रिसव गौतम
महाकवी लक्ष्मीप्रसाद देवकोटाले आफ्नो बहुचर्चित निबन्ध ‘के नेपाल सानो छ ?’ मा नेपाल सानो भए पनि सुन्दर छ, आफैँमा विशाल छ भने । आँखाको नानी सानो हुन्छ, बालुवाको कण झन् सानो हुन्छ, तर पनि त्यसको महŒव विशाल हुन्छ । त्यस्तै नेपाल सानो भए पनि निकै विशाल महŒवको छ भनेर लेखेका थिए । झन्डै ६ दशकअघि लेखिएको उनको निबन्धले नेपालबारे निकै दूरदर्शी महŒव प्रस्ट्याएको देखिन्छ । हुन पनि संसारमै अनौठोझँै लाग्ने भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यले भरिभराउ छ, नेपाल । तर ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भन्ने नेपाली उखान जस्तै भएको छ, यहाँको प्राकृतिक सम्पदा । अथाह सम्भावना हुँदाहुदै अभाव र गरिबीमा रुमलिएको छ, नेपाल ।
विश्वमा जे–जति आधुनिकता र कृत्रिमताले व्यापकता पाउँदै गएको देखिन्छ, उति नै प्रकृति र पर्यावरणको महŒव उज्जागर हुँदै पनि छ । त्यसको अलावा कृत्रिमखालका अनियन्त्रित विकासले पर्यावरणलाई ध्वस्त बनाउँदै लगेको छ । एकातिर कृत्रिमताले व्यापकता पाएको छ भने अर्कोतर्फ प्रकृतिप्रेमीहरूको संख्या तीव्र बढ्दै पनि गएको छ । पछिल्लो दशक प्राकृतिक सौन्दर्य नियाल्ने र त्यसबाट आनन्द लिनेहरूको संख्या विश्वव्यापी रूपमा बेजोडले बढ्दै गएको देखिन्छ । प्रकृतिप्रेमीहरूको संख्या बढ्दै जाँदा महाकवीले भनेजस्तो सुन्दर नेपालको महŒव झन् विशाल हँुदै गएको महसुस हुन्छ । वास्तवमा महाकवि देवकोटाले भनेजस्तो के छैन र नेपालमा ? हरियाली वन सम्पदा छ, जडीबुटीको सागर छ, विश्वमै सबैभन्दा अग्ला मानिने गगनचुम्बी सेता हिमालहरू छन् । आँखाले हेरेर नभ्याउने भीमकाय पहाडहरू छन् । समथर तराइका ऊर्वर जमिनहरू छन्, जहाँ अन्न भण्डार छ । अनेकौँ किसिमका बालिनाली लहलह झुलिरहेका छन् । यही नेपालमा विश्वमै दुर्लभ मानिने ७५० भन्दा बढी प्रजातीका पन्छी छन् । दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैंडाहरू यही नेपालमा छन् । वर्षैभरि अविच्छिन्न बगिरहने नदीहरू जतातत्तै सुसाइरहेका हुन्छन् । सयौं भाषा, सयौं संस्कृति छन् । फरक फरक जलवायु छ । अर्थात् नेपालमा अथाह सम्भावनाको स्रोत छ । तर, पनि नेपाल विश्वसामु किन पछि परिरहेको छ ? किन खुसी, सम्पन्नता, शान्ति र विकास व्यवस्थित हुन सकिरहेको छैन ? चिन्ताको विषय बनेको देखिन्छ ।
नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवद्र्धन गर्ने हो भने समृद्धिको ढोका सहजै खुल्ने सम्भावना छ । ‘वल्र्ड टुरिज्म अर्गानाइजेसन’का अनुसार विश्वको प्रमुख पर्यटकीय गन्तव्यमध्ये नेपाल छैटौं आर्कषक गन्तव्यमा पर्छ । जबकि नेपालका कैयांै पर्यटकीय महŒवका स्थलहरू अझै छुपेका छन् । पर्यटकीय पूर्वाधारको अभाव उस्तै छ । अर्को अन्तर्राष्ट्रिय तथ्यअनुसार पछिल्लो समय पर्यटकीय क्षेत्रको व्यापार अचाक्ली बढेको छ । पर्यटन क्षेत्रकै लागि विश्वमा हाल ३ सय विलियन डलरभन्दा बढी लगानी भइसकेको छ, जसमा आधा खर्च चीन र अमेरिकाले गरेका बताइन्छ । लगानी उच्च भएकै कारण हुन सक्छ, सन् २०११ मा चीनमा झन्डै ६ करोड मानिसले पर्यटक भएर भ्रमण गरेका थिए । चीनमा बढ्दै गएको पर्यटकीय व्यापारलाई