Friday, October 7, 2016

नेपालमा कृषि–पर्यटनको विकासको सम्भावना

क. कृषि
निर्वाहमुखी कृषि पद्धतिले गर्दा हाम्रो देशको कृषि नाफामूलक बन्न सकेन । जसले गर्दा आज हाम्रा किसानहरुले आफ्नै पेट भर्न पनि सकिरहेका छैनन् । गुजारामुखी कृषि प्रणालीमा परिवर्तन गरी किसानलाई कृषि उद्यमी बनाउनु सबभन्दा ठूलो चुनौती हो । कृषकको स्तर परिवर्तनबाट मात्र कृषिमा परिवर्तन सम्भव छ । कृषि पेसालाई नाफा कमाउने उद्देश्यले गरिनुपर्छ ।


Bharat Regmi भरत रेग्मी
भरत रेग्मी
नाफा कमाउने उद्देश्यले कृषि व्यवसाय गर्ने व्यक्ति अथवा समूहलाई कृषि उद्यमी भनिन्छ । यस अन्तर्गत उत्पादन गर्ने, प्रशोधन गर्ने, बिक्री–वितरण गर्ने र सेवा प्रदान गर्ने जस्ता क्रियाकलापहरु पर्छन् । कृषि उत्पादनका साधनहरु भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र त्यसबाट धेरै मुनाफा कसरी कमाउने भन्ने कुरा उद्यमी किसानले जान्नुपर्ने हुन्छ ।

उत्पादनलाई कसरी बेच्ने संक्षेपमा उत्पादन र वितरणमा अनुदान दिएर कृषि उद्यमी बनाउनु आजको आवश्यकता हो । परम्परागत कृषि प्रसार र अनुसन्धान कार्यक्रमलाई परिवर्तन गरेर कृषि उद्यमीका लागि बजार र प्रविधि ग्यारेन्टी गर्ने खालको हुनुपर्छ । विदेश गएर प्रविधि र सीप लिएर वा आफ्नै देशमा केही गरौ भनी कृषिमा लगानी गरिरहेका सयौं युवा किसानहरुको भविष्य सुनिश्चित हुनुपर्छ ।

ख. पर्यटन
राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र पर्यटन क्षेत्र हो । देशको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकसित गर्नु हामी सबैको दायित्व हो । पर्यटन उद्योग पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवद्र्धन बढी चुनौतिपूर्ण हुनुका साथै सम्वेदनशील पनि छ ।

कुनै एक पक्षमा आएको परिवर्तनले अर्को पक्षमा तुरुन्त असर पार्छ । तर यसो भन्दैमा सन्तुलित रुपमा पर्यटन व्यवस्थापन गर्न नसकिने भने होइन । पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरी सरकारी र नीजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अघि बढ्नु आजको अनिवार्य आवश्यकता बनेको छ ।

निश्चित रुपमा पर्यटन उद्योगको विकास र प्रवद्र्धनका लागि पर्यटनसंग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको सुधार तथा विकास र प्रवद्र्धन गर्नुपर्छ तर यो मात्र पर्याप्त हुँदैन । आजको कडा प्रतिश्पर्धाको जमानामा सम्बन्धित क्षेत्रहरुको विकास र प्रवद्र्धनका साथै तिनीहरुको प्रचार प्रशार तथा बजार प्रवद्र्धनको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

ग. कृषि–पर्यटन
कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाँउमा समन्वय गरेर विकासको योजना हालसम्म बनेको पाँइदैन । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाँउदा अवस्य पनि फाइदा पुग्छ र विकासको गति चाँडो हुन्छ । कृषि–पर्यटनको एकिकृत विकास योजनाले कृषि उत्पादनमा सुद्धिकरण र बजारमा प्रभाव पर्नुका साथै प्राविधिक विषय तथा कृषि सूचनाको समेत आदान प्रदान हुन्छ ।

