Friday, October 7, 2016

ग्रामिण बिकासमा प्रविधिका अभियन्ता

विद्यालय जिवनमा कम्प्युटर त टाढाको कुरा थियो, उनले ७ कक्षासम्म त पढ्ने किताव नै देखेका थिएनन् । ४५ वर्षअघि म्याग्दीको भिरपाखामा जन्मेका महविर पुन र काठमाण्डौका सम्भ्रान्त परिवारका वालवालिकाको वाल्यकालसागैको जिवनशैली तुलना गर्ने हो भने १८० डिग्रीको फरक पाइन्छ । तर, विद्यालयमा चप्पल समेत नलगाई किताब समेत नदेखी पढेको त्यो केटा आज नेपालको आइटी क्षेत्रको हिरो र विश्वका लाखौ मानिसहरुको स्वलुउटको भागिदार भएको छ ।
कक्षा ७ सम्म म्यागदीको नागी गाउामा पढेका पूनले त्यसपछिको पढाईको लागि आर्थिक कारणले पोखरा बस्न सक्ने स्थिती नभएपछि चितवनको एक आफन्त पर्ने परिवारमा काम गर्दै पढ्न थालेका थिए उनले ।

चितवनमा कक्षा ८ पढ्न थालेपछि मात्र उनले किताब देखेका थिए र चप्पल चलाएका थिए । विद्यालय स्तरको पढाई सकेर अध्ययन गर्दै एक सामान्य विद्यालयमा अध्यापन गराउन थालेका पूनले एसएलसीको परिक्षामा गार्डबस्दा निरिक्षकको गाली सहन नसकेर काम गर्नै छोडे । त्यपछि उनको जिवनले फरक मोड लियो । सन् १८८९ मा दाजुको सहयोगमा अमेरिकाको यूनिभर्सिटी अफ नेब्रास्कामा मास्टर्स डिग्री गर्न अमेरिका लागेका थिए उनि । सन् १९९२ मा मास्टर्स डिग्ी सकेर उनि नेपाल फर्के र लागे आफ्नै जन्मस्थानलाई सिंगार्न ।

जागिर खाएर बस्न नसक्ने स्वभावका पूनले गााउहरुमा कम्प्युटर शिक्षा मार्फत सबैलाई साक्षर बनाउने अभियानतर्फ हात बढाए । हो, उनि त्यस्ता व्यत्ति थिए, जसले हजारौ बालवालिकाको भविश्यमा उज्यालो मुहार छर्ने काम गरे । किताब नै नदेख्ने गााउहरुमा इन्टरनेटको जालो फैलाउदौ उनले नयाा सम्भावनाको बाटो देखाए । उनको योगदानको उच्च मुल्यांकन स्वरुप सन् २००७ मा म्यागासेसे (एसियाको नोबेल पुरुस्कार मानिन्छ) पुरस्कारबाट सम्मानित भए । हो, उनै हुन – डा. महाविर पुन, जसको आइसिटी प्रोफाइल प्रस्तुत गर्ने जमर्को लिभिङ विथ आइसिटीले गरेको छ ।







पश्चिम नेपालका हिमाली जिल्लाहरुमा कम्प्युटर शिक्षा पुर्याउनु र सबैलाई सञ्चारको माध्यममा जोड्ने इन्टरनेट पुर्याउनु सजिलो पक्कै थिएन । तरपनि, अमेरिका क्षेत्रमा एक डलरको अभियान चलाएर होस र सहयोग माग्दै गााउ गााउमा उनले वारयलेस प्रविधिको विस्तार गरे । उनको यो प्रयास फलस्वरुप नै थुप्रै सम्मानहरु पनि पाए । उनले अमेरिकामा अध्ययन गरेको विश्वविद्यालयलले सन् २००७ मा डा. (Honorary Degree, Doctor of Humane Letters) को सम्मान पनि दियो । उनको वारयलेस प्रोजेक्ट अहिले २० पहाडी जिल्लाहरुमा विस्तार भइसकेको छ । आफ्नो हातखुट्टा र सास रहुन्जेल आइसिटीको अभियानमा लागिरहने उनि बताउछन् । आइसिटी प्रोजेक्टलाई सहयोग पुर्याउने उदेश्यले महाविर पुन विगत एक महिनादेखि काठमाण्डौको ठमेलमा एक रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । महाविर सेन्टर फर नेपाल कनेक्सन नाम रहेको उक्त रेस्टुरेन्ट नाफा कमाउने उदेश्य नभई विश्वका मानिसहरुको सम्पर्क स्थापित गरि ग्रामिण क्षेत्रका आइसिटी प्रोजेक्टलाई अगाडी बढाउनु नै रहेको पुन बताउछन ।



