् । वातावरण संरक्षण, हावापानी परिवर्तन र दिगो विकासका अन्य लक्ष्यहरु अन्य कुनै देश भन्दा पनि नेपालका लागि बढि महत्वका छन् । हिमालयन क्षेत्रको भविष्य सुनिश्चित गर्न दिगो विकासका एजेन्डामा हाम्रा युवालाई व्यापक परिचान गर्न आवश्यक छ ।
नेपालमा युएन, भिएसओ, पिस कर्प मिसन, जाइका आदि युवा स्वयंसेवक छनौट गरि कार्य गर्दै आएका छन् । उनीहरुको देशबाट नेपालको गाउँमा आएर काम गर्नेहरु थुप्रै छन् । अन्तराष्ट्रिय संगठनमा सेवा सुविधा र तलवी स्वंयसेवा भन्दा पनि केवल निर्वाहमुखी खर्च लिएर वा आफ्नै खर्चमा विदेशबाट आएर नेपालमा काम गर्ने युवाबाट हाम्रो युवाले धेरै कुराहरु सिक्न सक्दछन् । नेपालमा भएका त्यस्ता संगठनहरुसँग सहकार्य गरि नेपाली युवालाई स्वयंसेवामूखी बनाउदै जानु पर्दछ । विदेशमा स्वयंसेवालाई युवाले जीवनमा गर्नु पर्ने कार्य अनि यो उसको क्यारियर र अनुभवका लागि महत्वपूर्ण मानिन्छ । नेपालमा राम्रो वातावरण बनाउँदा, नेपाललाई विश्वमा चिनाउदै जाँदा नेपाल जस्तो सुन्दर देश कुन विदेशी युवाको पहिलो रोजाईमा नपर्ला ? नेपाल आउने विदेशी पर्यटकहरु दोहोरिएन नआउने सायदै हुन्छन् । एउटा स्वयंसेवकले नेपालमा राम्रो वातावरण पाउँदा उसले आफ्नो जीवनमा धेरै चोटी नेपालको बाटो तय गर्ने मात्र होइन साथी सँगी र समाजलाई नेपालको बारेमा भन्ने छ । नेपालले युरोप, अमेरिका, जापानबाट मात्र होइन चीन र भारतबाट पनि युवा स्वयंसेवकहरु कसरी ल्याउने भन्ने विचार गर्नु जरुरी छ । भूकम्प पश्चात केही चिनियाँ विश्वविद्यालयका युवा स्वतस्फुर्तरुपमा पुननिर्माणमा नेपाल आएको देखिन्थे । बढ्दो आम्दानी र अर्थतन्त्रसँगै चिनियाँ युवा पश्चिम चिन तर्फ स्वयंसेवा गर्न र लगानीका लागि ओरिरहेका छन् । नेपालमा उचित राजनीतिक स्थायित्व, शान्तिको वातावरण, कनेक्टिभिटी र पुर्वाधार बनाउदा हिमाल पारी सम्म आएको युवा बुद्ध जम्मिएको देश र हिमालको देश नआउने हुनै सक्दैन । यही कुरा दक्षिणको हकमा पनि लागु हुन्छ । स्वयंसेवहरुले नेपालमा स्वयंसेवामात्र गर्दैनन् उनीहरुले सामाजिक र आर्थिक लगानीहरु ल्याउन मदत गर्दछन् । उनीहरुले पर्यटकहरु ल्याउदछन् ।कुनै बेलाकी विदेशी स्वयंसेवक म्यागी डोएन कर्णाली प्रदेशमा ठूलो सामाजिक लगानी कर्ता बनेकी छिन् । सिएनएन कै अर्काे हिरो नेपालकै पुस्पा बस्नेत र अनुराधा कोेइराला जस्ता स्वयंसेवी सामाजिक लगानी कर्ताहरुले यस हिमालयन क्षेत्रलाई अझ ब्यापक अन्तराष्र्टिय सहकार्यको क्षेत्र बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।