कृषि –पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई मौलिक नेपाली संस्कृति र सामाजिक सदभाव बढ्ने प्रचुर संभावना हुन्छ । कृषि–पर्यटनले विदेशी नयाँ प्रविधि र नेपाली युवा कृषकको उत्साहको विचमा प्राविधिक पक्षको आदान–प्रदान भई उत्पादनमा विशिष्टता, प्रसोधनमा नविनता, स्वादमा मौलिकता, उपभोगमा गुणस्तरीयता र स्थानीय बजार प्रर्वद्धनमा समेत सहयोग पुग्छ भने व्यवसायिक स्थायीत्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटन संग जोड्न जरुरी छ ।

कृषि–पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई पर्यटकको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको प्रसोधन हुन्छ । कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले समाजिक सदभाव बढ्छ । फर्म–स्टे, होम–स्टेको र होटलस्टेको सूव्यवस्थापनले पर्यटकको आकर्षण बढ्न गई पर्यटन आवागमन विस्तार हुन्छ । सामाजिक सदभावको दायरा विस्तार भई मौलिक घरेलु बस्तुहरुको उत्पादन बढ्छ । चिनारी एवं चिनोको रुपमा प्रदान गरिने स्थानिय उत्पादनको उपहार आदीले बजार विस्तार हुन्छ । स्वदेशको कृषिउपजबाट निर्मित पहिचान बस्तु विदेशमा विस्तार हुने सुनिस्चित भएकोले पर्यटनलाई कृषिसंग जोड्नु जरुरी छ ।
२. कृषि–पर्यटनको आवश्यकता र वस्तुगत यथार्थ

 कृषि प्रविधि तथा प््रााविधिक विषय आदान प्रदान हुने
कृषि सूचनाको आदान प्रदान भई व्यावसायिक सुनिश्चिता हुने
सम्भाव्यता र व्यवसायीकताको आदान प्रदान हुने ।
स्थानिय उत्पादनको बजार व्यवस्थापन र विस्तारमा सहयोग पु्याउने
कृषि व्यवसायलाई यान्त्रिकरणमा सहयोग पु्याउने
हरियाली विकास भई गुणस्तरीय उत्पादनमा सहयोग पु्याउने
प्रशोधनको नविनता र स्वादमा नविनतामा सहयोग
विदेशी र देशका कृषक तथा कृषि उत्पादन संग प्रत्यक्ष र सानिध्य विस्तार हुने
कृषिमा विशिष्टीकरण हुने र पर्यटनमा सहजीकरण हुने
नयाँ प्राविधियुक्त कृषिको अवलोकन भ्रमणले कृषकको उत्साह बढ्ने
गुणस्तरीय उत्पादनको उपभोगमा आकर्षण बढ्ने
सामाजिक स्तरीयताको वातावरण सृजना हुने
कृषक र वपर्यटक विच सदभावपूण व्यवहारिक सम्बन्ध स्थापित हुने
नविन दृष्यावलोकनको आस्वादन हुने
फर्म स्टे, होम स्टे र होटल स्टेको सुधार भई मौलिक आनन्द प्राप्त हुने
उत्पादन र प्रशोधनमा प्रत्यक्ष सहभागिताले पर्यटकको सन्तुष्टि बढ्ने
मौलिक उत्पादन, मौलिक स्वाद, मौलिक बसोबास एवं मौलिक संस्कृतिको विकास हुने
पर्यटनको क्षेत्र विस्तार भई पर्यटकको संख्या वृद्धि हुने
३. कृषि पर्यटन क्षेत्रविकास र विस्तारमा परिलक्षित उद्धेश्यहरु

पर्याप्त मात्रामा रोजगारीको सृजना गराउने
व्यक्तिगत व्यापार बढाई आय आर्जनमा वृद्धि गराउने
कृषि उपजमा राज्यको परनिर्भरतामा कमि गराउने
स्थानिय आवश्यकता पूर्णरुपमा पूर्ति गराउने
चेतना विस्तार गराई कृषि पर्यटनमा युवा आकर्षण बढाउने
कृषि उत्पादनमा युवा सृजनशिलतको विकास गराउने
गाउँ देखी समुदाय र मुलुकलाई खाद्यान्नमा आत्म निर्भर गराउने
विदेश पलायन भएका युवा बल र बुद्धिलाई स्वदेशको कृषि व्यवसायमा आकर्षित गराउने
अर्गानिक र गुणस्तरीय खाद्य उत्पादनको अभियान संचालन गर्ने
रासायनिक मल र विषादी विस्थापीत गरी प्राङ्गारिक मल र रसादि स्थापित गराउने
“रमणीय वातावरण र दर्शनिय कृषिफर्मको पर्यावरण” भन्ने नारालाई चरितार्थ गराउने
 “गाउँ छोडी शहर नजाउँ शहर बनाउँ आफ्नै गाउँ” भन्ने भावनाको विकास हुने
“आफ्नो गाउँ नमुना बनाउँ, कृषि पर्यटनमा युवाहरुको आकर्षण बढाउँ ”
नमुना गाउँको रुपमा विकास गरी कृषि पर्यटनका प्रति युवाहरुलाई आकर्षण गराउने
४. कृषि– पर्यटन प्रवद्र्धन तथा विस्तारका अन्य संभावनाहरु

