परम्परागत शैलीका पर्यटन गतिविधिबाट प्राकृतिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको क्षयीकरण तथा अतिक्रमणलाई न्यूनीकरण गर्न वैकल्पिक पर्यटनको अवधारणा अगाडि आएको हो। पर्यटकलाई मनोरञ्जनका गतिविधि सञ्चालन गर्ने सर्न्दर्भमा व्यवसाय सञ्चालकहरूबाट अस्वस्थ प्रतिस्पर्धा र अति व्यावसायीकरणतर्फ उन्मुख हुँदा धेरै नकारात्मक असर देखिएपछि जिम्मेवारीपूर्ण पर्यटन गतिविधिको विषय अगाडि आएको हो। प्राकृतिक एवं सांस्कृतिक क्षेत्रको भ्रमण गर्दा त्यहाँ रहेका सम्पदालाई असर नपुग्ने पर्यटन गतिविधि सञ्चालन गर्नु पर्छ भन्ने मान्यता जिम्मेवारीपूर्ण पर्यटनले राख्दछ। पर्यटकीय आकर्षणका वस्तुबाट स्वच्छ, मनोरञ्जन एवं फरक अनुभूति बटुल्ने पर्यटकका गतिविधिले नै विश्वव्यापी रुपमा समूहगत पर्यटनका नकरात्मक गतिविधिलाई विस्थापित गरेको छ। यसर्थ भनिन्छ कि : पर्यटन वरदान हो, थोरै मात्रामा अभिशाप पनि, किनकी यसले केही मात्रमा भए पनि विशेष गरी विकासोन्मुख देशको वातवरण र संस्कृतिलाई नोक्सान पुर्याउँदछ। त्यसैले प्राकृतिक र सांस्कृतिक विविधतालाई जोगाएर पर्यटनको दीगो विकास गर्न पर्यापर्यटनको अवधारणा विकास भएको हो भन्न सकिन्छ। नेपालको पर्यटन पनि विषेश गरी यहाँको प्राकृतिक तथा सांस्कृतिक सम्पदामा आधारित भएको हुँदा पर्यापर्यटनको अवधारणा अनुरुप पर्यटनलाई ग्रामिण क्षेत्रसम्म विस्तार गरी यसलाई ग्रामिण जनजीविकाको आधार बनाउने गरी अगाडि बढाउनु आवश्यक देखिन्छ।
प्राकृतिक तथा सांस्कृतिक सम्पदामा आधारित पर्यापर्यटन वातवरणमैत्री हुन्छ। दीगो पर्यटन विकासको अवधारणा सन् १९८८ बाट सुरु भए पनि ९० दशकपछि मात्र त्यसको व्यवहारिक प्रयोग भएको देखिन्छ। यस अवधारणाले मूलतः कुनै पनि स्थानको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सम्मान गर्दै तिनीहरूमा कुनै असर नपुर्याइकन त्यसबाट प्राप्त गरिने ज्ञान एवं स्वच्छ मनोरञ्जनमाथि जोड दिइएको छ। पर्यापर्यटन विश्व पर्यटन बजारकै साझा अवधारणाको रुपमा विकास हुँदै आएको छ। यद्यपि यसलाई प्रकृति पर्यटन, उपयुक्त पर्यटन, सांस्कृतिक पर्यटन, दीगो पर्यटन, जिम्मेवार पर्यटन, साहासिक पर्यटन, वैकल्पिक पर्यटन आदि नामद्वारा चिनाउने गरिएको छ। पर्यापर्यटनको आफ्नो छुट्टै नाम पहिचान र परिभाषा रहेको भए पनि पर्यापर्यटनको अवधारणा १९७० र ८० को दशकमा सञ्चालित वातावरणीय आन्दोलनको गर्भबाट जन्मिएको हो। जिम्मेवारी पूर्ण पर्यटनमा वातवरणीय असरमा न्यूनता, स्थानीय संस्कृति प्रतिको सम्मान, स्थानीय बासिन्दामा आर्थिक लाभ र पर्यटकको सन्तुष्टिको स्तरमा वृद्धिजस्ता विषय पर्दछन्। उल्लिखित विषयलाई आत्मसाथ गर्दा पोखराको सर्न्दर्भमा पनि प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण विना दीगो पर्यटन विकास प्रायः असम्भव देखिन्छ।