निचोटः
जनसांख्खिक लाभाङ्स (उयउगबितष्यल मष्खष्मभलम० लिने युवालाई सहि परिचालन गर्न र उनीहरुको नेतृत्व विकास गर्न चुक्नु नेपालको लागि गम्भिर एतिहासिक भुल हुने छ । हामीले हाम्रो युवालाई देश निर्माणको सपना देख्ने बनाउनु परेको छ । जुनवेला अमेरिकी जनतालाई हाम्रा सपना छन् भनेर न्यायको सपना मार्टिन किङ् लुथरले अमेरिकी धर्तिमा गुन्जाएमान गरेका थिए, काला जातिका मानिसहरुलाई पनि न्याय र समानताको सपना देख्न लगाएका थिए र अमेरिकालाई परिवर्तन गरेका थिए । आजभन्दा करिव १०० वर्ष अघिलेनिनको भनाइ थियो कि क्रान्तिका लागि सपना देख खुव सपना देख । उनले रुसलाई क्रान्तिको बाटोमा लिए । त्यो मानव जातिको सपना पुरा गर्ने एउटा ठूलो घटना थियो । केही कमजोरी, केही उपलब्धि र केही शिक्षा सहित त्यो प्रयोगले पनि एउटा चक्र पुरा गरेको छ ।
वास्तवमा प्रजातान्त्रिक भनिने अमेरिका र समाजवादी भनिने सोभियत रुसमा प्रदान गरिएका अधिकारहरु भन्दा धेरै र पुरक कुराहरु हामीले हाम्रो सम्बिधानमा सुनिश्चित गरेका छौं ।नेपाली युवाको राजनीतिक परिवर्तनको एउटा सपनाले एक चक्र पुरा गरिसकेको छ । हामी किंग लुथरको न्यायको सपना र लेनिनको क्रान्तिको सपनाबाट धेरै अघि गुज्रिसकेका छौं ।
अहिले नेपाली युवालाई आवश्यकता भनेको राष्ट निर्माणको सपना हो । राष्ट्रिय उत्पादनकोश्रृखलामा र समाज निर्माणको सिढीमा युवालाई परिचालन र नेतृत्व गर्न दिएर मात्र राष्ट्र निर्माणको सपना पुरा हुन सक्दछ । सुनिश्चित गरिएका अधिकारहरु काजगमा लेखेर मात्र होइन हाम्रो युवालाई सक्षम र क्षमतावान बनाई नेतृत्व गर्न अघि बढाएर मात्र अधिकारलाई कार्यन्वयन गर्न सकिन्छ । त्यो नेतृत्व भनको आम युवालाई उत्पादनको प्रक्रियामा समावेश गर्ने, उसको रोजगारी सुनिश्चितता गर्ने कार्यभार एउटा पाटो हो भने उसलाई स्वजागृत बनाई (थयगतज अयलकअष्यगकलभकक ायच लबतष्यलब िमभखभयिऊभलत० देश निर्माणका लागि लाखौं स्वप्नदर्शी स्वंयमसेवकहरु तयार गर्नु अर्काे महत्वपूर्ण पाटो हो । हो यसका लागि सपना चाहिन्छ तर हामीले हावामा अग्लो महल बनाउने सपना देख्नु अघि घर्तिमा झुपडि र आधार बनाउने कुराबाट कामको थालनी गर्नु पर्दछ । देशलाई अहिले धर्तीमा झुपडी र आधार बनाउने युवा स्वयंसेवकको खाँचो रहेको छ ।
(राष्टिय युवा परिषदले भत्तपुरमा अशोज १५ र १६ गते आयोजना गरेको नोपली युवाहरुको विश्व सम्मेलनमा राजनीतिक विश्लेशक योगेन्द्र शाहीले प्रस्तुत गरेको कार्यपत्र जस्ताको तस्तै ।) (सं)