कृषि– पर्यटन गन्तव्य कार्यक्रमका प्याकेजहरु आह्वान गरेर ।
देशभित्रका व्यवसायीहरु मार्फत् कार्यक्रम संचालन गराएर ।
विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई कृषि–पर्यटन प्रवद्र्धन तथा बजार प्रवद्र्धन गर्न गराउन प्रोत्साहन गरेर ।
 विभिन्न देशका कृषि व्यवसायीहरु तथा पर्यटनसम्बन्धी काम गर्ने संघसंस्थाहरुसंग समन्वय गरी छलफल तथा सूचना आदानप्रदान गरेर ।
कृषि– पर्यटनबारे बुझेका विज्ञहरुसंग वैचारिक छलफलका साथै सल्लाह सुझाव लिएर ।
कृषि–पर्यटन मेला आयोजना गरी कृषि–पर्यटन प्रवद्र्धन गर्ने सामग्रीहरु प्रदर्शन गरेर ।
छापा तथा विद्युतीय संचारमाध्यमबाट कृषि –पर्यटन संग सम्बन्धित कार्यक्रम लेख रचनाहरु विज्ञापन प्रशारण तथा प्रकाशन गरेर ।
मानिसहरुको बढी आवातजावत हुने ठाउँहरुमा कृषि–पर्यटनसंग सम्बन्धित जानकारीमुलक वोर्ड राखेर, ब्रोसरहरु वितरण तथा सार्वजनिक स्थानहरुमा भिडियोको माध्यमबाट प्रचार गराएर ।
सरकारसंग कृषि–पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता गरेर ।
कृषि–पर्यटन सम्बन्धी मेला सम्मेलन तथा भेटघाटमा जाँदा विभिन्न संघसंस्था तथा मित्रहरुलाई कृषि–पर्यटन संग सम्बन्धित बस्तुहरु उपहार दिएर ।
सम्बन्धित क्षेत्र निकाय तथा पर्यटन वोर्डसंग समन्वय गरेर ।
आवश्यकता अनुसार कृषि–पर्यटन वोर्ड गठन गर्न राज्यसंग समन्वय गरेर ।
कफिबगैंचा

नेपालमा अर्गानिक कफि खेति :
नेपालमा अर्गानिक कफि खेतिको इतिहास लामो छैन । अन्तराष्ट्रिय बजारको मागलाई ध्यानमा राखेर केही बर्ष यता आएर देशका विभिन्न भागमा अर्गानिक कफि फार्महरु संचालनमा आएका छन् , त्यसै क्रममा धादिङ जिल्लाको नलाङ गा.वि.स. वडा नंंं ४ र ५ मा हिमालय अनटप अर्गानिक कफि स्टेट प्रा.लि. कम्पनीको कफि फार्म स्थापना भई अर्गानिक कफि खेतिको शूरुवात भइसकेको छ जुन नेपालकै उच्च स्थानमा रहेको छ ।

यस फार्ममा हाल ५१००० कफिको विरुवा लगाईएको छ । जस मध्य १५००० /२०००० विरुवाले फल दिन थालेको छ भने करिब ६०००० नयाँ विरुवा नर्सरीमा तयार गरिएको छ । आगामी वर्ष भित्र १५००० विरुवा थप्ने कार्य सम्पन्न गरिनेछ । उक्त विरुवाबाट मिति २०७४ साल देखि वार्षिक ४०००० देखि ६०००० के.जि. क्षमताको व्यवशायिक कफि प्रशोधन केन्द्र स्थापना गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुराउने लक्ष्य लिएको छ जुन नेपालको उच्च भूमिमा रहेको मोडल कृषि योजना भएकोले यसले कृर्षि पर्यटनको दिगो प्रवर्धन गर्न सक्ने समेत सम्भावना बोकेको छ ।