जब महाविर पून अमेरिकाको पढाई सकेर गाउ फर्के, उनले गााउ नै छेक्ने पहाडहरुलाई इन्टरनेटको जालोले जोड्ने प्रयास सुरु गरे । कहाा त्यति सजिलो थियो र त्यो काम । मनग्गे पैसा भएका इन्टरनेट कम्पनीहरु पुग्न नसकिरहेको त्यो गााउमा अमेरिकामा रहेका आफन्तहरुको केहि आर्थिक सहयोगबाट थालनी गरेका थिए । हिमाञ्चल क्षेत्रमा कम्प्युटर शिक्षाको ज्योती फैलाउन थालेस्वरुप हिमान्चल एजुकेशन फाउन्डेशन अघि बढाउन थाले । अमेरिकामा एक डलर सहयोगको अभियान पनि चल्यो तर त्यसबाट खासै ठुलो सहयोग हुननसकेको उनि बताउछन् । इमेल गर्न २ दिन हिडेर पोखरा पुग्नुपर्ने गाउामा पुनले गााउमै इन्टरनेट र वेबसाइटको जालो फैलाउदै च्यांग्रा बेच्ने, सामान बिक्रीको जानकारी र सुचनाहरु अनलाइन मार्फत सुरु गरेर गाउको मुहार फेर्ने प्रयास गरे । उनको यो अभियान म्याग्दी हुदै छिमेकी जिल्लाहरुमा बिस्तार भयो । स्थानियबासी र विदेशमा रहेका साथीहरुको सहयोगले उनलाई हौसला बढाउदै लग्यो । सन् २००७ मा म्यागासेसे पुरस्कार पाउनुअघिसम्म न त उनलाई काठमाण्डौले चिन्थ्यो न त नेपालका मिडियाहरुले नै । अवार्ड पाएपछि उनको चर्चा यतिका चुलिदै गयो, जसले नेपालीहरुमाझ स्वलुउट गर्न लायक व्यत्तिको रुपमा परिचित गरायो ।

“२ लाख अमेरिकी डलर बराबरको उक्त सहयोगले उनको प्रोजेक्ट विभिन्न २० जिल्लासम्म विस्तार भयो । उनले कहिल्यै सहयोग माग्दै हिडेनन्, बरु निरन्तर पसिना बगाइरहे आफ्नो काममा । दर्जनौ सस्थाहरु उनलाई खोज्दै गााउ नपुगेका पनि होइनन्, उनको अभियान वाहेक अन्य सर्तहरुका सहयोग उनले स्विकार गरेनन् । उनि भन्छन विनाशर्त मेरो काममा कसैले गर्छ भने म सहयोग लिन तयार छु । “



देशमा आन्तरिक द्धन्द जारी रहेको बेलापनि महाविर पूनको अभियानले थाती मारेन । धेरै अफ्ठारा अवस्थाहरु पर गर्दै गएका थिए उनि । सबैभन्दा ठुलो समस्या त आर्थिक नै थियो, जसले उनको वायरलेस इन्टरनेट विस्तारको सपनामा चुनौती दिइरहन्थ्यो । अवार्ड पाएपछि उनलाई काठमाण्डौ र सिंहदरवारले त चिन्यो तर सहयोग गर्नेतर्फ चासो देखाएन । एशिया प्यासिफिक टेलिकम्युनिकेशनबाट अहिलेसम्मकै ठूलो रकमको सहयोग पाएका छन उनले । २ लाख अमेरिकी डलर बराबरको उक्त सहयोगले उनको प्रोजेक्ट विभिन्न २० जिल्लासम्म विस्तार भयो । उनले कहिल्यै सहयोग माग्दै हिडेनन्, बरु निरन्तर पसिना बगाइरहे आफ्नो काममा । दर्जनौ सस्थाहरु उनलाई खोज्दै गााउ नपुगेका पनि होइनन्, उनको अभियान वाहेक अन्य सर्तहरुका सहयोग उनले स्विकार गरेनन् । उनि भन्छन विनाशर्त मेरो काममा कसैले गर्छ भने म सहयोग लिन तयार छु ।

महाविर पूनले देखाएको बाटोमा सबैले काम गरे देशमा बढिरहेको डिजिटल डिभाइडको ग्याप पक्कै कम हुनेथ्यो । एक्ललैले देशभर गर्न सक्ने काम पनि होइन, यसको लागि सबैले मिलेर ग्रामिण क्षेत्रमा काम गर्नुपर्ने उनको भनाई छ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न ग्रामिण क्षेत्रमा दर्जनौ टेलिमेडिसिन सेन्टरहरु सञ्चालन गरेर अकालको मृत्वुबाट ज्यान जोगाउने काम पनि गरेका छन् । उनको प्रोजेक्टमा निरन्तर सहयोग गर्नेहरुको कमि छैन । १५ जना व्यत्तिहरु स्वमसेवकको रुपमा पूनको कार्यमा निरन्तर सहयोग गरिरहेका छन् । सरकार आइटीको विकास र विस्तारमा देखिएको उदासिनताले काम गर्न गाह्रो भएको पुन बताउछन् । तर सरकारको
मुख ताक्नुभन्दा आफ्नो तर्फबाट जे सकिन्छ, त्यो गर्नु नै बुद्धिमानि हुने उनको महान विचार छ ।