सुरक्षित भविष्यका लागि दीगो विकासको अवधारणापश्चात् नै दीगो पर्यटन विकासको अवधारणा आएको हो। भविष्यका सन्ततिको आवश्यकतालाई असर नपुर्याई वर्तमानका आवश्यकता परिपूर्र्ति गर्ने गरी विकास गर्नु नै दीगो विकास हो। यसर्थ वातवरणीय अनुकूलतासहितको दीर्घकालीन विकास योजना नै दीगो पर्यटन विकासको अवधारणा हो। जसमा साधनहरूको दीर्घकालीन उपयोग, जैविक विविधताको व्यवस्थापन, पर्यटनलाई विकासका अन्य पूर्वाधारसँगै एकीकृत योजनामा आवद्ध गराउनु, स्थानीय अर्थ व्यवस्थामा सहयोग, स्थानीय समुदायको प्रत्यक्ष एवं सक्रिय संलग्नतामा जोड दिइएको छ। त्यस्तै, पर्यटनको जिम्मेवारीपूर्ण बजारीकरण, पब्लिक तथा सम्बद्ध व्यक्तिसँग परामर्श, कार्य सम्पादन गर्ने व्यक्तिहरूलाई तालिम र अनुसन्धानमूलक कार्यक्रम सञ्चालनजस्ता विषयलाई समेत यसमा समेटिएको छ। उल्लिखित अवधारणा र सिद्धान्तलाई अवलम्वन गरेरमात्र हामी पोखरा एवं समग्र नेपालमा पर्यटनको दीगो विकासलाई अगाडि बढाउन सक्छौं।
नेपालमा पर्वतारोहण, पदयात्रा, जंगल सफारी, जलयात्राजस्ता प्राकृतिक सम्पदामा आधारित पर्यटन उद्योगका गतिविधि सञ्चालन भइरहेका छन्। नेपाल आउने पर्यटकमध्ये लगभग ३२ प्रतिशत पर्यटकको रोजाइ पर्वतीय क्षेत्रको पदयात्रा तथा हिमाल आरोहणतर्फ देखिन्छ। त्यसमा पनि पोखरा भ्रमणमा आउने पर्यटकमा करिब ६५ प्रतिशतको रोजाइ पर्वतीय क्षेत्रको पदयात्रातर्फ देखिन्छ। सुन्दर हिमश्रृङ्खलाका दृश्य, तालतलैया, नदीनाला तथा गुफाले सजिएको अलौलिक भू वनावटका कारण पोखरा पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ। पर्यटन विकासका प्रचूर सम्भावना बोकेका यी सम्पदालाई आवश्यक संरक्षण, सर्म्बर्द्धन गर्दै वातावरण मैत्री पर्यटन कार्यक्रममार्फत् पोखरामा दीर्घकालीन पर्यटन विकासको अवधारणा आत्मसाथ गर्नु आवश्यक देखिन्छ।