कृर्षि पर्यटनको विकाशको सम्भावना :
अर्गानिक कफि खेतिको विस्तारबाट दिगो कृर्षि पर्यटनको सम्भावना बोकेको हुंदा धादिङ जिल्ला उपयुक्त हुने विभिन्न अध्ययनबाट देखिएको छ । यसै अध्ययनको प्रारुप हिमालय अनटप अर्गानिक कफि स्टेट स्थापना भएको छ । यस उद्योगले कृषि पर्यटनलाई समेत महत्वका साथ अगाडी बढाएको छ । यस कफि फार्मले आफ्नै कफि नर्सरी स्थापना गरिसकेको छ भने कफि विरुवाको लागि परनिर्भरता समेत अन्त्य गरेको हुंदा धादिङको अन्य क्षेत्रमा समेत कफि खेति विस्तार गर्न सक्ने सम्भावना बढेको छ ।

यस कम्पनीले सर्वसुलभ तरिकाले कफि खेति गर्न इच्छुक किसानहरुलाई न्यूनतम मूल्यमा कफिको विरुवा उपलब्ध गराउनेछ र कफि खेतिको विस्तारले गाउं गाउंमा कृषि पर्यटनबाट बढि भन्दा बढि आय आर्जनमा सहभागी गराउन सकिने छ । जस्तै इलामा जिल्लामा रहेको चिया बगानको कारणबाट हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरु इलाम जिल्ला भ्रमणमा निस्कने गरेको पाईएको छ भने त्यसै गरि कफि बगान हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा भ्रमणमा आउने छन् ।

अर्गानिक कफि उद्योगबाट वातावरणमा पर्ने सकारात्मक असर :
वातावरणिय हिसावले कफिको विरुवा रोप्ने कार्य नै सकरात्मक पक्ष हो । यसले वायुमण्डलिय प्रदुषण लाई कम गर्नुका साथै भूक्षयलाई रोक्ने कार्य गर्दछ । आधुनिक रासायिनक मलको प्रयोग पुर्ण रुपमा निषेध गरिएकोले स्थानिय स्तरमै प्राङगारिक मलको प्रयोग गरिने हुंदा वातावरण स्वस्थ राख्न मद्धत पुराउंदछ भने प्राङगारिक मलको प्रयोगले माटोको उत्पादनको क्षमतामा अभिवृद्धि हुंदै जानेछ ।

रोजगारीको सृजना :
कफि उद्योग स्थापनाले स्थानिय व्यक्तिहरुलाई दक्षता अनुसारको रोजगारी प्रदान गरेको छ , यो एउटा सकरात्मक पक्ष हो भने वेरोजगारी समस्यालाई केही हदसम्म न्युन गर्ने प्रयास गरिएको छ । स्वस्फुर्त रुपमा यस उद्योगको सक्रियतामा स्थानिय युवा युवतिहरुलाई तालिम दिई कफि खेतिको विकाशमा सहयोग पुराउने लक्ष्य लिएको छ जसले स्वरोजगार हुने अवसर प्रदान गर्नेछ र निजहरुले उत्पादन गरेका कफिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार यसै कम्पनीले प्रवर्धन समेत गर्ने लक्ष लिएको छ । र सम्पुर्ण किसानबाट उत्पादित कफि उचित मूल्यमा खरिद गर्ने प्रवन्ध मिलाउने छ र स्थानिय स्तरमा कफि उत्पादनमा सहभागी किसानहरुलाई आवश्यक तालिम समेत प्रदान गर्नको लागि आवश्यक सहयोग गर्ने छ र स्वरोजगार हुने किसानको आत्मबल उठाउंदै लैजान यस कम्पनी सधैं सहयोग गर्न तप्पर रहने छ ।

(लेखक पर्यटन व्यवसायी हुन्)

No comments:

Post a Comment