राजनीतिक स्थायित्व र शान्ति, सुव्यवस्थालाई पनि जोडेर हेरिएको पाइन्छ । त्यस्तै भारतमा यतिखेर ५० लाखभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगारी पाइरहेका छन् । राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ । उसले सन् २०२० सम्ममा कम्तीमा ४ करोड जनतालाई पर्यटन क्षेत्रमा रोजगारी दिलाउने महŒवाकांक्षी लक्ष्य लिँदै आएको छ । त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भिœयाउने राष्ट्रमा पर्छ । पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, यूकेलगायत मुलुकहरू पर्यटक आगमनमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन् । पर्यटक आगमनको यसखालको तथ्यांकले प्रकृति मात्रै सबैथोक होइन, पर्यटनमैत्री वातावरणको पनि खाँचो छ भन्ने प्रस्ट गर्दछ । यसर्थ नेपालमा खाँचो भनेको दीर्घकालीन पर्यटन नीति र पर्यटनमैत्री वातावरणको हो ।
पर्यटनका लागि प्रविधिको विकास, बाटोघाटो एवं पुलपुलेसाको विकास, शान्ति–सुरक्षाको प्रत्याभूति, सम्मानजनक व्यवहारको विकास, पर्यटकअनुसारको भाषाको विकास, स्थान चिनारीमा सहजता, खाद्य सुरक्षा, सुविधाजनक होटेल र रेस्टुरेन्टको ग्यारेन्टी, यातायातको सहजता, हवाई सुविधा जस्ता थुप्रै कुरामा सरकारले ध्यान पु¥याउन जरुरी देखिन्छ । नेपालका लागि पर्यटन थोरै लगानीमा धेरै आमदानी गर्न सकिने क्षेत्र भए पनि बाँझो खेत सरह हँुदै आएको छ, जुन दुखदायी छ ।
पर्यटन क्षेत्रको सामान्य प्रवद्र्धन हुँदा पर्यटन आय बढ्छ र पर्यटक आगमन बढ्छ भन्ने तथ्य सन् २०११ मा मनाइएको पर्यटन वर्षले दिएकै हो । सन् २००९ सम्ममा ५ लाखको हाराहारीमा पर्यटक भित्रिरहेको परिप्रेक्ष्यमा सन् २०११ मा पर्यटन बर्ष मनाउँदा ३० प्रतिशतले वृद्धि भएर ७ लाख ५० हजारको संख्यामा पर्यटक भित्रिएका हुन् । त्यसले कुल राष्ट्रिय आमदानीमा सो वर्ष ३ प्रतिशत योगदान गरेको थियो । तर, त्यसपछिका वर्षहरूमा नेपालमा ७ लाख पर्यटक पनि प्रतिवर्ष भित्रिन सकेका छैनन् । त्यसकारण अथाह पर्यटकीय सम्भावना रहेको नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन र पर्यटनमैत्री वातावरणको ठूलो खाँचो छ । भलै २०७३ साललाई सरकारले आन्तरिक पर्यटन वर्ष मनाउने भनेर घोषणा गरेको छ ।
अभूतपूर्व रूपमा सूचना र सञ्चारको क्षेत्रमा भएको प्रगतिले विश्व नै एउटा गाउँमा सीमित भएको परिदृश्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि सहजता पनि थपिएको छ । अहिलेको ई–कमर्स र इन्टरनेटको जमानामा पर्यटन प्रवद्र्धन धेरै सहज पनि छ । तर, अन्तर्राष्ट्रिय जगत्मा तथ्यवद्र्धक एवं विश्वसनीय रूपमा पर्यटन प्रवद्र्धन गर्न आवश्यक हुन्छ । यद्यपि, सरकारले पर्यटन नीति, २०६५ जारी गरि पर्यटकीय सम्भावनालाई लिएर निकै प्रगतीशील नीति कार्यक्रमको व्यवस्था गरेको देखिन्छ । त्यस्तै पर्यटन क्षेत्रसँग सोझै जोडिएको अहं महŒवको हवाई नीतिलाई पनि सरकारले परिमार्जन गर्दै हवाई ऐन, २०६३ ल्याएको पनि सात वर्ष बितिसकेको छ । भौगोलिक अवस्थिति एवं भू–धरातलीय स्वरूपका कारण आन्तरिक एवं बाह्य सम्पर्कका लागि हवाई सेवाको निकै महŒव रहँदै आएको छ । त्यसले गर्दा हवाई नीति पर्यटकीय क्षेत्रको विकास एवं विस्तारको लागि ज्यादै महŒवपूर्ण रहेको देखिन्छ ।