नेपालमा पर्वतारोहणको सुरुवात सन् १९५० मा पोखराको शिरमा रहेको अन्नपूर्ण हिमालबाट भए पनि यस क्षेत्रमा पर्यटनको व्यवसायिक गतिविधिको सुरुवात भने १९७० बाट मात्र भएको देखिन्छ। १९९० को दशकमा आएको राजनीतिक परिवर्तनको लहरसागै पर्यटन उद्योगमा ७० प्रतिशतभन्दा बढीको वृद्धि हुनुका साथै पर्यटकको संख्यामा समेत उल्लेखनीय वृद्धि भएको थियो। नेपाल भ्रमण वर्ष १९९८ को प्रचारात्मक अभियानका साथै पोखरा भ्रमण वर्ष २००७ ले यस क्षेत्रका पर्यटकीय सम्पादाको पहिचान, विकास तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। पोखरा अन्नपूर्ण तथा धौलागिरी हिमालका आधार क्षेत्रहरूको पदयात्रा तथा हिमश्रृङखला आरोहणका लागि प्रस्थान तथा विश्राम स्थल पनि हो। यस क्षेत्रको भ्रमणमा आउनेे बाहृय तथा आन्तरिक गरी करिब पाँच लाख पर्यटकलाई आवश्यक सेवा प्रदान गर्नका लागि हाल पोखरामा पाँच सय ६० पर्यटक स्तरका होटल र एक सय २४ रेष्टुरेण्ट तथा वार सञ्चालनमा छन्। त्यस्तै यहाँ ९७ ट्राभल एजेन्सी, ७५ ट्रेकिङ एजेन्सी चार हजार एक सय ५४ ट्याक्सी तथा माइक्रोबस र करिब नौ सय थान डु·ालगायतका अन्य सेवा प्रदायक संघ, संस्था पर्यटकको सेवाको लागि रहेका छन्।
पोखरा तथा समग्र अन्नपूर्ण क्षेत्रमा रहेका विशिष्ट प्राकृतिक तथा सांस्कृतिक सम्पदाको आकर्षणले गर्दा पर्यटकलाई एउटा छुट्टै सुखद् अनुभुति प्रदान गरेको देखिन्छ। फेरि पनि यस क्षेत्रको पर्यटन गतिविधिमा उन्नति एवं विशिष्टता हासिल गर्नका लागि आन्तरिक तथा बाह्य अप्ठ्यारालाई झेलिरहनु परेको तीतो यथार्थतालाई नकार्न सकिन्न। पोखराको पर्यटन उद्योग स्थानीय राजनीतिक तथा सामाजिक विषयसँग सम्बन्धित वाहृय कारणका साथसाथ्ौे ब्रि्रदा प्राकृतिक सम्पदा, अव्यवस्थित फोहर व्यवस्थापन, असन्तुलित पर्यावरणीय अवस्था, पर्यटकप्रतिको दुर्र्व्यवहार एवं असुरक्षा, पर्यटन व्यवसायी तथा जनशक्तिबीचको आपसी द्वन्द्वले समेत प्रभावित रहदै आएको छ। त्यसमा पनि यदाकदा देखिने पर्यटकीय संघ, संस्थाबीचको पारस्परिक असमझदारी तथा चीसो सम्बन्ध र प्राकृतिक तथा सांस्कृतिक सम्पदामाथिको व्यवसायिक अतिक्रमण आदिले गर्दा यस क्षेत्रको आर्थिक संवाहककै रुपमा रहेको पर्यटन उद्योगलाई आवश्यक गुणात्मक सफलता प्राप्त हुन सकिरहेको छैन। यहाँका अधिकांश पर्यटन व्यवसायिक संघ, सस्ंथाका सदस्य एवं जनशक्तिलाई दीगो पर्यटन विकाससँग सम्बन्धित आवश्यक ज्ञान, सूचना तथा प्रविधि, नेतृत्व विकास, उद्यमशीलता, व्यवस्थापकीय क्षमता, सकारात्मक सोचलगायतका विषयमा प्रशिक्षण तथा संस्थागत सहयोगको आवश्यकता देखिन्छ। यस प्रकारको क्षमता विकासको अभावमा जिम्मेवारी पूर्ण पर्यटन वा संस्थागत सामाजिक उत्तरदायित्व तथा पर्यटकीय नैतिक आचारसहिंताको व्यवहारिक परिपालन हुन सकिरहेको छैन। यसर्थ यहाँको पर्यटन व्यवसायका सम्बद्ध पक्षबीच आपसी सहकार्य, पारस्परिक ज्ञान आदानप्रदान, ऐक्यवद्धता र समझदारीपूर्ण भावनाको विकास गर्दै जिम्मेवारीपूर्ण पर्यटन व्यवसायतर्फ आवश्यक कदमअगाडि बढाउनु सान्दर्भिक देखिन्छ।
