नेपालको समग्र पर्यटन विकासका निम्ति ग्रामिण पर्यटन एक अपरिहार्य सावित हुदै गइरहेको छ । सो कुरा पछिल्ला अध्ययनहरुलेसमेत पुष्टि गरिसकेको छ ।
काठमाडौ रिसर्च सेन्टरले गरेको एक अध्ययनअनुसार नेपालको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो टेवा पुर्याइरहेको र पर्यटन उद्योगमा ग्रामिण पर्यटन जोडिएको छ ।
गाउ पर्यटन उद्योग आन्तरिक तथा बाह्य पर्यटन दुवैलाई एक साथ प्रवद्र्धन गर्ने अचूक आर्थिक अस्त्र भएको काठमाडौ रिसर्च सेन्टरका अध्यक्ष डा सुरेन्द्रभक्त प्रधानाङगले बताए । गाउ पर्यटनको अवधारणा ग्रामीण पर्यटनका अवियन्ता डा प्रधानाङगले सन् १९८० मा नेपालको सर्वाङगिण विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतिपादन गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् १९९५ मा पहिलो पल्ट गाउँ पर्यटन अवधारणालाई पर्यटन नीतिमा समावेश गरेको थियो । तत्पश्चात् नवौँ पञ्चवर्षीय योजनामा नमुना पर्यटकीय गाउँ निर्माण गर्ने योजना तर्जुमा गर्नुका साथै रु ४० हजार बजेटसमेत विनियोजन गरेको थियो ।
हाल गाउँ पर्यटनको विकासको साथै नेपालमा आन्तरिक पर्यटन पनि बढ्न थालेको छ । नेपाली पर्यटक स्वदेशमै रमणीय गाउँ तथा सहरी क्षेत्रमा घुम्ने रमाउने प्रवृत्तिको विकास भएको छ भने मनग्य खर्च गर्ने स्वदेशी पर्यटक अब विदेशी पर्यटकभन्दा कम छैनन् । विदेशी पर्यटकले एक दिनमा सरदर ३७.५ अमेरिकी डलर अर्थात् रु तीन हजार ५५२ खर्च गर्ने गर्छन् भने नेपाली स्वदेशी पर्यटकले रु दुई हजारदेखि चार हजारसम्म खर्च गर्ने गर्दछन् ।
नेपालमा गाउँ पर्यटनको प्रवद्र्धन तथा विकासको कारण आन्तरिक पर्यटक सङ्ख्यामा वृद्धि भएको छ । हाल नेपालमा आन्तरिक पर्यटकको सङ्ख्या ४० लाख पुगेको अध्ययनले देखाएको छ । नेपालमा विप्रेषण आम्दानी भित्र्याए पश्चात् स्वदेशमै घुमफिर गरी रमाउने प्रवृत्ति बढेको छ ।
नेपालका धार्मिक स्थलमा देवदेवीको दर्शन गर्न धार्मिक पर्यटक पनि वृद्धि भइरहेका छन् । गाउँमा पर्यटकीय गाउँको विकासको लहर छाएको छ । हालसम्म नेपालमा करिब ६ सय वटा गाउँमा पर्यटनको विकास अर्थात् घरबास पर्यटन (होम स्टे) सुरु भएको छ ।

No comments:
Post a Comment