नेपालमा योजनाबद्ध विकास कार्यक्रम अन्तर्गतको नवौं योजनाले ग्रामिण पर्यटन, महोत्सव पर्यटन, खेलकुद पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनलगायतको नयाँ अवधारणाको सुरुवात गरेको पाइन्छ । त्यसपछिका वर्षहरूमा पर्यटन क्षेत्रको विकास हुँदै आएको छ । आन्तरिक रोजगारी सिर्जनाको अब्बल माध्यमका रूपमा पर्यटन क्षेत्रलाई लिन थालिएको छ । तर, वास्तवमा अझै पनि पर्यटकहरूलाई सोझै नेपालसम्म आउने भरपर्दो हवाईसेवा सञ्जाल विस्तार हुन सकेको छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर सरकारले घोषणा गरेको धेरै भइसकको छ । तर हालसम्म काम अघि बढ्न सकेको छैन ।
संख्यात्मक एवं गुणात्मक रूपमा पर्यटन क्षेत्रको वृद्धि गर्न सकिएको छैन । हवाई, होटल, ट्राभल, टुरजस्ता गतिविधिहरूलाई व्यवस्थित गर्न सकिएको छैन । पर्यटन क्षेत्रमा संग्लन हुनेहरूबीच आपसी समन्वय हुन सकेको छैन । आन्तरिक पर्यटनलाई पर्यटन क्षेत्रको उपक्षेत्रको रूपमा लिइएको छ । तर आन्तरिक पर्यटन बढाउन सकिएको छैन । यसरी आन्तरिक रूपमै पर्यटन गतिविधि बेवास्तामा
परिरहँदा न पर्यटन क्षेत्रको महŒवबोध हुन सकेको छ, न त पर्यटन व्यापार र प्रवद्र्धनमा नै वृद्धि गर्न सकिएको छ । भित्रिएका पर्यटकहरूको समेत बसाइ अवधि लम्ब्याउने तथा खर्च गर्ने इच्छा शक्ति जगाउन सकिएको छैन । नीतिमा निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा प्रोत्साहन गर्ने भनिएको छ । तर उचित किसिमको कार्यक्रमसहितको सार्थक प्रोत्साहन हुन सकेको छैन । पर्यटन रणनीति, बजार, सम्भावना र वर्तमान अवस्थाबारे जुनखालको शोध तथा अध्ययन अनुसन्धान बढाउँदै लैजानुपर्ने हो, त्यो झनै हुन सकेको देखिँदैन ।
ग्रामीण पर्यटनलाई गरिबी निवारणसँग जोड्ने भनिएको छ । तर, कसरी जोड्ने त भन्ने कुरामा सार्थक कार्यक्रमको कल्पनासम्म गरिएको छैन । एवं रीतका भनाइ र गराइमा अन्तर छन् । अनेकन समस्या एवं चुनौती छन् । तर, त्यसको यथोचित सम्बोधन हुन सकेको छैन । विडम्बना, एनआरएन जस्तो लब्धप्रतिष्ठित संस्था भने के गर्ने, कसो गर्ने भनेर बरालिएको देखिन्छ । उसले वास्तवमा ध्यान दिनुपर्ने क्षेत्र भनेको पर्यटन नै हो । पर्यटनले नेपालको व्यापारघाटा घटाउने मात्र होइन, राष्ट्रिय आत्मनिर्भरता जागृत गर्दछ । पर्यटन क्षेत्रभित्रकोे कृषि पर्यटनमार्फत खाद्य सम्प्रभुताको समेत ग्यारेन्टी गर्न सकिन्छ । त्यसकारण कृषि पर्यटन अझ नेपालको लागि महŒवपूर्ण छ । यसर्थ पर्यटनजस्तो विविध विधा समेटिएको दीर्घकालीन सम्भावनाको क्षेत्रमा नेपालले हात धोएरै लाग्नुपर्छ । अनुकूल वातावरण हुनासाथ नेपालमा पर्यटक बढेको अनुभव छन् । त्यसकारण नेपालले प्रकृतिको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्छ, जुन चुनौतीको विषय पनि हो । विश्वमा हरित आर्थिक विकासको अवधारणा लागू हुन थालेको अवस्थामा नेपालजस्तो पर्यावरणीय मुलुकले पर्यटन क्षेत्रबाट लाभ लिने सम्भावना अथाह रहन्छ । महाकवी देवकोटाले भनेजस्तो सानो नेपालमा पर्यटकीय विशाल सम्भावना छ ।

No comments:
Post a Comment