पोखराको दीगो तथा जिम्मेवारीपूर्ण पर्यटन विकासको सर्न्दर्भमा उल्लिखित विषयमा ध्यान केन्द्रीत गर्दै आवश्यक सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले पोखरा पर्यटन परिषद तथा स्वीस नेसनल सेन्टर अफ कम्पिटेन्स इन रिर्र्सच ९ल्ऋऋच्० नर्थ साउथको दक्षिण एसियाई कार्यालयले एबचतलभचकजष्उ ब्अतष्यल ायच :ष्तष्नबतष्लन क्थलमचomभक ९एब्ःक्० आयोजनामार्फत् पोखराको पर्यटन क्षेत्रका लागि व्यवसायिक सामाजिक उत्तरदायित्व निदेशिका ९ऋक्च्० तथा पर्यटन सञ्चालनमा आचारसहिता ९ऋयऋ० को सन् २०१२ मा निर्माण गरी लागू गरिएको अवस्था छ । संयुक्त राष्ट्रसघं विश्व पर्यटन संगठन ९ग्ल्ध्त्इ० को न्यिदब ऋियमभ या भ्तजष्अक को अवधारण र मार्गर्दर्शनलाई अनुकरण गर्दै उक्त आयोजनाको सहयोगमा पोखराको पर्यटन क्षेत्रका लागि व्यवसायिक सामाजिक उत्तरदायित्व निदेशिका ९ऋक्च्० तथा पर्यटन व्यवसायमा आचारसंहिता ९ऋयऋ० को निर्माण तथा लागू गरिएको थियो। यसबाट पोखराको पर्यटन उद्योगमा सकारात्मक सामाजिक, आर्थिक तथा वातावरणीय प्रभाव पर्नुका साथै नकारात्मक प्रभावमा कमी ल्याउने विश्वास गरिएको थियो। पर्यटन सम्वद्ध व्यवसायीको छाता संस्थाको रुपमा पोखरा पर्यटन परिषद्ले स्थायरुपमा निजी तथा सरकारी निकायसँग संयोजन तथा परामर्शसमेत गरी ऋक्च् तथा ऋयऋ को हातेपुस्तिका निर्माण गरी जारी गरेको अवस्था छ तर त्यसको कार्यान्वयन पक्ष प्रभावकारी हुन सकिरहेको छैन। यसर्थ पर्यटन क्षेत्रमा व्यवसायिक सामाजिक उत्तरदायित्व तथा पर्यटन व्यवसाय सञ्चालन आचारसंहिताबारे सचेतना एवं क्षमता अभिवृद्धि गर्नु आवश्यक देखिन्छ। पर्यटनसँग सम्बन्धित सम्बद्ध पक्षमा यस विषयप्रतिको बुझाई र व्यवहारिक प्रयोगबाट नै जिम्मेवारीपूर्ण पर्यटन गतिविधिमा सहयोग पुग्न सक्छ। स्थानीय प्रशासन, नागरिक समाज, व्यवसायिक क्षेत्र, सञ्चार जगतलगायतका सम्बन्धित पक्षबीचको आपसी सहकार्य एवं साझा प्रयत्नबाट मात्र दीगो पर्यटनका लागि जिम्मेवारीपूर्ण क्रियाकलाप स्वरुप सामाजिक उत्तरदायित्व तथा व्यवसायिक आचरसंहिताको व्यवहारिक प्रयोगबाट सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्छ।
- श्रीकान्त खतिवडा

No comments:
Post a Comment