“उनको आलोचना गर्ने र कुरा काट्ने मानिसहरुको जमात नभएको पनि होइन । समाजिक रुपमा यतिका काम गरेर महाविर बन्न्का लागि उनको संघर्ष र दुखको कथा बेग्लै छ । उनि अरुले के भने भनेर पछि लाग्दैन, आफ्नो काम कसरी राम्रो गर्ने भन्ने ध्ययले अघि बढाएको छ ।”




नेपालको राजनीति अवस्थाले यसप्रति इच्छा नभएको उनि बताउछन् । राजनीति गरेभने त नया कुराको सृजना गर्नै सक्दिन, उनि भन्छन । सादा जिवन उच्च विचारले भरिएका महाविर पून एकदमै सरल व्यत्ति रहेका छन् । उनलाई पहिलोपटक भेट्नेले पत्याउनै गाह्रो पर्छ कि, विश्वभर चिनिएका महाविर पून यस्तै हुन त ? यो प्रश्न धेरैमा आउन सक्छ । उनि भन्छन – राम्रो खाने राम्रो लाउने बेलामा आफूले कहिल्यै राम्रोलगाउन पाइएन । मैले आफुले कपडा किनेर लगाएको छैन । गाउ गाउामा हिड्दा सुटेड बुटेड भएर डुल्दा पनि काम छैन । म अफिसमा काम गर्ने भएपो राम्रो लगाउनु गाउामा बस्नेलाई किन राम्रो चाहियो र ?



हो, यि यस्तै कुराहरुले गाउले महाविर पूनलाई धेरै उचाइको महाविर बनाएको छ । उनले गरेको काम, पाएको अवार्ड र जिवनशैलीले नेपालका केहि एलिट वर्गहरुको लागि बुद्धिविलास गर्ने विषय भएको छ । हाफ पाइन्ट, ट्ेकिङ स्लिपर लगाएर नै उनले सिंहदरवारमा कोट पाइन्टले ठटिएकाहरुसाग २० जिल्लामा पुगेको वायर प्रोजेक्टको कथा सुनाइसकेका छन् । इख विनाको मानिस र विख विनोका सर्प काम लाग्दैन भन्ने नेपाली उखान झै उनले इख लिएर अघि नबढेका भए महाविर पुन एक शिक्षकै रुपमा सिमित हुन्थे होला । उनको आलोचना गर्ने र कुरा काट्ने मानिसहरुको जमात नभएको पनि होइन । समाजिक रुपमा यतिका काम गरेर महाविर बन्न्का लागि उनको संघर्ष र दुखको कथा बेग्लै छ । उनि अरुले के भने भनेर पछि लाग्दैन, आफ्नो काम कसरी राम्रो गर्ने भन्ने ध्ययले अघि बढाएको छ । आइटी क्षेत्रबाट एफएनसीसीआईका प्रतिनिधी विप्लवमान सिंह भन्छन, महाविर साह्रै सोझो मानिस , उनले विभिन्न अन्तराष्ट्यिस्तरबाट धेरै सहयोग लिएर अघि बढ्न सक्थे तर गरेनन् ।

“धरै यूवाहरुका दर्शनयोग्य पात्र भएका महाविर पुनले समाज परिवर्तनको यो अभियान आफु बाचुन्जेल जारी राख्ने बताउछन् । एक साधारण व्यत्ती महाविर पुनले आइटीको माध्यमबाट समाज परिवर्तन गरेर देखाएका छन् ।”




महाविर पुनले गरेको योगदानको मुल्यांकनस्वरुप विभिन्न अन्तराष्ट्यि संघसस्था देखि लिएर ग्रामिण क्षेत्रमा सम्मानहरु पाएका छन् । काठमाण्डौ आउदा प्राय मोडल हस्पिटलको टेलिमेडिसिन कक्षमा भेटिने महाविर पुन आजभोली ठमेलको महाविर सेन्टर फर नेपाल कनेक्सनमा भटिन्छन । विभिन्न विदेशी तथा स्वदेशी व्यत्तिहरुको सागको भेटघाट, नया योजना र आफ्नो प्रोजेक्ट अझ विस्तार गर्ने योजना अनुरुप उनि ठमेल छिरेका हुन । उनिसाग धेरै योजनाहरु छन् त्योमध्धे ईनोभेसन सेन्टर खोलेर युवाहरुको लागी केहि नयाा काम गर्ने सोचमा अघि बढेका छन् । धरै यूवाहरुका दर्शनयोग्य पात्र भएका महाविर पुनले समाज परिवर्तनको यो अभियान आफु बाचुन्जेल जारी राख्ने बताउछन् । एक साधारण व्यत्ती महाविर पुनले आइटीको माध्यमबाट समाज परिवर्तन गरेर देखाएका छन् । उनको अभियान र कामप्रति हाम्रो स्वलुइट र शुभकामना

No comments:

Post a Comment