कृषि विकास मन्त्रालयका सचिव उक्तम कुमार भट्टराईले कृषिमा आत्मनिर्भर वन्नका लागि साना किसान कार्यक्रम एक उपयुक्त विकल्प रहेको वताउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि र साना किसान विकास वैंकको संयुक्त आयोजनामा भैरहवामा भएको साना किसान कृषि सहकारी संस्थाहरुको हस्तान्तरण कार्यक्रममा सचिव भट्टराईले साना किसान कार्यक्रमले ग्रामिण क्षेत्रका किसानको आर्थिक क्षमता विकाससंगै कृषिमा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउनुभयो । नेपाल सरकार कृषि विकास मन्त्रालय र इफार्डको सहयोगमा सञ्चालन गरिएको किसानका लागि उन्नत विउ विजन कार्यक्रम अन्तर्रगत स्थापना भएका कृषि सहकारी संस्थाको हस्तान्तरण कार्यक्रममा भट्टराईले नेपालमा साना किसान कार्यक्रमलाई मोडलका रुपमा अगाडी वढेको र यो कार्यक्रम देशका सवै ग्रामिण क्षेत्रमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उँहाले उत्पादन र उत्पादकत्व वृद्धी गर्न महत्वपूर्ण योगदान रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमबाट ग्रामिण क्षेत्रको दिगो विकास, महिला शसक्तिकरण, कुपोषणको अन्त्य, आर्थिक सम्पन्नता, सामाजिक मेलमिलाप र परनिर्भताबाट उन्मुक्ति लगाएतमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । कृषि विकास मन्त्रालयले किसानको आय आर्जन र क्षमता विकासका लागि विभन्न कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उँहाले साना किसानका सदस्यहरुले यसबाट भरपूर फाईदा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । सचिव भट्टराईले साना किसानको विकास र कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न ग्रामिणस्तरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकको भूमिका महत्वपूर्ण रहेको प्रति प्रशंसा गर्नुभयो । उँहाले सदस्यहरुको आप्mनै संलग्नतामा सञ्चालन गर्ने प्रतिवद्धता सहित हस्तान्तरण भएका संस्थाहरुको वृहत्तर हितका लागि सरकारले पूर्ण सहयोग गर्ने वताउनुभयो । यसैविच नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकका अध्यक्ष खेम वहादुर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा किसानका लागि उन्नत विउ विजन कार्यक्रमका प्रवन्धक लक्ष्मण पौडेलले नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकसंगको सहयोगमा ग्रामिण क्षेत्रको विकेन्द्रीत पूँजीलाई केन्द्रीकृत गरी किसानकै हितमा लाग्ने कार्य उदाहरणिय भएको बताउनुभयो । उँहाले संघ र वैंकसंगको सहत्रालाई अझै मजवुत र दिगो वनाउँदै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साना किसान विकास वैंकका सिईयो जलन कुमार शर्मा, कृषि विकास वैंकका क्षेत्रीय निर्देशक अरुण ढुङगाना, कृषि विकास मन्त्रालय वैदेशिक सहायता महाशाखाका महेन्द्र पौडेल लगाएतका वक्ताहरुले साना किसानका संस्थाहरुले आर्थिक समृद्धिमा पु¥याएको योगदान स्मरणिय रहेको बताउनुभयो । कार्यक्रममा स्वागत गर्दै नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रवन्धक रुद्र भट्टराईले साना किसानका ७ सय भन्दा बढि संस्थाहरु मार्फत ६९ वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको, ३२ हजार सहकारीका सामाजिक युवा अगुवा नेतृत्वकर्ता तयार गरेको, ३६ सय युवालाई व्यवसायिक कृषिमा संलग्न गराएको, ३१ अर्वभन्दा बढि साना किसानहरुले आप्mनै पूँजी आफै परिचालन गर्न थालेको जानकारी गराउनुभएको थियो । उँहाले साना किसान कार्यक्रम अहिले ८ लाख घरधुरीमा पुगेको भन्दै आगामी १ वर्षमा देशका सवै जिल्लामा अफ्नो सेवा विस्तार गर्ने र किसानहरुले आर्थिक समस्याका कारण साना तिना काम गर्नबाट वञ्चित हुन पर्ने अवस्था सृजना हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । -
No comments:
Post a Comment